निर्णय नं. ५५४ - हक सफा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५५४ - हक सफा भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०४/२० २३९१ निर्णय नं. ५५४ ने.का.प. २०२७ फुल बेञ्च प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री रङ्गनाथ उप्रेती न्यायाधीश श्री प्रकाशबहादुर के.सी न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०२६ सालको दे.फु.नं. ८६ पुनरावेदक : गुल्मी जोगी गाडे बस्ने अम्बरबहादुर खत्री विरुद्ध विपक्षी : ऐ उप्रीकोट अर्खले बस्ने चेहर सिं खत्री क्षेत्री मुद्दा : हक सफा (१) लेनदेन व्यवहारको १६ नं.–जुनसुकै मुद्दाबाट भए पनि थैली कायम भएपछि निखन्ने कुरामा लेनदेन व्यवहारको १६ नं.बमोजिमको म्याद ३५ दिनभित्र थैली धरौट राख्नै पर्ने । तसर्थ, जुनसुकै मुद्दाबाट भए पनि थैली कायम भइसकेपछि निखन्ने कुरामा लेनदेन व्यवहारको १६ नं.बमोजिम म्याद ३५ दिनभित्र थैली धरौट राख्नै पर्ने सिद्धान्त कायम गर्न उपयुक्त देखिंदा प्रस्तुत मुद्दामा ०२५।१२।२६।२ को डिभिजन बेञ्चले व्यक्त गरेको रायसंग मेरो राय सहमत हुन्छ । (प्रकरण नं. ९) फैसला न्या.श्री वाशुदेव शर्मा १. मेरो ३ पुस्ता भित्रको भनिजा तिलकबहादुर ऋणी, विपक्षी चेहर सिं धनी भई रु.४०००। को २०।११।१६ मा राजीनामा गरी लिनु दिनु गरेछन् । मैले थाहा पाई उजूर गर्दा उक्त पास भएको थैली कायम भइरहेको र विपक्षीको पुनरावेदन परी लुम्बिनी अञ्चल अदालत समेतबाट फैसला भएकोले कायम भएको थैली रु.४०००। बुझी फैसला बमोजिम हकसफा गरी दिनु पर्यो भन्दा गर्दिन भन्ने जबाफ दिएबाट थैली धरौट राख्न ल्याएको छु । रुपैयाँ बुझाई जग्गा हक सफा गरिपाउँ भन्ने अम्बरबहादुरको ०२२।९।१२।२ का दरखास्त । २. रु.३४००। लेनदेन गरी जालसाजीबाट रु.४०००। को लिखत पास गरेको भनी जालसाजी तर्फ छुट्टै नालेस गरेको हुनाले जालसाज मुद्दाबाट ठहरेको थैली तिराई निखनाई पाउँ भन्ने हक सफा मुद्दामा वादीको दावी भएको जालसाजी मुद्दामा थैली बढाई जालसाज गरेको भन्ने दावी पुग्न सक्दैन भन्ने ०२२।३।२७।१ मा अर्घाखाँची तथा गुल्मी इस्मा जिल्ला अदालतबाट फैसला भएको, सो उपर दुवै थरको पुनरावेदन परी चित्त बुझाई बसेको भएपछि उक्त फैसलाको मितिबाट ऐनले पुनरावेदन नलाग्ने अवस्था पुगेको ३५ दिनभित्र लेनदेन व्यवहारको १६ नं.बमोजिम ठहरेको थैली रु.४००० धरौट राख्न सक्नुपर्ने म्याद भित्र धरौट राख्न नसकेकाले निखन्न दिनु नपर्ने भन्ने प्रतिवादीको बयान । ३. हक सफा मुद्दाको पुनरावेदनको टुंगो नलागी हक सफा गर्न पाउने नपाउने तर्फ यकिन नहुँदा धरौट राख्न नसकेको भनी ठहराउन ठिक नपरी अञ्चल अदालतबाट टुंगो लागेको मितिले ३५ दिनभित्र दरखास्त साथ धरौट राखेको मनासिव देखिएकोले उजुरी बमोजिमको रुपैयाँ प्र.लाई रजिष्ट्रेशनका ३५ नं.बमोजिम पुनरावेदनको अवस्था नाघेपछि थैली बुझाई वादीलाई चलानी पूर्जी गरी दिने भन्ने गुल्मी मालको २३।३।३१ को फैसला । ४. वादीले म्याद गुजारी राखेको धरौटलाई बुझ्नु पर्ने ठहराई फैसला गरेको हुँदा चित्त बुझेन भन्नेसमेत प्रतिवादीको पुनरावेदन । ५. जालसाजी मुद्दामा ०२२।३।२७ मा गुल्मी जि.अ.बाट भएको फैसलाउपर दुवै थरी पुनरावेदन नपरी चित्त बुझाइ बसेको देखिएबाट थैली यकिन हुन नआएको भन्ने मनासिव नपर्ने । थैली ठहर भई फैसला भैसकेपछि थैली थाहा नभएको भन्न नहुने । जालसाजी मुद्दामा पुनरावेदन लाग्ने अवस्था पुगेको ३५ दिनभित्र लेनदेन व्यवहारको १६ नं.बमोजिम थैली धरौट राख्नु पर्नेमा सोम्यादभित्र थैली धरौट राखेको नदेखिएको समेत हुँदा खारेज गर्नुपर्नेमा प्र.चेहर सिंलाई थैली बुझाई अम्बर