निर्णय नं. ५६५ - जग्गा पत्ता लगाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५६५ - जग्गा पत्ता लगाई पाउँ भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०८/०५ २४३५ निर्णय नं. ५६५ ने.का.प. २०२७ फुल बेञ्च न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री झपट सिं रावल सम्वत् २०२६ सालको दे.फु.न. ५५ निवेदक : का.जि.नैकाप पुरानो भञ्ज्याङ बस्ने श्री लक्ष्मीबहादुर डंगोल विरुद्ध विपक्षी : ऐ झोले गाउँ बस्ने बाबुमान श्रेष्ठ समेत मुद्दा : जग्गा पत्ता लगाई पाउँ (१) सर्वोच्च अदालतबाट अन्तिम निर्णय भई टुंगो लागी सकेको बिषयलाई अदालतमा हक बेहकमा नालेस गर्न जानु भनी सुनाएमा उक्त निर्णय मिलेको नदेखिने । एकपटक अदालत तहमा मुद्दा परी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट अन्तिम निर्णय भई टुंगो लागी सकेको जग्गा हक बेहकतर्फ पुनः यस उजुरबाट कारवाई निर्णय हुन पर्ने प्रसंग नभएकोले त्यस किसिमसंग हक बेहकको रुप दिन अदालतमा नालेस गर्न जानु भनी सुनाएको माल र जिल्ला प्रमुख अधिकारीको निर्णय मिलेको देखिएन । सो बदर हुन्छ । (प्रकरण नं. १०) निवदेक तर्फबाट : अधिवक्ता श्री इच्छाहर्ष विपक्षी तर्फबाट : उल्लेखित मुद्दा : फैसला न्या. झपट सिं रावल १. रत्नमानसंग मुद्दा पर्दा म हारें मेरो दर्ताको जग्गा जबरजस्ती खाइरहेको छ । जग्गाको बाली भने म तिरी रहने जग्गाको बाली भने विपक्षीले खाने जसमा सरकारको बाली तिरी राखेको जग्गा पत्ता लगाई पाउँ कि त लगत कट्टा गरिपाउँ भन्ने लक्ष्मीबहादुरको निवेदनपत्रमा कानूनबमोजिम गर्नु गराउनु भन्ने श्री ५ महाराजाधिराजबाट अर्थ मन्त्रालयका नाउँमा ०२२।२।२४।१ मा हुकुम प्रमांगी बक्सेको । २. पाखो बारी रोपनी ६ साल ०२१।१२।११।४ मा काठमाडौं माल दोश्रामा नं.२७ नैकाप मौजामा मेरो नाउँमा दर्ता गरी ०२१ सालसम्मको तिरो बुझाई आएको सालको ३१७ तिरो लागेको जग्गा हो । निवेदनबमोजिम गरिपाउँ भन्ने लक्ष्मीबहादुरको ०२२।३।७।२को कागज । ३. निवेदकको लेखाईबाटै आफ्नो जग्गा अर्काले जबरजस्ती खाएकोमा मुद्दा परी हारेको भन्नेसमेत देखिएको त्यस्तो मुद्दा परी हारेको नभए पनि जबरजस्ती आफ्नो जग्गा खानेका नाउँमा अदालतमा नालेस गर्नुपर्ने कानूनी व्यवस्था भएको लगत कट्टा गरिपाउँ भन्ने हकमा बेगर निकासाले कट्टा गर्न नमिल्ने उसमाथि सो जग्गाको लगत त्यस मालमा नभई काठमाडौ दोश्रा मालमा भएको भन्ने कुरा निवेदकको कागजमा लेखिएको समेत हुँदा यस निवेदनबाट कुनै कारवाई गर्न नमिल्ने हुँदा आफ्नो जग्गामा जबरजस्ती संग खानेका नाउँमा कानूनले म्याद भित्र जिल्ला अदालतमा नालिस दिन जानु भन्ने निवेदकलाई जनाउ दिई तामेलीमा राखी दिने भन्ने किर्तिपुर मालको ०२२।३।२७।१ को पर्चा । ४. काठमाडौं मालबाट तत्सम्बन्धमा पुनः कारवाई चलाई किर्तिपुर मालको पर्चा बमोजिम नालेस गर्न जानु पर्ने नै देखिन आएबाट सोही बमोजिम गर्नु भनी निवेदकलाई सुनाई दिने भन्ने ०२३।३।२२।४ को पर्चा गरेको । ५. काठमाडौ मालको पर्चा उपर चित्त बुझेन भन्ने लक्ष्मीबहादुरको पनुरावेदन । ६. पुनरावेदकको निवेदनमा रत्नमानले मेरो दर्ताको जग्गा जबरजस्ती खाइरहेको छ भन्ने जिकिर भएको जसले जबरजस्ती खान्छ उसका नाउँमा सम्बन्धीत अदालतमा नालेस गरी कायम गर्नुपर्ने देखिंदा नालेस गर्नु भनी सुनाई दिने गरेको काठमाडौं मालको इन्साफ मनासिव छ भन्ने प्र.जि.अ.को कार्यालय काठमाडौंबाट भएको ०२३।५।२६।१ को फैसला । ७. सो उपर चित्त बुझेन भन्ने लक्ष्मीबहादुरको आय र कर अदालतमा पुनरावेदन परेकोमा प्रस्तुत मुद्दा हाल आवादी सम्बन्धी नभई दर्ताको जग्गा पत्ता लगाई पाउँ भन्ने वा