निर्णय नं. ५६० - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५६० - ज्यान भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०६/१३ २६९३ निर्णय नं. ५६० ने.का.प. २०२७ फुल बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री झपट सिं रावल सम्वत् २०२५ सालको फौ.फु नं. ६८६ पुनरावेदक : श्री ५ को सरकार विरुद्ध विपक्षी : जि.बाँके तप्पे कारकाडौं मौजे भदरिया बस्ने मनराज कहार समेत मुद्दा : ज्यान (१) अरु प्रमाणको अभावमा मुख सावित भए पनि अपराध गरेको हो भनी ठहर गर्न नहुने । मुखले मात्र पनि सावित भई कुनै मुद्दा चल्न नसक्ने हुनाले मुख सावित, अपराध गर्नु, यी दुवै कुरा भिन्न भिन्न हुन सक्छन् । मुख सावित हुँदैमा अपराध गरेको हो भनी ठहर गर्न अरु प्रमाण चाहिन्छ । यस मुद्दामा त्यस्तो कुनै प्रमाण नभएकोले यी अभियुक्तहरुले अपराध गरेको हो भनी ठहर्याउन मिल्दैन । (प्रकरण नं. २९) पुनरावेदकतर्फबाट : सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिल विपक्षी तर्फबाट : उल्लेखित मुद्दा : फैसला न्या.श्री हेरम्बराज १. म बसेको ठाउँ तप्पे करकाडौं मौजे पिप्रहवामा गस्ती गर्दै आएका पुलिसले सोधपुछ गरी तिम्रो दाज्यू भडारियामा छैन पत्ता लगाउ भनेपछि दाज्यू नोकरी गरी बसेको जिमिदार कहाँ गई सोध्दा निजले थाहा छैन, पत्ता लाउँछु भने । आफ्नी सानी आमालाई सोध्दा दाज्यू रसुललाई भडरिया बस्ने मनराज कहार बरकत मनिहार, लंगड मनिहारले ज्यानै मारिदिए । लास जङ्गलमा कहाँ राखे थाहा छैन भन्नु भएकोले जाहेर गर्न आएको छु भन्ने हाफज दजिको दरखास्त । २. मनराज कहारको दाजु निहुरकी स्वास्नीसंग गुरुवा गाव बस्ने नागेस्वर र पिप्रहवा घर भई भडारिया कोठारमा नोकर भई बस्ने रसुल दर्जीको नराम्रो सम्बन्ध भई निजहरुको आपसमा रिसइवी परि मठरिया बस्ने जिमिदार मनिहार बर्कत मनिहारलाई हातमा लिई नागेश्वर कुर्मीले रसुल दर्जीको ज्यान हिनामिना पारि बेपत्ता पारेको भन्ने बुझिएको भन्ने हे.क. दुधनाथको प्रतिवेदन । ३. मनराज कहारको दाज्यूको छोरीसंग सोधपुछ गर्दा निजले आज राती मेरो काका मनराज कहार बर्कत मनिहार, लंगड मनिहार १ समेत ३ जना भई रसुललाई लट्काई सो लास मेरो दाज्यू कुदनवा भन्ने बाबु कहार र मनराज कहार समेत भई जङ्गलतिर गाडेका हुन् भन्ने निजबाट सुनी थाहा पाएकी हुँ । मनराज भाउजूसंग लागेको थियो । सो कहानिसंग रसुर र बर्कत पनि लागेको हुँदा रीसइवी पर्न गई मनराज र वर्कतले मारेको शंका लाग्छ भन्ने फहिमा मनिहारको कागज । ४. कोठारमा बस्ने वर्कत मनिहारले मेरो धुरमा आई रसुल दर्जी मरेछ मट्टि दिन हिंड भनेपछि कोठारदेखि अन्दाजी १०००। गज पूर्वमा रहेको बगैंचामा निजको साथ गयौं । आँपको रुखमा रसुल दर्जी लट्की रहेको देखें । निज बर्कत पेडमा चडी डोरी काटी भूईमा राखे । सो बखत त्यस काममा बर्कत मनिहार, जिमिदार मनिहार, लंगड मनिहार र मसमेत ४ जना थियौं । कसरी मर्यो भनी बर्कतसंग सोध्दा हामी ३ जना मिली आज राती अन्दाजी २ बजे राती मारेका हौं भन्यो । निजहरुले हिंड् गाड्न जाउँ भनेकाले म समेत भई किरण नालामा गाडी दिएको हो भन्नेसमेत मनराज कहारले प्रहरीमा गरेको कागज । ५. मनराज कहारको आगँनमा झै झगडा सुनी हेर्न जाँदा कुदन कहार, निरहु कहार, मनराज र भारततर्फको बलरामपुरतिर बस्ने रइत अलि मुसलमान र भारततर्फ बल्कट्टि बस्ने अजिज बहेना समेत झगडा कुटपिट गरी राखेका थिए । मैले छुट्याई कोठारमा ल्याउँदा पनि निज ५ जना आई रसुललाई समाती लगी मारी दिए । भोलिपल्ट लास लगी किरना नालमा लगी गाडी आयौं । हत्या हुने बखत रसुलको हातै मैले समातेको हुँदा थाहा पाएको