निर्णय नं. ५८० - पास गरिपाउँ भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५८० - पास गरिपाउँ भन्ने भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०८/०६ २४३९ निर्णय नं. ५८० ने.का.प. २०२८ फुल बेञ्च न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०२६ सालको दे.फु.नं. ५१ फैसला भएको मिति : २०२७।८।६।३ निवेदक : जि.स.प्र.ब. मौजे भगौती पु.बस्ने वाशुदेव महतो कोइरी विरुद्ध विपक्षी : ऐ. ऐ.वस्ने ब्रमपुर बस्ने वाशुदेव साहू कलवा मुद्दा : पास गरिपाउँ भन्ने (१) सबूदको अभावमा झुक्याई कागज गराएको भन्ने भनाई साँचो भन्न नमिल्ने । रु.१५० को कपाली तमसुक भई झुक्याई रु.४६०१ को राजीनामा गराएको हो भन्ने मिल्ने सबूद प्रतिवादीले गुर्जान नसकेकोले सबुदको अभावमा प्रतिवादीको उक्त भनाई साँचो मान्न मिल्दैन । (प्रकरण नं. १८) निवेदन तर्फबाट : वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षी तर्फबाट : अधिवक्ता मधु प्रसाध शर्मा उल्लेखित मुद्दा : फैसला न्या.श्री जयदेव भट्ट १. जि.स.प्र.अ. मौजे भक्तिपुरका जमिनको नं. २३ लालबहादुरको पूर्व निजको सो पश्चिम खोल्सीको दक्षिण ३७।३४ के ३द्र२।।। ३ नं.२९ झपसिं बेलदार सो दक्षिण निज सो पूर्व नदी सो उत्तर देवलाल सो पश्चिम २६।१२ को ।।।०।।।२ नं.३० नदी सो पश्चिम निज सो दक्षिण पूर्व देवलाल सो उत्तर ५०।२ को ५० नं. ३२ नदी सो पूर्व दक्षिण डिल सो पश्चिम उत्तर ।५६।४ के ।।१०४ नं. ३३ डिल सो उत्तर पश्चिम नदी सो दक्षिण पूर्व २०।५ के ।० समेत जम्मा कित्ता ५ के जम्मा विगाहा ४।।।४।।४ नं.रु.४६०१ लिई २०१९।१।३।७ मा राजीनामा गरी दिएको सो लिखत पास गरी दिनु हवस भन्दा पास गरी नदिएकोले पास गराई पाउँ भन्नेसमेत ०१९।९।२।५ को वासुदेव साहू कलाबारको वादी । २. वादीसंग मैले रुपैयाँ लिएको र राजीनामासमेत गरी दिएको छैन । वादीका भाइ जगतदेशसंग ०१५ सालदेखि नै लेनदेन व्यवहार गरी आएको र बाँकी रु.१५०मा कपाली तमसुक भनी भुक्याई कागज गराए छन । उक्त लिखत देख्न पाएमा सद्दे कीर्तेमा कारवाई गर्ने छु भन्नेसमेत प्र.वासुदेव कोइरीको ०१९।११।३।६ को प्रतिवादी । ३. लिखत सुनाइदा सुनी पाएको लिखत कपाली भनी वादीका मैलको साक्षीसमेत भई झुक्याई कागज गराएको भन्ने प्र.वासुदेव कोइरी ०१९।१२।७।४ को बयान । ४. रुपैयाँ पचाउनको लागि झुक्यायो भनी झुठ्ठा उजूर गरेको हो मैले लिखत बमोजिमको रुपैयाँ दिई खुसी राजीसंग राजीनामा गरी लिएको हुँ झुक्याई कागज गराएको हो होइन भन्नेसमेत वासुदेव साहू कलवारको ०१९।१२।७।४ को बयान । ५. उक्त राजीनामा झुक्याई कागज गराएको हैन प्रतिवादीको मञ्जुरीबाट वादीसंग नै रु.४६०१। बुझी लिखत गरी दिएको हो झुक्याई गराएको राजीनामा हैन छैन भन्नेसमेत तुयांनद कायष्थको ०२०।२।२।५ को बयान । ६. प्रतिवादीले रुपैयाँ बुझी लिई आफ्नो मञ्जुरी बाटै सहीछाप गरी दिएको पछि मैले पनि सहीछाप गरी दिएको हुँ, कुनै किसिमबाट झुक्याई कपाली भनी राजीनामा गराएको हैन । प्रतिवादीले नै मञ्जुरी साथ राजीनामा लेखी दिएको हुन भन्नेसमेत वासुदेव कापरको ०२०।२।३।६ को बयान । ७. प्रतिवादीले आफ्नै मञ्जुरी साथ राजीनामा गरी दिएको हो, कुनै किसिमबाट कपाली भनी झुक्याई राजीनामा लेखिएको हुन भन्नेसमेत चुल्हाई लोहारको ०२०।२।३।६ को बयान । ८. लिखत साक्षीले अन्तर साक्षीले हाम्रो सामुन्ने रुपैयाँ दिई मञ्जुरी संग राजीनामा गराएको हो भनी बयान गरेको झुक्याईतर्फ प्रतिवादीका साक्षीले बकपत्र गरेकोमा सुनेको भन्ने लेखेकोसमेत कारणबाट झुक्याई सहिछाप गरी दिएको ठहर्दैन लिखत पास हुने ठर्हछ भन्नेसमेत इलाका अदालत सर्ला