निर्णय नं. ५६२ - गैरकानूनी पुस्तिका बिक्री गरेको
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५६२ - गैरकानूनी पुस्तिका बिक्री गरेको भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०८/१५ २७६५ निर्णय नं. ५६२ ने.का.प. २०२७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०२६ सालको फौ.पु.नं. २६२ पुरावेदक : स.अ.सप्तरी लाहान बजार घर भई हाल का.जि.भाटभटेनी बस्ने रामप्रसाद उपाध्याय समेत विरुद्ध विपक्षी : काठमाडौं डि.एस.पी. कार्यालयको पत्रले श्री ५ को सरकार मुद्दा : गैरकानूनी पुस्तिका बिक्री गरेको (१) छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०१९ को दफा २७–कुनै पुस्तिका गैरकानूनी ठहर्नु भन्दा अगाडि बिक्री गर्दा उक्त बिक्रीलाई गैरकानूनी पुस्तिका बिक्री गरेको भनी निर्णय गरेमा–उक्त निर्णय मिलेको नदेखिने । तर, प्रस्तुत केशमा पुनरावेदकहरुले मिति ०२६।२।८ मा बिक्री गरेको पुस्तिका मिति ०२६।२।१२।१ मा मात्र बागमती अञ्चलाधीशबाट गैरकानूनी ठहरिएको देखिएकोले गैरकानूनी ठहर्नु भन्दा अगाडि बिक्री गरेकोमा गैरकानूनी पुस्तिका बिक्री गरेको भनी बागमती अञ्चलाधीशको निर्णय छापाखाना प्रकाशन सम्बन्धी ऐन, २०१९ को दफा २७ अनुसार मिलेको देखिएन । (प्रकरण नं. १२) (२) छापाखाना र प्रकाशन रजिष्ट्रेशन ऐन, २०१९ को दफा १०–कुनै पत्रिकाको प्रकाशकले उक्त पत्रिकाको निम्ति कसैसंग लिखित अन्तरवार्ता लिएको देखिएमा निज प्रकाशककै प्रकाशनमा उक्त अन्तरवार्ता छापिएको स्पष्ट हुने, उक्त पत्रिकाकै मोलमा उक्त पुस्तिका (अन्तरवार्ता) बिक्री गरेमा–उक्त पुस्तिका उक्त पत्रिका कै अंग हुने । बागमती अञ्चलाधीशको उक्त निर्णयमा छापाखाना र प्रकाशन रजिष्ट्रेशन ऐन, २०१९ को दफा १० ले कुनै पनि किताबमा प्रकाशक, मुद्रक र छापाखाना समेतको नाम समेत उल्लेख हुनुपर्नेमा सो उल्लेख भए गरेको नदेखिएको हकमा उक्त पुस्तिकाको शिरमै श्री विशेश्वरप्रसाद कोइरालासंग कल्पनाका प्रकाशक श्री केदारनाथ श्रेष्ठले कल्पनाको निमित्त हालै लिनु भएको लिखित अन्तरवार्ता भनी लेखिएको देखिएकोले कल्पनाकै प्रकाशक केदारनाथ श्रेष्ठको प्रकाशनमा छापिएको स्पष्टै देखियो र कल्पनाकै मोल रु.१। मै बिक्री गरेकोले उक्त पुस्तिका कल्पना पत्रिकाकै अंग देखिएको समेतबाट बागमती अञ्चलाधीशको मिति २०२६।२।१२।१ को निर्णय गल्ती ठर्हछ । (प्रकरण नं. १२) पुनरावेदक तर्फबाट : अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : उल्लेखित मुद्दा : आदेश न्या.श्री नयनबहादुर १. कल्पना त्रैमासिक पत्रिका भित्र लुकाई विश्वेशवरप्रसाद कोइरालासंगको अन्तरवार्ता शिर्षक छापिएको बुकलेट बिक्री बितरण गरेकाले सो बुकलेट समेत पेश गरेको छु भन्नेसमेत काठमाडौं डि.एस.पी. कार्यालयको मिति २०२६।२।१०।६ को पत्र । २. कल्पना पत्रिकाको म सहयोगी भएकोले सो पुस्तिका र कल्पना पत्रिका समेत साथै रु.१। मा बिक्री गरेको हुँ, यो पस्तिकालाई कल्पनाकै पाना सम्झी छापाखाना, मुद्रक, प्रकाशक, सम्पादकको नाम नलेखिएको भए पनि बिक्री बितरण गरेको हुँ भन्नेसमेत रामप्रसाद उपाध्यायको बयान । ३. म कल्पना पत्रिकाको सहयोगी भएकोले कल्पना पत्रिका र यो पुस्तिका साथै रु.१। मा बिक्री गरेको हुँ, छापाखाना, मुद्रक, प्रकाशक, इत्यादीको नाम “यस पुस्तिकामा नलेखिए पनि सो पत्रिकामा लेखिएको छ” भन्नेसमेत लक्ष्मणप्रसाद उपाध्यायको बयान । ४. ग्राहकहरुले लिई दे भनेका नाउँ नजानेका केटाहरु ३ थान कल्पना पत्रिका रु.१। का दरले खरीद गरी रु.१। मै बिक्री गरेको हुँ, कल्पना भित्रै यो पत्रिका भएको मलाई थाहा भएन, मैले अरु पत्रिका बिक्री ग