निर्णय नं. ५६६ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५६६ - अंश भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०८/०५ ३०८९ निर्णय नं. ५६६ ने.का.प. २०२७ फुल बेञ्च प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री बब्बरप्रसाद सिंह न्यायाधीश श्री चन्द्रप्रसाद सम्वत् २०२६ सालको दे.फु.न. ६१ निवेदक : का.जि.मरुटोल बस्ने गोपालबहादुर प्रधान विरुद्ध विपक्षी : ऐ ठमेल बस्ने सु.कटकबहादुर प्रधान मुद्दा : अंश (१) रजिष्ट्रेशनको ३ नं.–मानु छुट्टिएको मिति बारे दुवै थरको मुख नमिलेमा–ऐनले तोकेको बन्देजमा रहनुपर्ने–रजिष्ट्रेशन पासको अभावमा–यो मितिमा मानु छुट्टिएको हो भनी मञ्जुर गरे पनि मान्यता दिन नसक्ने कारण फिराद परेको मिति छुट्टिएको मिति कायम हुने । कुनै खास दिनमा मानु छुट्टिएको भन्ने दुवैथरको लेखाई नभई यति गते भन्ने कुरामा मुख नमिलेकोले ऐनले तोकेको बन्देजमा रहनुपर्ने हुन आयो । त्यसतर्फ हेर्दा रजिष्ट्रेशनका ३ क नं.ले रजिष्ट्रेशन पास भएको लिखत बेगर यो मितिमा मानु छुट्टिएको हो भनी मञ्जुर गरे पनि अदालतले मान्यता दिन नसक्ने हुनाले फिराद परेको मिति ०५।२।१७ मा मानु छुट्टिएको मिति कायम हुन्छ । (प्रकरण नं. १४) (२) अंशबण्डाको ३३ नं.–सबै छोरालाई अंश गर्नुपर्ने सम्पत्ति आमाले एउटा छोरालाई मात्र लेखी दिएमा–कानून विरुद्ध देखिने । लिखतकै सहाराले बकस पाउने गोपालबहादुरले एकलौटी भाग गर्न पाउँछ भनी त्यसै बखतमा भन्न सकिन्छ, जब त्यो लिखत कुनै ऐन विरुद्ध नहोस । अंशबण्डाको ३३ नं.मा बाबुको शेषपछि पनि कोही छोरा आमासित संगबसेका रहेछन वा कोही पनि संगबसेका रहेनछन, आफ्नो चित्त बुझी अंश नखोजी बेग्ला बेग्लै बसेका रहेछन र आमा मरेपछि अंश गर्नु पर्‍यो भने पनि आमाको काजक्रिया गरी बाँकी रहेको सबैसितका बाबु बाजेका आर्जनको ऋण धनमा ऐनबमोजिम सबै छोरालाई बाँडी दिनु भन्ने बोली परेकोले सवै छोरालाई अंश गर्नुपर्ने सम्पत्ति आमाले एउटा छोरालाई मात्र लेखी दिएको कानून विरुद्ध देखिएको हुँदा बकसपत्रबाट गोपालबहादुरलाई रत्नकुमारीको अंश एकलौटी दिन मिल्दैन । (प्रकरण नं. १६) निवेदक तर्फबाट : अधिवक्ता श्री इच्छाहर्ष बज्राचार्य विपक्षी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद पन्त उल्लेखित मुद्दा : फैसला न्या.श्री हेरम्बराज १. खसम ६५ सालमा परलोक भएपछि ७४ साल चैत्रमा माइला छोरा छत्रबहादुर ९।१०।२२ गते जेठा छोरा कृष्णबहादुर साइला प्रेमबहादुरहरु भिन्न बसी बण्डा गरी नदिएको व्यहोरा सरकारमा बिन्ति गर्दा भएको ९८।८।९ को हुकुमको तोकमा कटकबहादुर गोपालबहादुर हरु आमासंग सगोल बसी आएकोले अब पनि सगोलमै बस्न दिनु घरका हकमा छेभडेल समेत राखी पञ्चक्रिती मोल गरी रत्नकुमारीसंग बस्ने छोराहरुको समेत ३ भाग पायक मिलाई छुट्याई दिनु भन्नेसमेत भई दाजु कटकबहादुर आमा रत्नकुमारी म समेत सगोलमा बसी आएको ९९।५।२५ गते अन्यायवाला घर आई बसेबाट घरको जेठो निज भई घरको ताला कुची निज जिम्मा राखी जग्गा जमिन खरीद बन्धकी लिई सेफ इत्यादीमा रुपैया राखी हाल महावीर राईस मिल कम्पनीको मैनेजर समेत भइरहेकोमा स्वास्नीको कुरा सुनी ०४।७।१५ गते भान्छा अलग गरी मानु छुट्टिएकोले ८९।१०।२२ गते पछि मानु छुट्टिएको ०४।७।१५ गतेदेखि अघिको श्रीसम्पत्ति बण्डा गरी देउ भन्दा गरी दिएन । आमा रत्नकुमारी ०५।१।२२ गते परलोक हुनुभएको उहाँले मलाई शेषपछिको बकसपत्र गरी दिनु भएकोले अन्यायको दाजुबाट तायदाती लिई ३ खण्डको २ खण्ड मलाई छुट्याई पाउँ भन्ने ०५।३।१७।४ को गोपालबहादुरको फिरादपत्र । २.