निर्णय नं. ५५६ - जग्गा तिरो जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५५६ - जग्गा तिरो जालसाजी भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/१२/०७ २९६३ निर्णय नं. ५५६ ने.का.प. २०२७ फुल बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री हेरम्बराज सम्वत् २०२५ सालको दे.फु.नं. ५७ निवेदक : कास्की स्याङ्जा बेसी बस्ने जमदार क्षेत्रबहादुर सापकोटा क्षेत्री विरुद्ध विपक्षी : ऐ.बस्ने रुद्रबहादुर कुँवर क्षेत्री समेत मुद्दा : जग्गा तिरो जालसाजी (१) तिरो कबूल गरी नतिरे जग्गा पाउँदैन भन्ने १९४२ सालको सनद र दर्तावालाबाट तिरो लिई जग्गा बुझाई दिनु भन्ने १९९२ सालको खड्गनिसाना–१९९२ सालको खड्गनिशानामा सन्धिसर्पनको लामपाटो छुचि भन्ने जग्गा दर्तावालाबाट तिरो लिई बुझाई दिनु भन्ने उल्लेख भएको कारण १९४२ सालको सनद (जसमा उक्त जग्गाको तिरो कबूल गरी तिर्दैनन् भन्या पाउँदैन भन्ने बोली परेको) बमोजिमको कबूलियत र तिरो तिरेको प्रमाणको अभावमा जग्गा बँझाई सन्धिसर्पन कायम रहेको मान्न नमिल्ने भन्ने तर्क मनासिव नपर्ने । उक्त १९४२ सालको सनद बमोजिम रैतिहरुले कबुलियत गरी तिरो तिरेको प्रमाण वादीहरुले दिनसकेका छैनन् । उक्त सनदमा तिरो कबुल गरी तिर्दैनन् भने पाउँदैनन् भन्ने बोली परेकोले कबुलियत र तिरो तिरेको रसिदको अभावमा जग्गा बँझिई सन्धिसर्पन कायम रहेको मान्न मिल्दैन भन्ने निवेदक प्रतिवादीतर्फका विद्वान वरिष्ठ अधिवक्ताको मुख्य बहस जिकिर भएको हकमा १९४२ सालको सनद पछि १९९२ सालमा सन्धिसर्पनको लामपाटो छुची भन्ने जग्गा दर्तावाला नरवीर धर्मराजबाट तिरो लिई बुझाई दिनु भन्ने अर्को खड्गनिशाना भएको भएपछि सो अघि १९४२ सालको सनदबमोजिम कबुलियत र तिरो तिरेको प्रमाण नभएको भन्ने तर्कगर्नु मनासिव नपर्ने र पछिको हकमा १९९२ सालको ख.नि.सवालमा दर्तावाला नरवीर धर्मराजबाट तिरोलिई बुझाइदिनु भन्ने प्रष्ट उल्लेख हुनाले विद्वान व.अधिवक्ताको उपरोक्तबहस जिकिरसंग सहमत हुनसकिएन । (प्रकरण नं. १९) निवेदक प्रतिवादीतर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद विपक्षी तर्फबाट : उल्लेखित मुद्दा : फैसला न्या.श्री नयनबहादुर १. हाम्रो उपल्लो ह्याङ्गजा बेसीका ३ झुत्ताका रैतिको परापूर्वदेखि ८४ खेतको बियाड गौचरण पानीघाट रहेको लामपाटो ठूलो खोर माझको र डाँडो छुचि भन्ने जग्गाहरु ०२५ साल अगावै नैनसिं कुँवरका नाउँमा खर्चरी तिरो रु.१।५० दर्ता भई चलन गरी आएकोमा पूर्वपट्टि केही जग्गा खर्चरी कायम गरी पश्चिमपट्टिको जग्गा दर्ता गरेकोमा उजुरी पर्दा दर्ता बमोजिमको तिरो उजूरवालाहरुले तिर्न कबुल गर्छन भने सो जग्गाहरु बँझाई गोठ बियाड सन्धी राख्न पाउँछन दिनु भन्ने १९४२ सालमा पोखरा तहसिलका नाउँमा सनद भई तिरो कबूल गरी माझखोर ठूलोखोर छुचि समेत जग्गा दामासाईले तिरो चलाई सन्धिसर्पन चलन गरी आएको ९० सालको माहाजाँचमा चन्द्रबहादुर, मानध्वज, बलबहादुर, हर्षबहादुर समेतको नाउँमा जिम्बा बाली खान्गी भनी साविक गोडा भिडाई दर्ता भएको साविक बमोजिम दामासाहीले तिरो तिरी साविकै बमोजिम गोठ बियाड चलन बर्तन गरी आएको सो जग्गा मध्ये लामोपाटो माझखोर ठूलोखोर मेरो एकलौटी जग्गाको बाली नोक्सान पारी दिए, बिगो भराई पाउँ भनी अन्याय मध्येको चन्द्रबहादुरले पोखरा अदालतमा उजूर गर्दा यही भएको व्यहोराको हाम्रो प्रतिउत्तर परी ०१०।२।७ गते पोखरा अदालतबाट फैसला भएकोमा ०९ सालको तिरो नबाफ सिंलाई बुझाउन जाँदा बुझी नलिएकोले पोखरा तहसिलमा धरौट राखेकोमा निज हर्षबहादुरले छुचि खेत २।५ जिम्बा बाली खान्गी जानी मैले र भाइ क्षेत्रबहादुरले