निर्णय नं. ५५३ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५५३ - अंश भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०४/१६ २७८७ निर्णय नं. ५५३ ने.का.प. २०२७ फुल बेञ्च न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री राजा इश्वरी जंगबहादुर सिंह सम्वत् २०२६ सालको दे.फु.नं. ७९ पुनरावेदक : लु.पु.लगनखेल बस्ने हाबु भन्ने चुर्ण शमशेरको सकार गर्ने शिलादेवी विरुद्ध पुनरावेदक : का.ई.भाटभटेनीको हाल कलकत्ता १२ नं. सरकस एभेन्यु बस्ने श्री ले.ज.एकराज शमशेर ज.ब.रा. मुद्दा : अंश (१) तत्काल प्रचलित अंशबण्डाको १६ नं.–कुनै कारणले (जस्तैः सच्चोस्तना देखाउनको निम्ति) बाबुले आफूलाई प्रकाश नगरेको भन्ने उल्लेख गरी बाबुको मृत्यु पछि अंशमा हक गर्न आएमा अंश पाउन नसक्ने । वादी आफैंले बाबुले प्रकाश गरी राख्नु भएको भन्न र त्यसको सबूद प्रमाण दिन नसकी आफ्नो सच्चोस्तना देखाउनका निमित्त प्रकाश गर्नुभएको थिएन भन्ने नालेसमा प्रष्ट उल्लेख गरी राखेको र प्रकाश नगरी राखेको छोराले बाबु मरेपछि मात्र अंशको हक गर्न आएमा उपरोक्त अंशबण्डाको १६ नं. ले अंश पाउन नसक्ने कानूनी व्यवस्था प्रष्ट हुँदा उपरोक्त कारणहरुबाट दावी लाग्न नसक्ने हुँदा उजूर खारेज गर्ने गरेको शुरुको सदर गरी अपील पहिलाले २०१२।३।७।३ मा छिनेको इन्साफ मनासिव छ । (प्रकरण नं. १०) वादी पुनरावेदकतर्फबाट : विपक्षी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे उल्लेखित मुद्दा : फैसला न्या.श्री इश्वरी जंगबहादुर सिंह १. मेरो आमाको १२ वर्षको उमेरमा जंगिलाठ धर्म शमशेर कहाँ केटी राखेको उहाँको नाउँको नाम भैगोलिया भन्ने राखेको, उहाँको करणी बिर्यबाट मेरी आमाको गर्भ रही म जन्मेको भित्रैको पण्डित जोखेश्वरद्वारा मौसुफबाट मेरो छैठी न्वारान इत्यादि गर्न भएको, मेरो ६ वर्षको उमेरमा आमा र १४ बर्षको उमेरमा ८९ सालमा बुबाज्यू स्वर्गे हुनुभएको म दाजु एकराज शर्मा शमशेरसंग दरवार मै बसी रहेको २० वर्षको हुँदा निज दाजुले मलाई हेला नराम्रो गर्दै गएको दरवारमा टिक्न पनि मुश्कील भई ९५ साल बैशाखमा दरवार छाडी भागी यताउता घुमी रामनगर रामराजा कहाँ गई २ वर्ष बसेपछि श्री ज.नारायण शमशेर पाल्नु हुँदा उहाँले मलाई केटा केटीको अवस्थादेखि राम्रो चिने जानेकोले यो मेरो बैंसको रगत हो यसलाई म लैजान्छु भनी साथमा आफ्नो दरवार नेपाल जाउलाखेलमा ल्याइ कदरसाथ राखी मेरो ब्रतवन्ध र ले.क.चन्द्रबहादुरको नातिनीसंग विवाह गरी दिनुभएको, खास म स्वर्गीय धर्म शमशेरको छोरा हुँ । बाबुको सारा सम्पत्तिमा दावी गर्दै नालेस गर्न आएकी छु । राणाहरुका बिलासिनीतर्फबाट जन्मेको सन्तानलाई प्रख्यात गर्न प्राइमिनिस्टरले रोकावट गरी राखेकोले जन्माउनेले प्रख्यात गर्न समेत प्राइमिनीस्टरको डरले नसक्नु भएको व्यहोरा न्यायकर्ताहरुमा प्रष्ट जाहेर भएको र मेरो बुबाज्यूले मलाई आफ्नो छोरा हो भनी सारा नेपाली र राणा परिवारले समेत थाहा पाइसकेकका छन् तापनि आफ्नो सच्चोस्तना देखाउनाका निमित्त प्रचार गर्नुभएको थिएन तापनि उहाँको छिमेकी खाद्य मन्त्री सूर्यप्रसाद लगायत सारा छिमेकी बुझेमा पनि जाहेर हुने हुँदा जो बुझ्नु पर्छ बुझी अन्यायवाला एकराज शमशेरले मेरो बुबाज्यूको सारा सम्पत्ति धर्मपुत्र बनी एकलौटी खाएकोले निजबाट मैले पाउने के कति हो ऐनबमोजिम तायदाती लिई भराई दिलाई पाउँ भन्ने हापु भन्ने चुर्ण शमशेरको ०८।१।२०को फिरादपत्र । २. वादीलाई जन्माउने आमा स्वर्गवासी श्री बुबाज्यू मुमाज्यू छँदा हाम्रो घरमा नोकरी गर्न आई बसेकी थिई । हाम्रो घरको डोले जीतलाल ज्यापुसंग पल्केकी