निर्णय नं. ५७५ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५७५ - ज्यान भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०८/१२ २६३८ निर्णय नं. ५७५ ने.का.प. २०२७ फुल बेञ्च प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री झपट सिं रावल न्यायाधीश श्री नयनबहादुर खत्री सम्वत् २०२६ सालको दे.फु.नं. ८५ फैसला भएको मिति : २०२७।८।१२।६ निवेदक : सिन्धुली जिल्ला मरिपंत्रीगा बारविसे कपिलाकोट बस्ने टेकबहादुर माझी विरुद्ध विपक्षी : ऐ. मरी डाँडी बस्ने चुडामणी उपाध्या समेत मुद्दा : ज्यान (१) तत्काल प्रचलित साहू आसामीको ८ नं.–उजुर गर्दा नाघेको म्याद थाम्ने माग नगरेमा–बक्स भएको हुकुम प्रमांगीमा बुझी ऐन सवाल बमोजिम गर्नु भन्नेसम्म उल्लेख भएमा–म्याद नाघी सकेको उक्त उजूरीबाट इन्साफमा तहकिकात गर्न नमिल्ने । तत्काल प्रचलित साहू आसामीको ८ नं. ऐनको हदम्याद भित्रको वादीको उजूरी नभएको र बक्स भएको हुकुम प्रमांगीमा बुझी ऐन सवाल बमोजिम गर्नु भन्नेसम्म भएको म्याद थामी पाउँ भन्ने माग र प्रमांगी नभएको समेत हुनाले धेरै वर्ष प्रतिवादीहरुको भोग तिरो चलिसकेको जग्गामा ऐनको हदम्याद समेत नाघिसकेको यस किसिमको उजूरीबाट इन्साफ तहकिकात गर्न कानूनले मिल्ने देखिएन । (प्रकरण नं. २०) निवेदनतर्फबाट : बैतनिक अधिवक्ता श्री कुलराज गुरु घराना विपक्षी तर्फबाट : उल्लेखित मुद्दा : फैसला न्या.श्री झपट सिं रावल १. २०।२१ वर्ष भयो हामी दाजु भाइ सगोल छँदै म विराटनगर गई हुलाकीमा भर्ना भई केही वर्ष पछि भद्रपुर गई पुलिसमा भर्ना भई बसेको, ०१८ सालमा घर आउँदा कान्छा भाइ काजीमान छुट्टी बसेको दाजु हातीराम र भाउजू समेत परलोक भइसकेका, दाजुको नबालख छोरा १ जेठा बाबु अघिनै छुट्टी सके तापनि जेठा बाबुको छोरा मरेको निजको स्वास्नी पोइल गएकी हुँदा निजहरुको नाबालक छोरा १ छोरी २ दाजुले नै ल्याई पाली राखेको मात्र घरमा भएका जग्गा समेत के के भएछ भनी कान्छा भाइलाई सोध्दा चौरी खेत गैरा बारी हरिप्रसादलाई, खोरिया खेत, र जेठा दाजुले बाँकी सकार गरी लिएको बांगे भैसे भालु खेत चुडामणी खुला खेत कुसुमका प्रावोटे बारी जगतप्रसादलाई जेठा दाजुले भोगबन्धकी दिएको, चुडामणी जगतप्रसादहरुबाट के व्यहोरासंग हो जि.कालीविरले ढाडे बारी, थापा जिमिदारले मिची परबोटे, पहेली मोटी अर्को कुसुम बारी समेत नाउँ नजानेको मानिसहरुले भोगेको छ भनेको निजहरुसंग गई लिखत हेरौ भन्दा नदेखाएको, भतिजो धनबहादुरको नाबालख छोराका पनि जग्गा बेपत्तासंग अरुहरुले खाइराखेको समेत हुँदा ठाडै बुझी बाबु बाजेको जिमिदारी दर्ता तिरानको जग्गा समेत हाम्रै सदर गरिपाउँ भन्नेसमेत टेकबहादुर माझीको निवेदनपत्रमा बुझी ऐन सवाल बमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट ०२०।१।२२।१ मा हुकुम प्रमांगी बक्स भएको । २. जि.कालविर माझीले खाएको खोरिया खेत, बाँडे खेत, भालु खेत, भैसे मारी खेत, खाला खेत, काम्राबोटे बारी कुसुम बारीसमेत दाजु हातीरामले जगतप्रसाद चुडामणीलाई २०।२१ वर्ष भोगबन्धकी दिएको रहेछ । निजहरुसंग गई सोध खोज गर्दा कागज नदेखाई मेरो जग्गा सित्तै खाने नियत गरेको हुँदा निवेदन गरेको हुँ । ४ किल्ला म खुलाउन सक्तिन । जि.हरिप्रसाद उपाधयायले भोजि खेत कर्कले खेतको बारी खाएको छ । निजबाट बन्धकी राजीनामा खुलाई बन्धकी थैली यकीन गराई बुझाई खान पाउँ । जि. कमलबहादुरले पनि दांडेबारी कित्ता दाजुले बन्धकी दिएका भनेको सुनेको निजले पनि कागज नदेखाएको बन्धकी थैली यकिन गरी थैली बुझाई खान पाउँ । जिमिदारी जग्गाहरु कालविरले नै खाएको छ । सो जिमिदारी बिषयमा म केही खुलाउन सक्तिन ।