निर्णय नं. ५५७ - जग्गा बाली लुटपिट जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५५७ - जग्गा बाली लुटपिट जालसाजी भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०५/०५ २१३२ निर्णय नं. ५५७ ने.का.प. २०२७ फुल बेञ्च प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री वाशुदेव शर्मा सम्वत् २०२५ सालको फौज्दारी फुल नम्बर २८ निवेदक : पु.२ नं. भागा विता बस्ने खड्गबहादुर तामाङ्ग विरुद्ध विपक्षी : पू.२ नं. कालंसी बस्ने धामी भन्ने चन्द्रबहादुर तामाङ्ग समेत मुद्दा : जग्गा बाली लुटपिट जालसाजी (१) प्रचलित अदालती बन्दोवस्तको १०४ नं.–प्रस्तुत प्रमाण्को कागज (जस्तोः राजीनामा) को औचित्यमा मुख्य विचार गर्न परेमा–वादीले पेश गरेका प्रतिवादीलाई र प्रतिवादीले पेश गरेका वादीलाई उक्त कागज सक्कलै देखाई सुनाई सद्दे कीर्तेमा बयान गराई तहकिकात गर्नुपर्ने । उक्त राजीनामाबाट पाएको भनी वादीले दावी गरेको जग्गामै तेरो मेरो भन्ने झैंझगडा परेको सो जग्गा वादीको हक पुग्ने हो होइन भन्ने कुराको निर्णयको लागि वादीले पेश गरेको उक्त राजीनामाको औचित्यमै मुख्य विचार गर्नुपर्ने र वादीका प्रमाणको कागज प्रतिवादीलाई, प्रतिवादीका प्रमाणको कागज वादीलाई सक्कलै देखाई सुनाई सद्देकीर्ते जे भन्छ बयान गराई तहकिकात गर्ने तत्काल प्रचलित अ.बं.१०४ नं.मा प्रष्ट व्यवस्था भएको समेत हुनाले उक्त राजीनामा प्रतिवादीहरुलई सुनाइरहनै नपर्ने भन्ने तर्कसंग सहमत हुन मिलेन । (प्रकरण नं. २५) (२) राजीनामा रसिदहरुको कुरा परस्पर नमिलेमा–उक्त राजीनामा अनुसारकै जग्गाको रसिद भन्ने प्रमाणित नहुने । टेकबहादुरले गरिदिएको भन्ने उक्त राजिनामाको ४ किल्ला भित्रको जग्गा वादीले भोग गरेको भन्ने कुरामा प्रतिवादी, वादीको मुख मिलेको मिसिलबाट देखिंदैन । उक्त राजीनामामा विर्तावार हरिवीर खत्री क्षेत्रीको भागको भन्ने लेखिएको रसिद भन्ने कुनै विर्तावार चित्रबहादुर खत्रीले र कुनै दामकाम गर्ने भनिएको कविराज कार्की लालसिं तामाङ्गहरुले गरी दिएको वादीबाट पेश भएको रहेछ । कविराजले गरी दिएको चाहीं रसिद एउटामा बिर्तावारले क. हरिवीर खत्रीको भागमा भन्ने र अरु दुईवटामा विर्तावार चित्रबहादुरको भाग बण्डाको भन्ने जनिएको, लालसिंले गरी दिएको चाहीं रसिद विर्तावार चित्रबहदुर भन्ने नै लेखिएकोबाट राजीनामा रसिदहरुकै कुरा परस्पर नमिलेकोले उक्त राजीनामा बमोजिमकै जग्गाको रसिद भन्ने प्रमाणित हुँदैन । (प्रकरण नं. २५) (३) तत्कालिन प्रचलित घर बनाउनेको २१ नं. र घर बनाउनको १० नं.–आफ्नो जग्गामा अरुले घर बनाउँदा उपरोक्त २१ नं.को हदम्याद (साँध मिचि घर बनाएकोमा २ वर्ष, अर्काको जग्गाधनीले थाहा नपाई पक्कि घर बनेको थाहा पाएको १ वर्ष) भित्र उजूर नगरेमा–उपरोक्त १० नं.बमोजिम नहुने । तत्काल प्रचलित घर बनाउनेको २१ नं.मा साँध मिचि घर बनाएकोमा २ वर्ष भित्र, अर्काको जग्गाधनीले थाहा नपाई पक्कि घर बनेको थाहा पाएको १ वर्षभित्र नालेस नदिई नसुन्नु भन्ने व्यवस्था भएको, २०२७ सालमै वादीले घर बनाएको कुरामा उक्त ऐनको हदम्याद भित्र प्रतिवादीहरुको उजूर परेको नदेखिएकोले घर बनाउनको १० नं. ले अब प्रतिवादीहरुलाई कुनै मद्दत गर्न सक्दैन । (प्रकरण नं. २५) निवेदक वादीतर्फबाट : अधिवक्ता श्री नन्दीकेशर विपक्षी तफबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे उल्लेखित मुद्दा : फैसला न्या. श्री वाशुदेव १. टेकबहादुर तामाङको हक तिरो भरोको जग्गा मध्ये बिर्तावार क.प. हरिविर मार्फत तिरो रु.३।५० बुझाई निजले भोगी आएको सिंगराज घामि तामाङका घर्को सुर ठाडो पूर्व, विर्ता