निर्णय नं. ५६७ - लिखत पास

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५६७ - लिखत पास भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०४/२७ २७६८ निर्णय नं. ५६७ ने.का.प. २०२७ फुल बेञ्च न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री वाशुदेव शर्मा सम्वत् २०२६ सालको दे.फु नं. ६९ वादी : तप्पे ढोलिया मौजे हरिहरपुर बस्ने रामखेलावन कुर्मी विरुद्ध विपक्षी : तप्पे ढोलिया मौजे बहरवासी बस्ने अशोककुमार कुर्मी मुद्दा : लिखत पास (१) भूमिसम्बन्धी (प्रथम संशोधन) ऐन, २०२२ को उपदफा ७ (३)–जग्गा हक छाडी दिएको लिखत मान्यता नदिने व्यवस्था उक्त दफाको तात्पर्यको लागि मात्र सिमित–उक्त लिखत पास हुँदैमा उक्त दफाको तात्पर्यको लागि मान्यता नदिई छाड्ने दाताको साथमा रहे सरह मानी कारवाई गर्न केही असर नपर्ने “यस दफाको तात्पर्यको लागि मान्यता दिइने छैन” भन्ने शब्दहरु सम्मको प्रयोगले रजिष्ट्रेशन पास गर्नमा बाधा नदिने । आखिरी उक्त भूमिसम्बन्धी ऐनको थप दफा ७ को उपदफा (३) मा यस दफाको तात्पर्यको लागि भन्ने शब्दहरु समुह प्रयोग गरेर विधिकर्ताले लिखत मान्यता प्राप्त गर्न नसक्ने कुरामा उक्त दफा ७ को तात्पर्यको लागि मात्र सिमित गराएको प्रष्ट छ, यस्तो लिखतलाई उक्त दफा ७ को उपदफा (३) बमोजिम सो दफाको तात्पर्यको लागि मान्यता नदिई जग्गा छाड्ने दाताको साथमा रहे सरह मानी ऐनबमोजिम कारवाई गर्न सम्बन्धित अधिकृतको अधिकार वा कर्तव्यमा लिखत पास हुँदैमा कुनै असर पर्न समेत सक्दैन । उक्त दफा ७ (३) को यस दफाको तात्पर्यको लागि मान्यता दिइने छैन भन्ने सम्म कुराले त्यस्तो लिखत रजिष्ट्रेशनका ऐनबमोजिम रजिष्ट्रेशन पास गर्ने कुरालाई बाधा दिन्छ भन्न मिल्ने देखिन आउँदैन । (प्रकरण नं. १०) पुनरावेदक तर्फबाट : अधिवक्ता श्री रामगोपाल श्रेष्ठ विपक्षी तर्फबाट : सरकारी अधिवक्ता श्री रतनलाल कनौडिया उल्लेखित मुद्दा : महारानी कुर्मीनी वि.राज्य श्रीदेवी क्षेत्रीनी, मुद्दा : लिखत पास (फु.बे.) फैसला न्या.श्री वाशुदेव शर्मा १. प्रतिवादीले रु.३८४००। लिई शिर विगाहा २३।।।१।।।३ भएको जग्गा जिमिदारी ०२२ साल बैशाख १२ गते ७ मा घरसारमा लिखत गरी राजीनामा गरी दिएको सो लिखत पास गरी नदिएको हुनाले पास गरिपाउँ भन्ने रामखेलावन कुर्मीको ०२२।८।४।६ को फिरादपत्र । २. प्रतिवादीले प्रतिवादी दिने म्यादै गुजारेको । ३. वादीले पास गरिपाउँ भन्ने लिखतमा लेखिएको जग्गा समेतको फाराम भूमिसुधारमा श्याम विहारीले पेश गरेको सो फाराममा हदबन्दी भन्दा बढी जग्गा देखिएको र सो फारामको पिठमा जनिएको कैफियतबाट समेत हदबन्दी भन्दा बढी भएको जग्गा लिखत भएको देखिएको संशोधित भूमिसम्बन्धी ऐनको दफा ७ को उपदफा ३ ले भूमिसुधार लागू भएको ०२२ साल मार्ग १ गते भन्दा अघि पास भइसकेको वा पास गरिपाउँ भन्ने दावी परी सकेको बाहेक अरु लिखत गरी दिएको भए पनि साविक जग्गावालाकै साथमा कायम रहने व्यवस्था भएकाले भूमिसुधार लागू भइसकेको पछि फिराद गर्नआएको हुँदा वादीको लिखत पास हुन सक्दैन भन्नेसमेत शुरु कपिलबस्तु जि.अ.को ०२३।११।१५ को फैसला । ४. भूमिसुधार लागू हुनुभन्दा ६ महिना अगावै लिनु दिनुको व्यवहार भएको रजिष्ट्रेशनको ऐनले ६ महिना वाद मात्र नालेस लाग्ने हुँदा सो कानूनको मर्यादा रही मेरो दावी बमोजिम लिखत पास हुनुपर्ने भन्नेसमेत पुनरावेदक वादीको पुनरावदेन । ५. घरसारमा लिनु दिनु गरेको लिखत सम्बन्धित व्यक्तिले रजिष्ट्रेशन पास गरी नदिएमा लिखत भएको मितिले ६ महिनाको म्याद नाघेको ३५ दिन भित्र नालेस गरी पास गराई लिनु पर्छ भन्ने मुलुकी