निर्णय नं. ५७८ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५७८ - जग्गा खिचोला भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०९/२१ २६५१ निर्णय नं. ५७८ ने.का.प. २०२७ फुल बेञ्च प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री झपट सिं रावल सम्वत् २०२६ सालको दे.फु.नं. ६३ फैसला भएको मिति : २०२७।९।२१।३ निवेदक : जिल्ला कपिलबस्तु तप्पे सिवराज मौजे बकोली बस्ने बलेश्वर वरै समेत विरुद्ध विपक्षी : ऐ. मोतिपुर बस्ने अन्जनीकुमार श्रीवास्तव मुद्दा : जग्गा खिचोला (१) रसिद गरी दिनेलाई उक्त रसिद देखाई बयान गराउन झिकाउँदा हाजिर हुन नआई गुजारी बसेमा–उक्त रसिद गरी दिएको भनी स्वीकार गरेको देखिने । निज अब्दुल रहिमानलाई उक्त रसिद देखाई बयान गराउन झिकाएकोमा हाजिर हुन नआई गुजारी बसेको देखिएबाट उक्त रसिदहरु गरी दिएमा निज अब्दुल रहिमान स्वीकार गरी बसेको देखिन्छ । (प्रकरण नं. १६) (२) भू.सं.ऐन, २०१४ को दफा ११,उक्त ऐनको (संशोधन), ०१६ को दफा २ परिभाषा खण्ड (ख) भू.संं.ऐन, २०२१ को दफा २ (क) र दफा ४–उपरोक्त कानूनी व्यवस्थानुसार कसैले सुरक्षित किसानको हक प्राप्त गरेको देखिएमा निजले भू.सं.ऐन लागू भइसकेपछि जग्गा जोताहाको अस्थायी निस्सा पाएको देखिएमा–सोउपर ऐनको म्याद भित्र उजूर नपरेमा–मोहियानी हक प्राप्त गरिसकेको जग्गामा खिचोला गर्यो भन्ने विपक्षीको जिकिर पुग्न नसक्ने । उक्त कानूनी व्यवस्था अनुसार निवेदक प्रतिवादी बलेश्वर वरैले सुरक्षित किसानको हक प्राप्त गरेको देखिन्छ र साथै भूमिसम्बन्धी ऐन लागू भइसकेपछि जग्गा जोताहाको अस्थायी निस्सा पाएको पनि देखिन आएको र सोउपर ऐनका म्याद भित्र कसैको उजूर परेको समेत नदेखिएकोले यसरी माथि लेखिएको कारण परिबन्दबाट निवेदक प्रतिवादीले मोहियानी हक प्राप्त गरी सकेको जग्गामा खिचोला गर्यो भन्ने वादीको जिकिर पुग्न सक्ने देखिएन । (प्रकरण नं. १८) निवेदन तर्फबाट : अधिवक्ता श्री सुधानाथ विपक्षी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे उल्लेखित मुद्दा : फैसला न्या.श्री वाशुदेव शर्मा १. मलाई रुपैयाँको जरुरत हुँदा अब्दुल रहिमान खाँ पठानसंग भा.रु.३००१ को हुने रु.४८०१।६० कर्जा लिई सो रुपैयाँको निचे ऐ.मौजे मोनिपुर मध्ये मेरो नाउँमा बहाल रहेको तिरो रु.१२० लाग्ने जग्गा विगाहा १९।।।।।१ भएको २ आना हिस्सा जिमिदारी मध्ये तिरो रु.९७।७० लाग्ने विगाहा ४।।२।।४ धुर थपको द्र।। हिस्सा जिमिदारी जग्गा निज अबदुल रहिमानलाई ०१।२।१९।५ का दिन भोगबन्धकीको कागज गरी रजिष्टरी समेत पास गरी दिए बमोजिमको जग्गा निज अवदुल रहिमानले भोगबन्धकीमा चलन भोग गरी आएको थियो । गत ०२२।१।२९।३ का दिन उपरोक्त भोगबन्धकीको रुपैयाँ बुझाई दिँदा भोगबन्धकीमा उल्लेखित जग्गा जमिदारी मैले आफैंले रीस गरी आएको जग्गा छाडी तपाई जग्गाधनीलाई दिई तमसुक फट्टा गरी दिएँ भन्ने तमसुकका पीठमा दरपिठ गरी तमसुक समेत फिर्ता गरी दिएको ०२२।३।१५ गते केही जग्गामा मैले धानको बिउ सारा धान समेत छरी रहेका बखत विपक्षहरु सो ठाउँमा आई यो जग्गा मैले रहेन दारु अवदुर रहिमानकै पालादेखि कमाई आएको छ । तपाईलाई जग्गा आवाद गर्न दिन्न भनी आफ्ना हल गोरु ल्याई जबरजस्तीकोसाथ सोजग्गाहरु जोताइ व्यूमाथि व्यू छरी दिएको सोबाहेक तपसीलका जग्गाहरु समेतबाट मेरो चलनहटक गरी दिएको तपसीलको नम्बर चौहद्धी भित्रको तपसील बमोजिमको जग्गा विपक्षीको खिचोला मिटाई मेरो चलन चलाई पाउँ भन्नेसमेत वादी । २. २ आना जमिदारी जग्गा वादीले उखडा ठेक्का पोटमा हामी मध्ये बलेश्वर बरैलाई कमाउन वादीबाट जग्गा लि