निर्णय नं. ५५५ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५५५ - ज्यान भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०४/१३ २२६४ निर्णय नं. ५५५ ने.का.प. २०२७ फुल बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०२६ सालको फौ.फु.नं. ३५ पुनरावेदक : पाल्पा जोगेपनि, बडहर बोट घर हाल पाल्पा केन्द्रिय कारागारमा थुनामा रहेका ज्ञानबहादुर कार्की समेत विरुद्ध विपक्षी : श्री ५ को सरकार मुद्दा : ज्यान (१) अरुले कुटेको स्वीकार गरेमा–सर्जमिनहरु कसैले कुटेको देखेको र कसैले सुनेको भनेमा–लासजाँच मुचुल्काबाट मर्नेको शरीरमा भए परेको देखिएको घा–खत निलडाम अरु नै कुनै किसिमबाट भएको भन्ने सबूद पुर्‍याउन नसकेमा–कुट्दा प्रयोगमा ल्याइएको भनेको पदार्थ फेला परेमा –कुटेकोमा इन्कार गरे पनि कुटपिट गरेकै ठहरिने । सर्वप्रथम मर्ने गुनेलाई प्रतिवादीहरुले कुटपिट गरे नगरेको के रहेछ भन्नेतर्फ हेर्दा प्रतिवादी साईलो भन्ने लालसिं कामी आफूले कुटेको होइन भनी इन्कार गरेको भए पनि ज्ञानबहादुरको घरमा गुनेलाई लगी भवी सर्केनीको रुपैयाँ चोरी गरेमा खारखेर गरी ज्ञानबहादुरले कुटेको भन्ने कुरा स्वीकारै गरेको देखिन आयो । मौका सरजमिनमा बुझिएका कसैले पनि प्रतिवादीहरुले कुटेको होइन भन्न नसकी नन्दबहादुर सार्कीले ०२३ साल पौष ८ गते गुनेलाई डोरीले खामोमा बाँधी ज्ञानबहादुरले कोर्राले र साइलो कामीले आफुले लगाएको जुत्ता समेतले कुटेको देखेको भनी किटानी साथ र अरु सरजमिनहरुले कुटपिट गरेको सुनेको समेत भनी शंका गरी लेखिदिएको पाइन्छ । लासजाँच मुचुल्काबाट मर्ने गुनेको अंग शरीरमा भए परेको देखिएको घा–खत निलडामहरु अरु नै यो यस किसिमबाट भए परेको भन्ने सबूद पुर्‍याउन प्रतिवादीहरुले नसकेका र खामोमा बाँधी सिस्नाको मुठो समेतले कुटेको भन्ने भनाई भएकोमा मौका तहकिकात हुँदा बाँधेको भन्ने खामो नगिच सिस्नाको आँठो फ्याँकी राखेको पनि फेला परेको समेत उपरोक्त प्रमाणहरुबाट मर्ने गुनेलाई प्रतिवादी ज्ञानबहादुर कार्की, लालसिं कामीहरुले कुटपिट गरेकै सिद्ध हुन आउने हुँदा प्रतिवादीहरुले कुटपिट गरेकै ठहराएको सम्म माननीय न्यायाधीश श्री रत्नबहादुर विष्टको राय मनासिव छ । (प्रकरण नं. १३) (२) ज्यान सम्बन्धीको ५ नं.–ज्यान लिने इवीलाग मनसाय नभई अरु अपराध (चोरी) मा सावित गराउन साधारण कुटपिटसम्म गरेमा–पछि केही भई कुटाएर बस्ने व्यक्ति मरेको देखिएमा–उक्त कुटपिटको घा–खतको रुपबाट मर्ने जस्तो नदेखिएमा–त्यसैद्वारा मर्न गएमा–भवितव्य ठहरिने । उक्त ज्यान सम्बन्धीको ५ नं.मा ज्यान लिने इवीलाग वा मनसाय नभई कसैले आफुले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएको भवितव्य ठर्हछ भन्ने उल्लेख भएको र प्रस्तुत मुद्दाको घटनालाई विचार गर्दा ज्यान लिने इवीलाग मनसाय नभई चोरीमा सावित गराउन साधारण कुटपिटसम्म भए गरेकोमा, पछि केही भई मरेको भन्ने देखिने र सो कुटपिटको घा–खतको रुपबाट मर्ला जस्तो नदेखिएकोबाट त्यसैद्वारा मर्न गएको यस्तो घटना उक्त ज्यानसम्बन्धीको ५नं.अन्तर्गत नै पर्न आउने देखिएकोले उक्त ५ नं.अनुसार भवितव्य ठर्हछ । (प्रकरण नं. १३) पुनरावेदक तर्फबाट : अधिवक्ता श्री लबदेव भट्ट वादी श्री ५ को सरकारतर्फबाट : सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिल उल्लेखित मुद्दा : फैसला न्या. श्री हेरम्बराज १. ०२३ साल पौष ८ गतेका दिन पाल्पा जोगेपनि गम्बा बस्ने माइलो भन्ने सार्कीको स्वास्नी नाम नजानेकी सर्केनीले घरको नगद चोरी