निर्णय नं. ५६३ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५६३ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/११/२५ २६०२ निर्णय नं. ५६३ ने.का.प. २०२७ डिभिजन बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०२६ सालको रिट नम्बर ४०७ निवेदक : ज.अं.धनुषा इटरहवा गा.पं. इटरहवा स्थान मठका महन्त शिवशंकर पुरी सन्यासी विरुद्ध विपक्षी : जिल्ला भूमिसुधार कार्यालय धनुषाका भूमिसुधार अधिकारी समेत बिषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) गुठी संस्थानबाट अधिकारप्राप्त महन्त हुँ भन्ने भनाईलाई खण्डन गर्न नसकेमा–मठाधीशको जबाफदेहिको कुरामा निज मठाधीशले मुद्दा चलाउन पाउने । निवेदक जनकपुर अञ्चल धनुषा जिल्ला इटरहवा गाउँ पञ्चायत अन्तर्गत स्थित इटरहवा स्थान गुठी संस्था अन्तर्गतको मठ हो र निवेदक गुठी संस्थानद्वारा अधिकारप्राप्त सो मठको महन्त हुँ भन्ने निवेदकको भनाईलाई विपक्षीले खण्डन गर्न समेत सकेको देखिंदैन र उक्त मठाधीशको पनि जबाफदेही हुने हुनाले आफ्नो जबाफदेहिको कुरामा निवेदकले मुद्दा चलाउन पाउने नै देखिंदा विद्वान सरकारी अधिवक्ताको बहस जिकिरसंग सहमत हुन सकिएन । (प्रकरण नं. ५) (२) भू.सं.ऐनबमोजिम जग्गावालाको परिभाषा भित्र नपरेमा–साविक बमोजिम आधा बाली लिने गरेकोमा–सो निषेध गर्ने कानूनी व्यवस्थाको अभावमा भूमि सं.ऐनबमोजिम वार्षिक उब्जनीको आधा बाली मात्र लिन पाउँछ भन्न नमिल्ने । अब बार्षिक उब्जनीको आधामात्र लिन पाउने वा हरेक बालीको आधा लिन पाउने के हो भन्ने कुराको हकमा भूमिसम्बन्धी ऐनबमोजिम श्री ५ को सरकारमा मालपोत तिर्न पर्ने जग्गा भोगेको नहुँदा निज निवेदक जग्गावालाको परिभाषा भित्र नपरेको र साविक बमोजिम आधा लिने गरेकोमा सोनिषेध गर्ने कानूनी व्यवस्थाको अभावमा भूमिसम्बन्धी ऐन बमोजिम बार्षिक उब्जनीको आधाबाली मात्रलिन पाउँछ भनी भन्नमिल्दैन । (प्रकरण नं. ६) आदेश न्या.नयनबहादुर १. जनकपुर अञ्चल धनुषा जिल्ला इटरहवा गाउँ पञ्चायत अन्तर्गतस्थित इटरहवा स्थान गुठी सस्थान अन्तर्गतको मठ हो र निवेदक गुठी संस्थानद्वारा अधिकारप्राप्त सो मठको महन्त हुन इटरहवा स्थान मठको २०० बिगाहा ९ कठ्ठा धुर जग्गा छ । ति सबै जग्गा गुठी संस्थान अधिनस्थ जग्गा हुन भन्ने तथ्य निर्विवाद छ र ती जग्गा मध्ये सबै वा केही जग्गाको बन्दोबस्ती गर्न अधिकार सो मठलाई भए अनुसार केही जग्गामात्र बाँकी राखी धेरै जसो जग्गा अधियामा बन्दोवस्त गरी अधियावालीको उपभोग सो मठबाट नै भई गरी आएको इटरहवा गाउँ पञ्चायतका बडा नं.३ तथा ४ अन्तर्गतका इटरहवा स्थानको ४० बिगाहा १२ कठ्ठा १९।। धुर जग्गाको अधियामा कमाउने किसानहरु मध्येका विपक्षी राम लखन मण्डल, धानुक तथा विपक्षी राम खिलावन मण्डल धानुक मिली अरु किसानको प्रतिनिधि पनि हुँ भन्दै विपक्षी भूमिसुधार अधिकारी समक्ष २०२५।११।२४ मा रवि बाली उपभोग गर्न दिएन भन्ने निवेदकका विरुद्ध निवेदन दिनु भएकोमा सोही दिन भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३३ ले मोहिले बाली बुझाउँला वार्षिक उब्जनीको मुख्य बालीमात्र जग्गाधनीले पाउने भन्ने तोकिएको हुँदा रविवालीमा जग्गाधनीले कुनै दावी गर्न नपाउने सो रविवाली मोहिले नै सोह्रै आना पाउने भनी विपक्षी भूमी सुधार अधिकारीले निर्णय गरी सो निर्णय कार्यान्वित गर्न गराउन शान्ति सुरक्षाको प्रबन्ध गर्नु भनी श्री प्रहरी चौकी औरहीजद्वीलाई पूर्जी लेखी उक्त ४० बिगाहा १२ कठ्ठा १९।। धुर जग्गाको रविबालीको अधिया पाउने अधिकारबाट इटरहवा स्थान मठलाई बञ्चित गराइयो । गुठी संस्थान अधिनस्थ जग्गा