निर्णय नं. ५७० - मोहीयानी हक सुरक्षित
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५७० - मोहीयानी हक सुरक्षित भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०७/०७ २५७८ निर्णय नं. ५७० ने.का.प. २०२७ फुल बेञ्च न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री झपट सिं रावल सम्वत् २०२५ सालको दे.फु.नं. ६५ निवेदक : का.ई. अख्यात खड्का गाउँ बस्ने मंगलदास महर्जन विरुद्ध विपक्षी : ऐ. बस्ने कुलबहादुर थापा क्षेत्री मुद्दा : मोहीयानी हक सुरक्षित (१) जग्गाको सँधियारसमेतले वादी मोहिया भई कमाएको भनी लेखी दिएमा–उक्त जग्गा वादीलाई बन्धकी दिई थैली तिरी उक्त बन्धकी फट्टा गरेकोसम्म नाताले निज वादीले उक्त जग्गा नकमाएको भन्न नमिल्ने । ०९ सालमा बाबुले वादीलाई बन्धकी दिई ०१२ सालमा निखनी ०१३ सालमा बाबु परलोक भई ०१४ सालदेखि मेरो भागमा परेको भनी प्रतिवादी निवेदन साथ बन्धकी तमसुक नक्कल समेत पेश गरेको, त्यसबाट ०१२।४।३०।१ मा बन्धकी थैली बुझी लिई फट्टा जनाएको समेत देखिएको भए पनि पहिलेदेखि आफू मोहिया भई कमाई राखेको जग्गा बीचमा जग्गाधनीबाट बन्धकी लिई पछि थैली बुझी निखनी दिएको समेत हुनसक्छ । जग्गाको सँधियार समेतले ०२१ सालसम्म वादी मोहिया भई कमाएको भनी लेखी दिएको कुरामा ०१२।४।३०।१ मा बन्धकी फट्टा भएको सम्म नाताले त्यस मोही देखि यता वादीले नकमाएको भन्न मिल्ने देखिदैन । (प्रकरण नं. ११) निवेदक वादीतर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : अधिवक्ता श्री इच्छाहर्ष उल्लेखित मुद्दा : फैसला न्या.श्री नयनबहादुर १. खडकुले भन्ने खेत २।। जग्गा बाबु बाजेको पाला देखि मोहियानीमा कमाई आएकोमा ०२२ सालको बाली लगाउन खन जोत मैले गरेकोमा जग्गाधनीले आफै धान रोप्छु भनी रोपी मलाई जग्गाबाट निष्कासन गरेको हुँदा मोहियानी हक कायम गरिपाउँ भन्नेसमेत वादी । २. आफ्नू भागको जग्गा आफैले जोतेको छु, कसैलाई कमाउन दिएको छैन, वादीले कमाएको छैन भन्नेसमेत प्रतिवादी । ३. झगडा परेको जग्गा मध्ये कि.न.२३६ कित्ताको जग्गा राजगुठी भनी कागज गरी दिएकोले सो जग्गामा यस अदालतबाट विचार गर्नु परेन । अरु जग्गामा अधिकांश सँधियारहरुले वादीले जोतेको जग्गाबाट वादीलाई प्र.कुलबहादुरले निष्कासन गरेको भनी किटानी साथ लेखी दिएकोले वादीलाई प्रतिवादीले निष्कासन गरेको ठर्हछ भन्ने भूमिसुधार विशेष अदालत काठमाडौंको ०२३।५।२।५ को फैसला । ४. वादी मोहिया भई नकमाएको जग्गा निजको मोहियानी हक कायम गरी छिनेको हुँदा इन्साफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादीको पुनरावेदन । ५. वादी मंगलदास महर्जनको उजुरी ०२२।६।२५ मा परेको देखिएबाट भूमिसम्बन्धी ऐन, ०२१ लागु भइसकेपछिको उजुरी भएको र उक्त ऐनको दफा ३४ मा जग्गा कमाउन लिँदा दिँदा मोही र जग्गावालाको बीचमा तोकिए बमोजिमको लिखत कबुलियत गर्नुपर्छ र त्यसको दुबै दुवैपक्षले लिई दिई राख्नु पर्छ भन्नेसमेत उल्लेख भएकोमा वादीले त्यस किसिमको कबुलियत दोहरी छ भन्न नसकेको र ऐनको उपदफा (२) मा बुझी लिएको हरेक रकमको तोकिए बमोजिमको रसिद गरी मोहियालाई दिनुपर्छ भन्नेसमेत कानूनी व्यवस्था भएको हुँदा सोअनुसार बाली बुझाएको रसिद वादीसंग हुनुपर्ने त्यस्तो रसिद छ भन्न समेत नसकेको, यदि प्रतिवादीले रसिद नदिएको भए उक्त ऐनको दफा ३८ बमोजिम उजूर बाजुर गरेको हुनुपर्ने त्यसरी उजूर गरेको छु भन्न पनि वादीले सकेको नदेखिएको हुनाले समेत वादीलाई राखी छलफल गर्नुपर्ने भएकोले अ.बं.२०२ नं.स.अ.नियमावली बमोजिम वादीलाई नोटिस दिई झिकाई पेशगर्नु भन्ने डिभिजन बेञ्चको ०२४।७।२६।१ को आदेश । ६. व