निर्णय नं. ५७३ - उत्प्रेषणको आदेश जारी पाउँ भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५७३ - उत्प्रेषणको आदेश जारी पाउँ भन्ने भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०२/२१ २४९७ निर्णय नं. ५७३ ने.का.प. २०२७ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री नयनबहादुर सम्वत् २०२४ सालको रिट नम्बर २३ आदेश भएको मिति : २०२७।२।२१।३ मा निवेदक : भु.पु.जिल्ला सिपाडोल सोचे गाउँको हाल जि.बाँके नकारकादो मौखास बाँकी गाउँ बस्ने नोहरमिन लमेनीको वा.भु.पु.जि.सिपाडोल सोचे गाउँ बस्ने ज्ञानबहादुर लामा विरुद्ध विपक्षी : भूमिसुधार अधिकारी जिल्ला भूमिसुधार कार्यालय बाँके समेत बिषय : उत्प्रेषणको आदेश जारी पाउँ भन्ने (१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५१–सम्बन्धीत व्यक्तिको अनुपस्थितिमा गरेको निर्णय गैरकानूनी र प्राकृतिक न्यायको सिद्धान्तको खिलाप हुने कारण तमसुकको साहूलाई बुझ्दै नबुझी भूमिसुधार अधिकारीले उक्त तमसुकको कानूनी मान्यता लोप गर्न नहुने । प्रस्तुत केशमा पनि भू.सु.अधिकारीले ऋण निश्चित गर्ने कारवाईको सिलसिलामा निवेदिकालाई बुझ्दै नबुझी निवदिकाको ऋणको कानूनी मान्यता लोप गरी सम्पत्ति अपहरण गरियो भन्ने निवेदन जिकिर छ । उपरोक्त दफाहरुमा लेखिए बमोजिम निवेदिकाको सम्पत्ति सम्बन्धित व्यक्तिलाई बुझ्दै नबुझी अपहरण हुन गएको देखिएकैछ । त्यस्तो सम्बन्धित व्यक्तिको अनुपस्थितिमा भएको निर्णय गैरकानूनी प्राकृतिक न्यायको सिद्धान्तको खिलाप हुँदा बदर गर्नुपर्ने देखिन्छ । (प्रकरण नं. १६) निवेदक तर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विपक्षी : भू.सु.का.बाँकेतर्फबाट सरकारी अधिवक्ता श्री रतनलाल कनौडिया उल्लेखित मुद्दा : विध्याञ्चल पटन्वार वि. भू.सु. अधिकारी नवलपरासी रि.फु.नं. १७ (फु.बे.), मुलचन्द आजाद वि.निर्वाचन अफिसर जि.न्या.बाँके, मुद्दा : उत्प्रेषणको आदेश जारी गरिपाउँ, रि.फु.नं.२६,नि.नं.४५० पृ.४ फु.बे. आदेश न्या.श्री नयनबहादुर १. विपक्षी भक्तदेवीले घर खर्च गर्न वापत्ति भनी मबाट रु.४८०। कर्जा लिई निजका हक भोगको मौजे स्यूपुरको जग्गा विगाहा ।।.।। १ को भोगबन्धकीको लिखत गरी ०२२।७।९।४ मा दिनुभएको थियो तापनि पास गरी नदिनु भएकाले फिराद परी ०२३।२।२५।३ मा पास हुने ठहरी फैसला भई ०२३।४।२४।२ मा रजिष्ट्रेशन पास समेत गराई लिएकोले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २ को (४) बमोजिमको जग्गावाला म भएको छु । म आफ्नो घर भक्तपुर आउने अवस्था उक्त लिखत पिताजी लालबहादुरका साथमा राख्न दिएको थिएँ । त्यस्तोमा भूमिसम्बन्धी ऐन, २०२१ लागू भयो । विपक्षी भक्तिदेवीले मबाट लिनु भएको ऋण कृषिसम्बन्धी नभएको हुनाले मैले ऐ को दफा ४४ बमोजिम फाँटवारी दाखेल गर्नुपर्ने कर्तव्य कानूनले निर्धारित गरिएको नहुनाले दाखेल गरिन, तापनि पिताजीले मेरो नाम देखाई आफैले लिखतपत्र र फाँटवारी विपक्षी अधिकारीज्यू समक्ष दाखेल गर्नु भएछ । विपक्षी अधिकारीज्यूले नेपालको संविधानको धारा ९ को उपधारा (२) अ.बं.३५।८२ नं र भूमिसम्बन्धी ऐन, २०२१ को दफा ४४ को उपदफा २ समेतलाई ध्यानमा राखी मात्र कानूनी कारवाई चलाउनु पर्नेमा त्यसतर्फ विचारै नगरी पेश दाखेल भएको लिखतको धनीमा मेरो नाम देखिएपछि र विपक्षी भक्तदेवी र पिताजी समेतले मलाई नै साहू बनाएपछि अ.बं.९३ र १३९ नं.हरु समेत बमोजिम मलाई बुझी सम्मिलित गराएपछि मात्र कानूनी कारवाई गरी न्यायिक निर्णय दिनुपर्नेमा सो समेत केही नगरी कृषि सम्बन्धी ऋणको मात्र फाँटवारी दाखेल गर्नुपर्नेमा लिखतका व्यहोराबाटै कृषिसम्बन्धी नदेखिएको हुँदा मैले फाँटवारी दाखेल गर्नुप