निर्णय नं. ५७९ - चलन चलाई लिखत बदर गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५७९ - चलन चलाई लिखत बदर गरिपाउँ भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०८/१६ ३२३४ निर्णय नं. ५७९ ने.का.प. २०२७ फुल बेञ्च प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री प्रकाशबहादुर के.सी. न्यायाधीश श्री झपट सिं रावल सम्वत् २०२६ सालको दे.फु.नं. १११ फैसला भएको मिति : २०२७।८।१६।३ निवेदक : का.जि.नक्साल बस्ने अशोक बम मल्ल विरुद्ध विपक्षी : ऐ. बस्ने पद्मादेवी उपाध्याय मुद्दा : चलन चलाई लिखत बदर गरिपाउँ (१) बण्डापत्रमा सबै अंशियारको भाग किटानी उल्लेख नगरी समुच्चै उल्लेख भएमा–अंशीयाहरुले अंश छुट्याएको भन्न नमिल्ने । झगडा परेको पिथ्या रोपनी ८।। समेत जग्गाको हकमा उक्त बण्डापत्रमा दर्ता नम्बर र पोता रोपनी अंकसम्म खुलाई समुचा लेखेको पाइन्छ । यो यो ४ किल्ला भित्रको यो कित्ताको यहाँ नेर यो यति यसको भाग भन्ने खुलाई कित्ता छुट्याई न त उक्त बण्डापत्रमा बण्डा गरिएकोछ, न त त्यसरी खुलाई बण्डा भए गरेको अन्य कुनै लिखत सबूद नै प्रमाणमा आउन सकेको छ । नक्सामा यो यो नम्बरको यो यसको भागको भनी वादीका दाजु भाइहरुले पृथक पृथक भन्ने लेखाएको हकमा जग्गाको हैसियत बढेको र मुद्दा परी सकेपछि भएको नक्सामा त्यसरी भने लेखिएको कुरालाई अंशियारहरुले अंश छुट्याएको भनी मान्न बण्डापत्रमा किटानी उल्लेख हुनुको अभावमा मिल्ने देखिदैन । (प्रकरण नं. १२) निवेदन तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी उल्लेखित मुद्दा :  फैसला न्या.श्री झपट सिं रावल १. म समेतका नाता चैतन्यराज लक्ष्मीदेवीको दाइजो विर्ता वहाँ परलोक हुँदा विपक्ष लक्ष्मण बम, कमल बम र म समेत ३ जनाको समान हक हुन आई तीन भाइका नाममा नामसारी भई ०१६।९।५ गते पास भएको बण्डापत्र साथै पेश हुँदा अवगत भई न्याय पाउने हुँदा सो पास हुँदा मेरो उमेर १६ वर्ष नपुगी नाबालख भई मेरा संरक्षक समेत भई विपक्ष दाजु कमल बमले जिम्मा लिनु भएको छ । सो बण्डापत्रमा मुमाको नामको का.नक्सालको विर्ता रोपनी ३७ को किल्ला लेखी त्यस मध्ये घर समेत रोपनी ८।। त्यसै जग्गामा बनेको घरमा यस तर्फको यो यति घर यसको भन्ने तत्काल खिचोला नभई मेरै सुरक्षित रहेबाट यस फिरादमा केही लेख्न परेन । बण्डापत्रमा प्रत्येक जग्गाको किल्ला नलेखिए तापनि घरका साथ साथको जग्गा छुट्टिएको र चलन भोग भई आएको सम्पूर्ण जग्गाको किल्ला लेखिएको हुँदा मेरो भागको घर बनेको जग्गा र घर साँधको जग्गा मेरो अंश भागमा परेको हाँडी गाउँ ४६६ नं.पोता दर्ता भएको पोता रु.१।१६ लाग्ने पूर्व कमल पोखरीबाट टंगाल जाने मुल सडक पश्चिम विपक्ष लक्ष्मण बमका भागको ८।। रोपनी जग्गा र निजैका भागको घर उत्तर बाटो दक्षिण कुमारी स्थान र मेरै घर जग्गा यति किल्ला भित्रको नक्साल पिध्या ८।। रोपनी जग्गा मेरा भागको भई म नाबालख देहरादुन स्कूलमा पढन गएको बखत मेरो धनको संरक्षक बन्नु भएका विपक्ष कमल बम लक्ष्मण बम मिलेमतो गरी लक्ष्मण बमले मेरा अंश भागको माथि लेखिएका किल्ला भित्रको जग्गा लक्ष्मण बम आसामी पद्मादेवी साहू भई ०१९।९।५ मा रु.८५००० को थैली लेखी रजिष्ट्रेशन अड्डा मार्फत राजीनामा गरेको रहेछ । म छुट्टीमा आउँदा पद्मादेवीले चलन गर्न लागेको देखी यो मेरो जग्गा म आफैं बस्ने गर्छु भन्दा यो जग्गा लक्ष्मण बमले राजीनामा पास गरी दिएको छ, कसैलाई कमाउन दिन्न भनेका र लक्ष्मण बमलाई भन्दा सकेको गर भन्ने जबाफ दिनु भएकोले मेरो हकको जग्गालाई आफ्नो हकको भनी बेचेमा र जिम्मा लिएको नाबालखको धन बिगार गर्ने