निर्णय नं. ५६८ - जग्गा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५६८ - जग्गा भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/११/०९ ३०७७ निर्णय नं. ५६८ ने.का.प. २०२७ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०२६ सालको दे.फु.नं. ८० निवेदक : जि.सप्तरी प्र.जगदर मौजे मलीकपुर वसस्नतपुर टोली बस्ने नथर यादव विरुद्ध विपक्षी : ऐ. बस्ने वलदेव यादव मुद्दा : जग्गा (१) आफ्नो जग्गा अरुको नाममा दर्ता हुँदा–नामसारी दाखेल दर्ता गर्नु भनी दर्तावालाले गरी दिएको मञ्जुरनामा छोडपत्र–तत्कालिन रजिष्ट्रेशनको ३ नं.अनुसार रजिष्ट्रेशन पास नभएमा–उक्त लिखत तत्काल कार्यान्वित नगरी धेरै पछि मात्र दाखेल दर्ता गरेको भन्ने प्रमाणको अभावमा–उक्त जग्गा आफ्नो हकको भन्ने भनाई सन्दिग्ध देखिने । सो लिखत तत्काल प्रचलित रजिष्ट्रेशनका ३ नं.बमोजिम रजिष्ट्रेशन पास नभएको र यदि आफ्नो जग्गा वादी वलदेवको नाउँमा दर्ता हुन गएको भए तत्काल सो लिखत कार्यान्वित गराई कानूनबमोजिम जग्गा आफ्नो नाममा दाखेल दर्ता गराउन सक्नुपर्नेमा धेरै वर्ष पछि १५।१।१६ मा मात्र दाखेल दर्ता गराएको भन्ने भनाई भएको, सो दाखेल दर्ताको १ नं.फाराम चोरीमा परेको भनी पेश दाखेल हुन पनि नसकेको समेत हुँदा मेरो जग्गा भन्ने प्रतिवादी नथरको भनाई सन्दिग्ध देखिन आउँछ । (प्रकरण नं. १२) (२) अरुको जग्गाको मालपोत हस्तेवारी गरी बुझाएको देखिएमा–आफूले मालपोत तिरे बुझाएको मान्न नमिलेमा–आफ्नो मालपोत बुझाएको रसिद प्रस्तुत गर्न नसकेमा–उक्त जग्गा आफ्नो तिरो भोगको प्रमाणित नहुने । मालपोत नथरले हस्तेवारी गरी बुझाई दिएको भन्ने देखिन आउने, सो रसिदहरुमा जग्गा कठ्ठा ।४.२ नथरको भन्ने जनिएको हुनुबेगर आंशिक रुपमा सो जग्गा कठ्ठा ।४.२ को मालपोत प्र.नथर आफूले तिरे बुझाएको मान्न मिलेन । आफ्नो जग्गा भए ०४ सालको नापी भन्दा अगाडिको रसिदहरु पनि पेश गर्न सक्नुपर्नेमा सकेको नदेखिएको समेत हुँदा जग्गा प्रतिवादी नथरको भोग तिरोको रहेछ भन्ने प्रमाणित हुँदैन । (प्रकरण नं. १३) निवेदक प्रतिवादी तर्फबाट : अधिवक्ता श्री कुलराज विपक्षी तर्फबाट : अधिवक्ता श्री राम राजाप्रसाद सिंह उल्लेखित मुद्दा :  फैसला न्या.श्री धनेन्द्रबहादुर सिंह १. मेरो जग्गा नथरका नाउँमा दर्ता बदर पाउँ भनी नालेस गरेको अघिको दावामा नम्बर विगाहा अंकमा फरक परेकोले भुल सुधार गरी नालेस गर्नु भन्ने ०२०।३।३०।१० गते यस अदालतबाट खारेज फैसला भएको सोही फैसला बमोजिम नालेस गर्न आएको छु । मैले मुन्सिफिबाट पाएको नम्बरीमा नम्बर २७८० उमराब सो पूर्व उत्तर पोखरी मोहार सो पश्चिम डगर सो दक्षिणको जग्गा विगाहा ।४.२ लेखिएकोबाट सो बमोजिम दावा गरेकोमा मालको जबाफमा २८८० नम्बर भई चौहद्धी एकै मिलान भएकोबाट मालको श्रेस्ता हेर्दा खेसरामा २८८० लेखिए पनि २७८० लेख्नु पर्नेमा १०० नं. नै थप भई सिलसिला नम्बर बिरिएकोले कितावमा सुधार गरी नम्बरी जम्मा बन्दी भएको हुनाले खेश्रामा सबै नम्बरीवालाको नम्बर विरिएको भएबाट खेसराको नम्बर २८८० भूल सुधार गरी मेरो दावा बमोजिम नं. २७८० को जग्गा मेरो नाउँमा थामी पाउनु पर्ने भएकोले अघिका दावामा जग्गा विगाहा ।४।४।। भए पनि जमिन्दार पटवारीले प्रतिवादी गर्दा जग्गा विगाहा । भूलले घट्न गएको २।। जग्गा मेरो फिरादमा लेख्नेका भूलले लेखिएको शुद्धमा जग्गा विगाहा ।४.२ नथरका नाउँमा दर्ता गरी दिएको बदर गरी मेरो तिरो भोगको सो जग्गा मेरा नाउँमा सदर थामी पाउँ भन्नेसमेत ०२०।६।२० को फिराद । २. वादीले नथरलाई ग