निर्णय नं. ५५९ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५५९ - ज्यान भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०५/२४ २५०० निर्णय नं. ५५९ ने.का.प. २०२७ फुल बेञ्च प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री रङ्गनाथ उप्रेती सम्वत् २०२६ सालको फौ.फु.नं. ४२ पुनरावेदक : श्री ५ को सरकार विरुद्ध विपक्षी : प.१ नं.नुं. इगडखार बस्ने पशुपति राई समेत मुद्दा : ज्यान (१) प्रहरीमा भएको साविती कागज शंकारहित तवरले परिपुष्टि नभएमा–उक्त सावितीलाई अकाट्य प्रमाण मान्न नमिल्ने । अतः अन्य प्रमाणहरुबाट निज मुरलीको प्रहरीमा भएको साविती कागज शंकारहित तवरले परिपुष्टि हुनसकेको नदेखिएकोले त्यस्तो सावितीलाई अकाट्य प्रमाण मान्न मिलेन । (प्रकरण नं. १३) (२) विशेषज्ञबाट जाँच नभैकन कहिं लागेको दाग मानिसको रगत भन्ने कल्पना गर्न नसक्नाको साथै कहीं लागेको रगतमा विद्यमान मानिसको पाइतालाको चिन्ह अभियुक्तकै भन्ने अनुमान गर्न नमिल्ने । विशेषज्ञबाट जाँच हुनसकेको हुनु बेगर मुरली कृष्णबहादुरले लगाएको कपडामा लागेको दाग मानिसकै रगतको हो भन्ने कल्पना गर्न र पानामा चुरोटको पेटीमा रगत लागेकोमा मानिसको पाइतालाको चिन्ह भएको अभियुक्तहरुकै हो भन्ने अनुमान गर्न नमिल्ने समेत हुँदा ति कुराहरुलाई प्रमाणमा लिन मिल्ने देखिंदैन । (प्रकरण नं. १४) (३) अभियुक्त कसूरमा इन्कार रहेमा–निजले कर्तव्य गरी मारेको भन्ने किटानसाथ पोल उजूर नभएमा–मौका तहकिकात र सरजमिन समेतले अभियुक्त उपर कसूरमा शंकासम्म पनि गर्न नसकेमा–मौकैमा देखें सुनें भन्ने कसैको भनाई नभएमा–चस्मदिद सबूद प्रमाण र ठोस परिबन्दको अभावमा–शंकाको भरले कसूरदार ठहराउन नमिल्ने । प्रतिवादीहरु सबै कसुरमा इन्कार रहेका, प्रतिवादीहरुले नै कर्तव्य गरी मारेको भन्ने किटानी पोल उजूर नभएको, मौका तहकिकात र पछि बुझिएका समेत सरजमिनले प्रतिवादीहरु उपर कसुरमा शंकासम्म पनि गर्न नसकेका, प्रतिवादीहरुले रातमा वारदात गरेको भए रुपैयाँ सापटमा गरेको बिषयमा भनाभन भई हल्ला भएको, मर्ने नरबहादुरको पसल नजिक घर हुने सूर्यबहादुरले जरुरै सुनेको हुनुपर्नेमा निजले थाहा छैन भनेको समेत भई मौकामा देखे सुनेको भन्ने कसैको भनाई नभएको यस्तो अवस्थाको वारदातमा चस्मदिद सबूद प्रमाण र ठोस परिबन्दको अभावमा शंकाको भरले कसूर ठहराउन नमिल्ने । (प्रकरण नं. १५) पुनरावेदक वादीतर्फबाट : सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिल विपक्षी तर्फबाट : अधिवक्ता श्री लवदेव भट्ट उल्लेखित मुद्दा : फैसला प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट १. ०१९।७।११ गते दाजु नरबहादुर कहाँ सदस्य बुद्धीबहादुरले लिन पठाएकोले जाँदा दाजु कर्तव्यका मरेको देखी ऐं १० गतेका दिन मुरली मगर १, कृष्णे मगर १, जेठो थपलिया १, पशुपति राई १, समेत दिउँसो तास खेली बेलुकी ६ बजे उठेको रहेछन् । दाजुलाई कर्तव्य गरी मारेको हुनुपर्छ, को को भई कसरी मारे, निजहरुलाई कुन कानूनले सजाय हुने हो, मार्ने व्यक्ति पत्ता लगाई अपराधीहरुलाई ऐनबमोजिम सजाय होस् भन्नेसमेत कृष्णबहादुर थापा क्षेत्रीको ०१९।७।१२।१ को जोहरी दरखास्त । २. मुरली मगर १, कृष्णबहादुर मगर १, धन बाबु भन्ने टिकाबहादुर थापा १ समेतले ज्यान मारेको मैले हेरेको हुँ भनी पैसा भाग बण्डा लिएमा समेत मुरली सावित भई कागज गरी दिएको समेतबाट धनको लोभ लालचामा परी उल्लेखित अभियोग ३ जना भएर नर बहादुरलाई कर्तव्य गरी ज्यानमारेको अभियोगमा निजहरुउपर ज्यानसम्बन्धीका २५ नं.दण्ड सजायको ९० नं.अन्तर्गत हालै कारवाई हुनुपर्ने र पशुपतिको