निर्णय नं. ५७१ - बाली

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५७१ - बाली भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०२/०६ २३३१ निर्णय नं. ५७१ ने.का.प. २०२७ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०२५ सालको दे.फु नं.३६ निवेदक : का.ई. बटुसगोल बस्ने सिंहमान प्रधानको सकारगर्ने लक्ष्मीमाया प्रधाननी विरुद्ध विपक्षी : ऐ. मरुटोल बस्ने टुलकमान प्रधान समेत मुद्दा : बाली (१) बाली मुद्दाको स्वतन्त्ररुपले निर्णय गर्न मिल्ने देखिएमा–जग्गातर्फ छुट्टै उजूर गरी हक कायम गरी ल्याउनु पर्ने भन्ने तर्कसंग सहमत हुन नमिल्ने । प्रस्तुत मुद्दाको हकमा स्वतन्त्ररुपले निर्णय गर्न मिल्ने नै देखिनाले ०२३।१०।२५।३ को डिभिजन बेञ्चको उपरोक्त तर्कसंग सहमत हुन मिलेन । (प्रकरण नं. १२) (२) तत्काल प्रचलित अ.बं.१८१ नं. र हालको अ.बं.१३६ नं.तथा २००५।१२।८।२ को खड्गनिसाना तोक सदर बमोजिम २००६ साल जेष्ठ बेमितिको सनद–उपरोक्त ऐन तथा सनदले गरेको व्यवस्थाको कारण बाली मुद्दामा जग्गातर्फ हक बेहकमा छुट्टै नालेस गर्नु भनी सुनाउन नमिल्ने । उक्त हक बेहक निर्णयको लागि छुट्टै (नालेस गर्नु भनि सुनाउनु पर्ने हो कि भन्न वादी प्रतिवादीमा लेखिएको मानिस नुबझी मुद्दा नछिनिने देखिएकोमा परी राखेकै मुद्दाबाट बुझी फैसला गर्न मिल्ने तत्काल प्रचलित अ.बं.१८१ नं.र हालको अ.बं.१३९ नं.मा व्यवस्था भएकै र यस किसिमको बाली मुद्दासमेतमा जग्गा हक बेहकको निर्णय गर्नुपर्ने समेत हुन आएकोमा मुद्दा परेकै अड्डाबाट कीर्तेमा बयान गरे सरह वादीको बयान गराई लाग्ने कोर्टफीसमेत असूल गरी वादीको बयानबाट प्रतिवादीको सबूद खुलाई बयान गराई लिनुपर्ने हुन आएमा प्रतिवादीको समेत बयान गराई सबूद प्रमाण लिई फैसला गर्नुपर्ने समेत उस बखतको ०५।१२।८।२ को खड्गनिशाना तोक सदर बमोजिम ०६ साल जेष्ठ बेगतेमा भएको सनदमा प्रष्ट उल्लेख भएको देखिएको समेत हुनाले हक बेहकमा छुट्टै नालेस गर्नु भनी सुनाउन मिल्ने देखिएन । (प्रकरण नं. १३) निवेदक तर्फबाट :  विपक्षी तर्फबाट :  उल्लेखित मुद्दा :  फैसला न्या.श्री नयनबहादुर १. टुलकमान बाहेक अरु मेरो हकको जग्गा कमाउने मोही हुन । ०६ साल तकको बालीमा मुद्दा दायर भएकोले सो मुद्दाबाट इन्साफ पाउने छु । ०७ सालदेखि ०९ साल तक वर्ष ३ को बाली टुलकमानलाई बुझाई सकेको छु भन्ने मोही र बुझी लिएको छैन भन्ने टुलकमान भई दुःख दिएकोले नालेस गर्न आएको छु । अष्टमान, कृष्णबहादुर, पूर्णबहादुर, धनबहादुर, बुद्विमान, शेषकान्त समेतले कमाएको कुत धानको समेतको जम्मा रु.८३५।२३ मोहिसंग बाँकी भए मोहिबाट र टुलकमानले लिई सकेको भए निजबाट दिलाई जग्गा पजनी गर्न पाउँ भन्नेसमेत सिंहमानको वादी । २. टुलकमानलाई बुझाई भरपाई लिएको छु, भन्ने पूर्णबहादुर, बुद्विमान, शेषकान्त, अष्टमानको र वादीले दावी गरेको जग्गा मिलापत्र मध्येकै जग्गा हो, गुठीलाई विर्ता भनी झुठ्ठा उजूर गरेको हो । हामी सबै गुठियारको हक लाग्ने ०७ सालदेखि ९ साल तक निजले पाउने बाली २६३।६० म बाट बुझी भरपाई गरी दिएकोले जग्गा एकलौटी भनी झुठ्ठा नालेस गरेको हो भन्नेसमेत टुलकमान समेतको प्रतिवादी । ३. जानी बुझी मैले भरपाई गरी दिएको होइन । जालसाजी गरी भरपाई लेखी दिएमा सजाय गरिपाउँ भन्नेसमेत सिंहमानको र सद्दे साँचो भरपाईलाई जालसाजी भनेमा सजाय गरिपाउँ भन्ने टुलकमानको बयान । ४. वादीको मात्र एकलौटी गुठी जग्गा हो भन्ने कुराको सबूद प्रमाण बेगर बाली पनि दिलाउने भराउने भन्न मनासिव नपर्ने भएकोले