निर्णय नं. ५५८ - बिना लाइसेन्स गाँजा खरीद बिक्री गरे भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५५८ - बिना लाइसेन्स गाँजा खरीद बिक्री गरे भन्ने भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०५/०९ २८०६ निर्णय नं. ५५८ ने.का.प. २०२७ फुल बेञ्च प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री रङ्गनाथ उप्रेती न्यायाधीश श्री राजा इश्वरीजंगबहादुर सिंह सम्वत् २०२७ सालको फौ.फु.नं. ४१ पुनरावेदक : जि.पर्सा प.खेश्राहा मौजे बरौंनिया बस्ने पन्नलालप्रसाद कलवार विरुद्ध विपक्षी : श्री ५ को सरकार, अन्तशुल्क विभाग मुद्दा : बिना लाइसेन्स गाँजा खरीद बिक्री गरे भन्ने (१) नेपाल अधिराज्य भर पसल थापी मादक पदार्थ (जस्तोः गाँजा) खरीद बिक्री गर्न लाइसेन्स पाउँ भन्ने निवेदन गर्दा नेपाल अधिराज्य भर भन्ने कटाई एक जिल्लाको लागि मात्र लाइसेन्स दिएको भन्ने लाइसेन्समा उल्लेख नभएमा नेपाल अधिराज्य भरकै निम्त्ति उक्त लाइसेन्स दिएको प्रष्ट हुने । उक्त ०२१।१२।११।४ को लाइसेन्समा उपरोक्त उल्लेख भए बमोजिम नेपाल अधिराज्य भर पसल थापी गाँजा खरीद बिक्री गर्न लाइसेन्स पाउँ भन्ने निवेदनको सिलसिलामा ०२१।२२ आर्थिक सालको लागि गाँजा खरीद बिक्री गर्न लाइसेन्स दिइएको छ भन्ने उल्लेख भएको यदि नेपाल अधिराज्य भरको लागि मागको निवेदन परेकोमा वीरगञ्ज जिल्लाको लागि मात्र लाइसेन्स दिइएको भए नेपाल अधिराज्यभर भन्ने कटाई वीरगञ्ज जिल्लाको लागि मात्र भन्ने उल्लेख हुनुपर्ने, सो नभएकोले निवेदकहरुले नेपाल अधिराज्यभरको लागि माग गरेको कुरालाई स्वीकारै गरी वीरगञ्ज अन्तशुल्क विभागले सो लाइसेन्स गरी दिएको प्रष्ट हुन्छ । (प्रकरण नं. १३) (२) मादक पदार्थ ऐन, २०१७ र उक्त ऐनको नियम २०१८–नेपालको कुनै जिल्लाको अन्तशुल्क विभागको अधिकारीले दिएको इजाजतपत्र (लाइसेन्स) मुताविक नेपालभित्र एक जिल्लाबाट अर्को जिल्लामा मादक पदार्थ (जस्तोः गाँजा) लगेमा कसूर गरेको नठहर्ने । मादक पदार्थ ऐन, २०१७ को दफा ८ को उपदफा (१) मा कुनै व्यक्तिले इजाजतपत्र बेगर वा इजाजतपत्र पाएकोले त्यसमा तोकिएको शर्तबमोजिम बाहेक मादक पदार्थको बिक्री बितरण गर्नु हुँदैन भन्ने र उपदफा (२) मा तयारी अफिम वा मादक पदार्थ बिक्री बितरण गर्न पाउने कामको निमित्त इजाजतपत्र दिइने तरिका, त्यस्तो इजाजतपत्रको ढाँचा र शर्त, इजाजतपत्र दिने अधिकार, त्यसमा लाग्ने दस्तुर र त्यस्तो कार्य उपरको अरु नियन्त्रण र व्यवस्था तोकिएबमोजिम हुनेछ भन्ने र मादक पदार्थ नियमहरु, २०१८ को नियम ३ को उपदफा (१) मा यि नियमहरु अन्तर्गत दिइएको इजाजतपत्रको अख्तियार बिना कसैले मादक पदार्थ उत्पादन गर्न, खेती गर्न, राख्न, खरीद बिक्रि गर्न वा निकासी पैठारी गर्न पाउने छैन भन्ने र उपनियम (२) मा उपनियम (१) बमोजिमको इजाजतपत्र लिन चाहिने व्यक्तिले अन्तशुल्क अधिकारीकहाँ सवै विवरण प्रष्ट खोली दरखास्त दिनुपर्छ भन्ने उल्लेख भएको छ । उक्त ऐन नियम कतै पनि कुनै जिल्लाको अधिकारीले नेपाल अधिराज्यभर पसल थापी खरीद बिक्री गर्ने गरी इजाजतपत्र अर्थात लाइसेन्स दिन नपाउने बन्देज लगाएको पाइदैन । निकासी पैठारीको हकमा कुनै पदार्थको सम्बन्धमा ‘निकासी’ भन्नाले नेपाल अधिराज्यबाट बिदेशमा निकासी गर्ने र ‘पैठारी’ भन्नाले बिदेशबाट नेपाल अधिराज्यमा पैठारी गर्ने काम सम्झुन पर्छ भन्ने उक्त मादक पदार्थ ऐन, २०१७ को दफा २ परिभाषा (ज) (झ) मा र इजाजतपत्र बेगर निकासी पैठारी गर्न नहुने दफा ७ को उपदफा (१) मा व्यवस्था गरिएको छ । नेपाल अधिराज्यभित्र एक जिल्लाबाट अर्को जिल्लामा लाने ल्याउने कुरा उक्त निकासी पैठारीको परिभाषा भित्र परेको छैन र एक जिल्लाबा