निर्णय नं. ५६९ - मोहीयानी हक सुरक्षित
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५६९ - मोहीयानी हक सुरक्षित भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०७/०७ ३१०० निर्णय नं. ५६९ ने.का.प. २०२७ फुल बेञ्च न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री झपट सिं रावल सम्वत् २०२५ सालको दे.फु नं. ७२ निवेदक : का.ई. अख्यात खड्का गाउँ बस्ने रामबहादुर महर्जन विरुद्ध विपक्षी : ऐ. बस्ने कुलबहादुर थापा मुद्दा : मोहीयानी हक सुरक्षित (१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ (१)–उपरोक्त ऐन प्रकाशित हुन पूर्व (२५।२६ वर्ष अगावै) देखि जग्गा कमाइआएको भन्ने दावी भएमा–उपरोक्त दफा ३४ अनुसार कबुलियत र रसिदको प्रमाण नभएकोसम्म कुराले मोहिया भई कमाएको कायम नहुने भन्न नहुने । भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४ (१) मा रहेको जग्गा कमाउन लिँदा दिँदा भन्ने शब्दले उक्त ऐन प्रकाश भइसकेपछिको कुरालाई संकेत गरेको, उक्त ऐन प्रकाशित हुनुभन्दा पहिले नै २५।२६ वर्ष अगावैदेखि कमाई आएको भन्ने वादी दावी हुनाले उक्त दफा ३४ अनुसार कबुलियत र रसिदको प्रमाण नभएको भन्नेसम्म कुराले मोहिया भई कमाएको कायम नहुने भन्न भएन । (प्रकरण नं. ११) (२) सँधियार सर्जिमिनहरु मध्ये धेरैले वादीले जोती आएको भनेमा–मुख्य झगडा परेको जग्गाको एकभन्दा बढी सँधियारहरुले २०२१ सालसम्म वादी मोहिया भई कमाएको र २०२२ सालदेखि प्रतिवादीले कमाएको भनी लेखी दिएमा–भूमिसम्बन्धी ऐन, २०२१ प्रारम्भ पछि प्रतिवादीले वादीको नाममा जोताहा दर्ता गरेको बदर गरी झगडा जनाइपाउँ भन्ने मुद्दामा कारवाई गर्न नपर्ने भनी भूमिसुधार विशेष अदालतबाट अन्तिम फैसला भइरहेमा–वादीले जोताहा निस्सा प्राप्त गरिसकेमा–०२१ सालसम्म वादी मोहिया भई कमाएको प्रमाणित हुने । सँधियार सरजमिनहरुको भनाई हेर्दा कसैले अघिदेखि प्र.ले कमाएको भन्ने, कसैले २० साल, कसैले २१ साल, १० साल, कसैले १६ साल, कसैले ०२२ सालसम्म र कसैले २।४ वर्ष कसैले १४।१५ वर्ष अघि वादीले कमाएको त्यसपछि प्रतिवादीले कमाएको भन्ने विभिन्न भनाई भए पनि धेरैले जग्गा वादीले जोती आएको भन्ने कुरा समर्थन गरेको र मुख्य झगडा परेको जग्गाको सँधियारमा सानाबाबु खड्का १ जना बाहेक अरु पानाचा महर्जन १ गणेशबहादुर खड्का, मानबहादुर खत्री समेतले ०२१ सालसम्म वादी मोहिया भई कमाएको थियो । ०२२ सालदेखि प्रतिवादीले कमाएको छ भनी किटानसाथ लेखी दिएको पाइन्छ । भूमिसम्बन्धी ऐन लागू भएपछि रामबहादुरले आफ्नो नाममा जोताहा दर्ता गरेको बदर गरी झगडा जनाई पाउँ भनी यो मुद्दाको प्रतिवादी कुलबहादुरले वादी रामबहादुरउपर दिएको मुद्दामा झगडा जनाउनेतर्फ कारवाई गर्नु नपर्ने समेत भनी भू.सु.वि.अ.काठमाडौंबाट ०२३।५।२।५ मा अन्तिम निर्णय भएको र वादीले जोताहा अस्थायी निस्सा प्राप्त गरी सकेको समेत पाइयो । तसर्थ उपरोक्त कारणहरुबाट ०२१ सालसम्म वादी मोहिया भई कमाइएको प्रमाणीत हुने हुँदा अघिदेखि म आफैले कमाएको भन्ने प्रतिवादी जिकिर पुग्न सक्दैन । (प्रकरण नं. ११) निवेदक वादीतर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : अधिवक्ता श्री इच्छाहर्ष उल्लेखित मुद्दा : फैसला न्या.श्री नयनबहादुर खत्री क्षेत्री १. खेत मुरी ।१० कुलबहादुरका बाबु बाजेको पालादेखि मोहियामा कमाई आएको ०२२ सालको धान लगाउन खनजोत गरेको जग्गामा अब जग्गा छाडी दे कमाउन दिन्न भनी आफैले बाली लगाएका हुँदा मोहियानी हक कायम गरिपाउँ भन्नेसमेत वादी । २. वादी दावीको जग्गा आजसम्म आफैले कमाएका छु, वादीले कमाएको छैन, वादी वयान झुठ्ठा हो भन्नेसमेत प्रतिवा