निर्णय नं. ५७४ - बकसपत्र पारित जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५७४ - बकसपत्र पारित जालसाजी भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०९/०८ ३७५३ निर्णय नं. ५७४ ने.का.प. २०२७ फुल बेञ्च न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री रङ्गनाथ उप्रेती न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री झपट सिं रावल न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान सम्वत् २०२६ सालको दे.फु.नं. ९९ फैसला भएको मिति : २०२७।९।८।३ मा निवेदक : जि.बाँके तप्पे कारकादो मौजे राझा बस्ने दशरथ कुर्मी विरुद्ध विपक्षी : ऐ.ऐ.गिजरा बस्ने गौरीशंकर कुर्मी समेत मुद्दा : बकसपत्र पारित जालसाजी (१) तथ्य बारेमा दुई बेन्चको दुई मत भए पनि रुलिङ्ग बाझिएको नदेखिने । प्रस्तुत मुद्दामा इन्साफ हुने भन्ने ०२२।१०।३।१ मा डिभिजन बेञ्चले फैसला गरेकोमा यो मुद्दा आफ्ना इजलास समक्ष पेश हुन आएपछि न्यायिक दृष्टिले हेर्नै पर्ने हुनाले फैसला गर्दा उक्त मुद्दा खारेज गर्ने भनी ठहर गरेपछि अघिल्लो फैसलाले कुनै सिद्धान्त कायम गर्न नसकी तथ्यबारेमासम्म लिखतमा लागेको ल्याप्चे बुझिनेहुँदा इन्साफ गर्नहुने भन्ने कारवाइ कै रुपमा फैसला गरी पठाएकोमा पछि भएको तहकिकातले सहिछाप नबुझिने भनी खारेज गरेकोले तथ्यबारेमा दुईमत भयोभन्दैमा रुलिङ्ग बाझिएको देखिदैन । (प्रकरण नं. १४) पुनरावेदक तर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद वर्मा विपक्षी तर्फबाट : उल्लेखित मुद्दा : फैसला न्या.श्री वाशुदेव १. सानी आमा पारा कुर्मीनीले मलाई धर्मपुत्र पाली मेरो पैतृक सम्पत्ति समेत मिलाई बसेको र सेवा टहल चाकरी गरेवापत मौजे धर्मपुर समेतको जग्गा विगाहा १०।।।२,१८।८।१५ मा शेषपछिको बकसपत्र गरी दिएको र बकसपत्र पास हुन नपाउँदै ०१८।९।८ मा सानी आमा पारा परलोक हुनुभएकोले विपक्षीहरुसंग पास गरी देउ भन्दा गरी नदिएकोले पास गराई पाउँ भन्ने फिरादपत्र । २. पाराको वादी नाता सम्बन्ध केही पर्दैन हलो जोत्ने नोकर हो, पारा मरेपछि बकसपत्र खडा गरेको हुँदा पास गरी दिनामा हामी मञ्जुर छैनौ भन्ने गौरीशंकर कुर्मी समेको प्रतिउत्तर । ३. २०१८ साल पौष ८ गते रातमा भाउजू पारा परलोक हुनुभएपछि भोलिपल्ट दिउँसो मरिसकेकी पाराको ल्याप्चे लगाई जालसाजबाट शेषपछि को बकसपत्र खडा गरेको हो भन्नेसमेत गौरीशंकरको वा.समेत काशीराम कुर्मीको बयान । ४. मैले दाखेल गरेको ०१८।८।१५ को बकसपत्र सद्दे हो भन्ने दशरथ कुर्मीको बयान र पारा जिवित छंदै ०१८।८।१५ मा दशरथलाई बकसपत्र गरी दिएको हो । बकसपत्र लेखी दिनु होस भनेबमोजिम मैले लेखी पाराले सहिछाप लगाइन र साक्षीहरुले सही गरिसकेपछि मैले लगाएको हो मरी सकेपछि बकसपत्र गराएको होईन भन्ने हरीप्रसाद र पारा मरी सकेपछि शेषपछिको बकसपत्र खडा गरेको होइन भन्नेसमेत रामआधार समेतको बयान । ५. बकसपत्रमा लागेको शिर पुछारको दायाँ वायाँ ल्याप्चे नबुझिने अप्रष्ट भन्ने विशेषज्ञले लेखी दिएकोले यस्तो सहिछापै नबुझिने कागज प्रमाण नलाग्ने हुँदा कागजजाँचको २० नं.र दण्ड स.का.५३ नं.ले खारेज हुन्छ भन्ने तत्कालिन बाँके इलाका अदालतको ०१९।११।१२ को फैसला । ६. उक्त इन्साफमा चित्त बुझेन भन्ने वादी दशरथ कुर्मीको पुनरावेदन परी इन्साफ बाँके ई.अ. को मनासिव छ भन्नेसमेत ०२०।१०।२९।२ को तत्कालिन नेपालगञ्ज जिल्ला अदालतको फैसला । ७. सो इन्साफमा चित्त बुझेन भन्ने वादीको पुनरावेदन परेको र बकसपत्रमा लागेको सहिछाप पाराकै हो भन्ने कुरामा प्रतिवादीहरुको मुख मिलेकै र मरेका मानिसको सहिछाप गराएको भन्नेसमेत मुख नमिलेको कुरा जतिमा ऐनबमोजिम किनारा गर्नुपर्ने देखिंदा ई.अ.र जि.अ.को