निर्णय नं. ५६४ - राजकाज अपराध सम्बन्धी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५६४ - राजकाज अपराध सम्बन्धी भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०८/०४ ३३०८ निर्णय नं. ५६४ ने.का.प. २०२७ डिभिजन बेञ्च न्यायाधीश श्री झपट सिं रावल न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान सम्वत् २०२७ सालको फौ.पु.न. ६७९ पुनरावेदक : जि.ध.प्रगन्ना मौजे ज.धाम घरभई हाल के.का.का. थुनिएको महेन्द्रनारायण निधी विरुद्ध विपक्षी : श्री ५ को सरकार मुद्दा : राजकाज अपराध सम्बन्धी (१) मुलुकी ऐन, अ.बं.को २९ नं.–राजकाज अपराध तथा सजाय सम्बन्धी (संशोधन) ऐन, २०२१ को दफा १० र मुलुकी ऐन भाग १ प्रारम्भिक कथनको ४ नं. ले गरेको व्यवस्था अनुसार स्थानीय अञ्चलाधीशको कार्य सम्बन्धी अवस्था न्यायिक भएको कारण–निज अञ्चलाधीश (अञ्चलको मुख्य प्रशासक) ले प्रशासनबाट अभियोग लगाइएको मुद्दा हेरी छिनेको नमिल्ने भन्ने कुरामा विचार गर्न नपर्ने । अञ्चलाधीशले यो मुद्दा हेर्ने अधिकारक्षेत्र छैन, प्रशासनबाट अभियोग लगाइएको मुद्दा अञ्चलको मुख्य प्रशासक अञ्चलाधीशले हेर्न नमिल्ने भन्नेसमेत पुनरावेदक तर्फका अधिवक्ताको जिकिरका हकमा मुलुकी ऐन, अ.ब.२९ नं.मा राजकाज सम्बन्धी मुद्दा श्री ५ को सरकारले तोकेको अदालतबाट हेरिने व्यवस्था भएकोमा राजकाज अपराध तथा सजाय सम्बन्धी (संशोधन) ऐन, २०२१ को दफा १० ले स्थानीय अञ्चलाधीशलाई त्यस्तो मुद्दा हेर्ने अधिकारी तोकेको देखिन्छ । बिषय बिषयको ऐनमा व्यवस्था भए जति कुरामा सो बिषय बिषयकै ऐनबमोजिम गर्नु, सो बाहेक अरु कुरामा मुलुकी ऐनबमोजिम भन्ने मुलुकी ऐन भाग १ प्रारम्भिक कथनको ४ नम्बरमा उल्लेख भएको हुनाले मुलुकी ऐन, अ.बं.२९ नं.बमोजिम श्री ५ को सरकारले तोकी रहन नपरी कानूनले तोकेको अधिकारी स्थानीय अञ्चलाधीशले मुद्दा हेर्न पाउने अधिकारक्षेत्र कानूनले नै व्यवस्था गरेको र कानूनमा व्यवस्था भएअनुसार अञ्चलाधीशको कार्यसम्बन्धी अवस्था अर्धन्यायिक भएको हुनाले प्रशासकले मुद्दा हेरी छिनेको भन्ने कुरामा पनि केही विचार गर्नु परेन । (प्रकरण नं. १०) (२) लेखको बीच बीचको शब्दहरुको मात्र अर्थ नगरी माथि देखी तलसम्म (समुच्चै) सिलसिला मिलाएर अर्थ गरेमा–सरल स्वाभाविक अर्थ भन्न मिल्ने । कुनै पनि लेखको अर्थ के हो भनी विचार गर्दा सो लेखका बीच बीचका शब्दहरुको मात्र अर्थ गर्दा वास्तविक अर्थ हुन नसकी सो लेखको समुचा अर्थात माथि देखि तलसम्मको सिलसिला मिलाई अर्थ गर्नु नै सरल र स्वाभाविक अर्थ भन्न मिल्दछ । (प्रकरण नं. १२) (३) आफ्नो लेखमा कुनैलाई द्वेष र ध्रृणाको स्थान नरहेको र श्री ५ र राजमुकुट प्रति आफूलाई कसै भन्दा कम वफादार र भक्त ठान्दिन भनी बयान गरेमा–उक्त लेखको उद्देश्य खराब छ भन्ने प्रमाणित नहुने । प्रतिवादी पुनरावेदकले अञ्चलाधीश कार्यालयमा गरेको बयानको दफा ६ मा उल्लेख गरेबमोजिम मेरो लेखमा कुनैलाई द्वेष र धृणाको स्थान छैन, जहाँसम्म श्री ५ र राजमुकुटको प्रश्न छ म आफूलाई कसैभन्दा कम वफादार र भक्त ठान्दिन भनी गरेको बयानअनुसार प्रतिवादी पुनरावेदकले खराब उद्देश्य राखी सो लेख लेखेको भन्ने प्रमाणित हुँदैन । (प्रकरण नं. १२) (४) कुनै लेखमा श्री ५ प्रति उल्लेख नभएमा–व्यवस्था बारे लेखे पनि श्री ५ को सरकारको काम कारवाई प्रति कुनै उल्लेख नभएमा–श्री ५ वा श्री ५ को सरकार प्रति घृणा, द्वेष फैलाएको वा शान्ति र व्यवस्थामा खलल हुने काम गरेको भन्न नमिल्ने । सो लेखमा श्री ५ प्रति कुनै उल्लेख छैन । व्यवस्था सम्बन्धि लेखे पनि श्री ५ को सरकारको काम कारवाई प्रति कुनै उल्लेख भएको पनि देखिएन । त्यसकारण वादी दावी र ज