निर्णय नं. ५७६ - जग्गाबाट मोही निष्कासन गराई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५७६ - जग्गाबाट मोही निष्कासन गराई पाउँ भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०९/०३ २५१८ निर्णय नं. ५७६ ने.का.प. २०२७ फुल बेञ्च न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री झपट सिं रावल न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान सम्वत् २०२६ सालको दे.फु.नं. ८४ फैसला भएको मिति : २०२७।९।३।६ मा निवेदक : का.प.जि.बनेपा दछु टोल बस्ने सानुकाजी कटाल विरुद्ध विपक्षी : का.प.जि.बनेपा जनागाल बस्ने तिलकबहादुर आले मगर मुद्दा : जग्गाबाट मोही निष्कासन गराई पाउँ (१) तत्काल प्रचलित भू.सं.ऐनको दफा २९–बढी बाली दावी गरेको कारण बाली बाँकी रहेको देखिएमा–बाली नबुझाएकोले मोहिबाट निष्कासन गर्न मुद्दा चलाइसकेपछि कुत बाली बुझी मोही कायम गरेको देखिएमा–जग्गाबाट मोही निष्कासन गर्ने वा नगर्ने आदेश जारी गर्न अदालतको तजविज हो भन्ने तत्काल प्रचलित भू.सं.ऐनको दफा २९ को तात्पर्य भएकोले–उपरोक्त अवस्थामा मोहीलाई निष्कासन गर्न नहुने । यसबाट वादी आफैले पाउनु पर्ने भन्दा बढी बालीमा दावी गरी कचमच उठाएको कारणले नै बाली बाँकी रहेको प्रष्ट हुन्छ । बाली भराई जग्गाबाट निष्कासन गरिपाउँ भन्ने दावी परेकोमा जग्गावालाले आफूले पाउने भन्दा बढी कुत बाली दावी गरेकोमा जग्गाबाट निष्कासन हुन नसक्ने ठहरी दे.फु.नं.७९ वादी चिनिमाया सिलवालनी प्रतिवादी धनकुमारी सिलवालनीको बाली भराई जग्गाबाट निष्कासन गरिपाउँ भन्ने मुद्दामा ०२६।६।१।१४।३ को फुल बेञ्चबाट निर्णय भइराखेको पाइन्छ । (प्रकरण नं. १०) (२) ०२३ सालको बाली बाँकीमा जग्गाबाट निष्कासन गरिपाउँ भन्ने यो मुद्दा परी सकेपछि यसै मोहिबाट ०२२ सालको कुत बाली वादीकी स्वास्नी लक्ष्मीमायाले बुझी लिई भरपाई गरी दिएकोबाट मुद्दा परिसकेपछि पनि वादीतर्फबाट प्रतिवादीलाई मोहिकायम मानेको समेत देखिन आयो । (प्रकरण नं. ११) (३) निर्धारित समयमा कुत नबुझाउने मोहीलाई जग्गाबाट निष्कासन गर्ने आदेश हुनै पर्छ भनी अदालतलाई बाध्य गराउन तत्काल प्रचलित भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९ को तात्पर्य हो भनी भन्न मिल्दैन । ऐ.ऐनको दफा २९ को अध्ययनबाट नै त्यो अदालतको तजविजको कुरा हो भन्ने प्रष्ट देखिन्छ । (प्रकरण नं. १२) (४) तसर्थउपरोक्त उल्लेख भए बमोजिम कारणहरुबाट मोही निष्कासन नहुने ठहराई ०२५।५।१४।५ को डिभिजन बेञ्चले गरेको इन्साफ मनासिवै ठर्हछ । (प्रकरण नं. १३) निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : उल्लेखित मुद्दा : चिनीमाया सिलवालनी वि.धनकुमारी सिलवालनी, मुद्दा : बाली भराई जग्गाबाट निश्कासन गरी पाउँ, दे.फु.नं.७९ (फु.बे.) फैसला न्या.श्री वाशुदेव शर्मा १. मेरो हकको माटो ।१६।६ को ५९८ को कोचसी खेत खला १ को तिरो रु.५।६० लागेको र ५९८ नं.को किल्ला भित्रको माटो ।६।१८।६ को तिरो रु.२।४३ को खला १ समेत २ खलाको तिरो दछुटोल गा.पं.मार्फत का.प. मालमा लागेको भूमिसम्बन्धी ऐन, २०२१ को परिभाषा (घ) ले म जग्गावाला हुने हुनाले सो जग्गा अघिदेखि विपक्षीले कमाई आएको भू.सं.ऐन, २०२१ दफा ३३ ले अधिया कुत लिन पाउने मा ०२२ सालमा लगाई ०२३ सालमा भित्र्याएको हुँ र ०२३ सालको धानबाली समेत अधिया नबुझाएकोले मोहिलाई जग्गाबाट निष्कासन गर्ने आदेश जारी गरिपाउँ भन्नेसमेत ०२४।२।२५।५ को वादी । २. ०२२ सालमा लगाई ०२३ सालमा पाउने गहुँ कुत विपक्षीलाई ०२३।१।१५ गते बुझाई सकेको छु । त्यति जाबो गहुँमा के भरपाई भनेकोले विस्वास परी बसेको छु । ०२३ सालको धान बाली कार्तिक ६ गते काट्न पञ्चायत समेतलाई खवर गरी अधिया ग