निर्णय नं. ५८१ - डाँका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५८१ - डाँका भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/०५/२६ ३०७५ निर्णय नं. ५८१ ने.का.प. २०२८ स्पेशल बेञ्च न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री लोक राज जोशी न्यायाधीश श्री राजा इश्वरी जंगबहादुर सिंह सम्वत् २०२४ सालको प्रतिवेदन नम्बर ६०० आदेश भएको मिति : २०२४।५।२६।२ निवेदक : हरिचरण राय यादवको हकमा प्रभुनारायण लाल कायष्ट विरुद्ध विपक्षी : श्री ५ को सरकार मुद्दा : डाँका (१) सरकारी मुद्दा सम्बन्धी नियमावलीको नियम ५ को उपनियम (१),(२),(४) र (५)–पुलिस कर्मचारीले आफ्नो उपस्थितिमा अपराध भएको देखि अभियुक्तलाई पक्री घटना स्थलमा अपराध भएको देख्ने व्यक्तिहरुको रोहवरमा मात्र ठाडो कागज गराउन सक्ने । पुलिस कर्मचारीले कुनै फौज्दारी मुद्दा सम्बन्धी अपराध हुन आँटेको कुरा कतै आशड्ढाले सुराक लिन गएका बखत वा अरु कुनै व्यहोराले आफ्नो उपस्थितिमा त्यस्तो अपराध भएको देखेमा तुरुन्त अभियुक्तलाई पक्री घटनास्थलमा अपराध भएको देख्ने व्यक्तिहरुका उपस्थितिमा निज अभियुक्तको ठाडो कागज गराई त्यसपछि अवस्थानुसार पब्लिक प्रोसिक्यूटर वा प्रधानपञ्च उपप्रधानपञ्चलाई खवर दिनुपर्ने व्यवस्था सरकारी मुद्दा सम्बन्धी नियम ५ को उपनियम (१),(२),(४) र (५) मा भएकाले त्यस्तो पुलिस कर्मचारीको उपस्थितिमा अपराध भएको पुलिस कर्मचारीले देखिएकोमा पक्रिएको अभियुक्तको कागज गराउँदा पनि घटनास्थलमा अपराध भएको देख्ने व्यक्तिको उपस्थितिमा अर्थात निजहरुलाई रोहवरमा राखी मात्र पुलिस कर्मचारीले अभियुक्तको ठाडो कागज गराउन सक्ने देखिन्छ । (प्रकरण नं. १२) (२) सरकारी मुद्दा सम्बन्धी ऐनको दफा ३ (४), ७ र ८ सरकारी मु.स.नियमावलीको नियम ५ (१) र ८ (४)–अभियुक्तको बयान कागज पुलिस कर्मचारीले मात्र गराउन पाउने अन्य सबूद प्रमाण संकलन गर्ने कार्य भित्र नपर्ने । अभियुक्तको कागजलाई पनि अन्य सबूद प्रमाण भित्र समावेश गरिएको छ भनी मान्नलाई सरकारी मुद्दा सम्बन्धी ऐन, दफा ७ को उपदफा ४ (क) मा थप म्यादका निमित्त पहिलोपटक अदालतमा उपस्थित गराउँदा पक्राउ भएका व्यक्तिको कागज भइसकेको हुनुपर्छ, दफा ३ को उपदफा ४ मा अन्य सबूद प्रमाण संकलन गरी त्यसको आधारमा अभियुक्तउपर मुद्दा चलाउन सबूद प्रमाण पुग्ने देखिएमा मुद्दा चलाउने र सबूद प्रमाण नपुग्ने देखिएको अभियुक्तको हकमा सोही कुरा खोली पब्लिक प्रोसिक्यूटर मार्फत अदालतमा पुलिस रिपोर्ट र हिरासतमा रहेका अभियुक्तसमेत दाखिल गर्नुपर्छ भन्ने र सबूद प्रमाण झुठ्ठा वा बनावटी देखाई पोल उजूर गर्ने गवहालाई सजाय हुने सोही ऐन दफा ८ मा लेखिएको, सरकारी मुद्दा सम्बन्धी नियमावलीको नियम ५(१) मा अभियुक्तको कागजलाई ठाडो कागज नियम ८ को (४) मा अभियुक्तको बयान कागज भनी सबूद प्रमाण र अभियुक्तको कागज छुट्टा छुट्टै शब्दमा उल्लेख भएकोले मुद्दाको कारणी अभियुक्तको बयान कागजलाई पनि पुलिस कर्मचारीले मात्र गराउन पाउने अन्य सबूद प्रमाण संकलन गर्ने कार्य भित्रको हो भनी मान्न पर्छ भन्ने बहस जिकिरसंग यो बेञ्च सहमत हुँदैन । (प्रकरण नं. १४) (३) सरकारी मुद्दा सम्बन्धी ऐनको दफा ३ र ऐ नियमावलीको नियम ४ र ७ तथा सरकारी वकिल सम्बन्धी नियमावलीको नियम २५ र नियम ४८–प्रहरी कर्मचारी र अवस्थानुसार सरकारी अभियोक्ता (पब्लिक प्रोसिक्युटर) वा गाउँ पञ्चायतका प्रधानपञ्च वा उपप्रधानपञ्चसमेत रही अभियुक्तको कागज गराएमा मात्र अधिकारप्राप्त अधिकारी समक्ष भएको कागज भनी मान्यता दिनु हुने । सरकारी मुद्दा सम्बन्धी ऐनको दफा ३ को उपदफा ३ मा अनुसूचि १ मा लेख