निर्णय नं. ५७२ - उत्प्रेषणको आदेश जारी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५७२ - उत्प्रेषणको आदेश जारी पाउँ भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०९/२६ २४५७ निर्णय नं. ५७२ ने.का.प. २०२७ डिभिजन बेञ्च का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री प्रकाशबहादुर के.सी. सम्वत् २०२४ सालको रिट नम्बर ४९६ आदेश भएको मिति : २०२५।९।२६।५ निवेदक : जि.सिराहा प्र.पीहार मौजे बलही बस्ने पञ्ची महतो कोइरीको वा. भोलाप्रसाद शर्मा विरुद्ध विपक्षी : श्री भूमिसुधार अधिकारी जिल्ला भूमिसुधार कार्यालय सिराहा समेत बिषय : उत्प्रेषणको आदेश जारी पाउँ (१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा १८ (१)–जग्गावालाले म्याद भित्रै जग्गाको लगत दाखिल गरी सकेपछि–अरुले उक्त जग्गा आफ्नो लगतमा पारी म्याद नाघे पछि लगत दाखेल गरेकोले जग्गाधनीसंग नबुझी उक्त जग्गा जफत गरेमा–प्राकृतिक न्यायको सिद्धान्त विपरित हुने । म्यादै भित्र लगत दाखिल गरी कसुर नगर्ने व्यक्तिको जग्गा म्याद नाघी लगत दाखिल गर्ने अन्य कुनै कसुरदारले कसुर गरेर कसुरै नगर्ने व्यक्तिको जग्गा आफ्नो लगतमा पारी दिएबाट निर्दोष व्यक्तिको सम्पत्ति जफत गर्ने गरेको देखियो । अधिकारीले दिएको लिखित जबाफमा पनि रिट निवेदन परेपछि जि.पं.का.सिराहा मालबाट लगत लिई बुझ्ने कारवाई चलेको देखियो । निजले जग्गा जफत गर्नु भन्दा अघिनै जो बुझी यकिन गरेर मात्रै जग्गा जफत गर्नुपर्ने प्रष्टछ र जुन मानिसका सम्पत्ति अपहरण गरियो उसलाई सफाई दिने मौकासमेत नदिई सम्पत्ति अपहरण गर्नु प्राकृतिक न्यायको सिद्धान्तको पनि विरुद्ध भएको देखिन्छ । (प्रकरण नं. ८) निवेदक तर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विपक्षी (सरकार) तर्फबाट : सरकारी अधिवक्ता श्री रतनलाल कनौडिया आदेश का.मु.प्र.न्या.श्री रत्नबहादुर र न्या. श्री प्रकाशबहादुर १. भूमिसम्बन्धी ऐन, ०२१ मेरो सिराहा जिल्लमा लागू भएपछि ऐनको दफा १३ बमोजिम दाखिल गर्नुपर्ने फाँटवारी दाखिल गर्दा मैले जि.सिरहा प्र.पिरहा मौजे भेलहा बस्ने चन्द्र नारायण महतोसंग ०२२।१।१८ मा राजीनामा रजिष्ट्रेशन पास गराई लिएको यसै निवेदनसाथ संलग्न रहेको राजीनामाको लिखतको नक्कलमा लेखिएका मौजा कि.नं समेतको २३।४।। को जग्गा र अरु मेरा हक भोग चलनका जग्गासमेत तोकिएका म्यादै भित्र तोकिए बमोजिमको फाँटवारी स्थानीय सम्बन्धित गाउँ पञ्चायतमा दाखिल गरी जग्गाको तिर्नपर्ने मालपोत तथा बचतसमेत टायम टायममा नै तिरे बुझाएको समेत आएका अद्यापि छदैछ । मेरो जग्गा मध्ये माथि उल्लेख भएका व्यक्तिबाट राजीनामा रजिष्ट्रेशन पास गरी लिएको लिखतमा लेखिएका जग्गाहरुको मौजा र कि.नं.समेत खुलाई विपक्ष भूला महतोले आफ्नो जग्गा भनी फाँटवारी दाखिल गर्नुपर्ने भनी तोकिएको म्याद नाघेपछि दाखिल गर्नु भएछ र विपक्षी अधिकारीज्यूले सो सम्बन्धमा विपक्ष भूलालाई बुझी अन्तमा मैले उपरोक्तबमोजिम चन्द्र नारायणसंग राजीनामा गरी लिएका जग्गा कि.नं.समेत खुलाई सो जग्गाको जग्गावाला विपक्ष भूला नै कायम मानी निजले म्याद नघाई फाँटवारी दाखिल गरेकाले कानूनी मान्यता लोप भएको हुँदा भूमिसम्बन्धी ऐन, २०२१ को उपदफा (१) बमोजिम जफत गर्ने र श्री ५ को सरकार लाग्ने ठहराई सो जग्गा प्रधानपञ्चको जिम्मामा कुनै किसिमको हानी नोक्सानी नहुने गरी राख्ने र सो जग्गाको रजिष्ट्रेशन पास गर्न आएमा नगर्ने नदिने भनी जि.पं.का. माल सिरहालाई जानकारी दिने भन्नेसमेतको ०२४।९।२०।५ मा निर्णय गर्नुभएको छ । विपक्ष भूला महतोले जे फाँटवारी दाखेल गरेपनि विपक्ष अधिकारीले सो दाखिल भएको फाँटवारीमा के कति व्यहोरा साँचो छ भनी भूमि