निर्णय नं. ८०९० - चलन समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०९० - चलन समेत भाग: ५१ साल: २०६६ महिना: असार अंक: ३ फैसला मिति :२०६६/०२/२१ ३०५३ निर्णय नं.८०९० २०६६ असार अङ्क ३ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री गौरी ढकाल संवत् २०६१ सालको दे.पु.ई.नं.– ३६ फैसला मितिः २०६६।२।२१।५ मुद्दा :- चलन समेत । निवेदक/प्रतिवादीः नारायण मानन्धरको छोरा का.म.न.पा.वार्ड नं.१९ बस्ने गोपाल मानन्धर विरुद्ध विपक्षी/प्रतिवादीः कृष्ण महर्जनको छोरा का.जि.का.म.न.पा.वार्ड नं. १८ बस्ने हरिकृष्णको मु.स.गर्ने बुद्धकृष्ण महर्जन शुरु फैसला गर्नेः मा.जि.न्या.श्री नारायणप्रसाद श्रेष्ठ पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री खिलराज रेग्मी मा.न्या.श्री गोबिन्दकुमार श्रेष्ठ § बुझिएका व्यक्तिको कानूनी हैसियत परिवर्तन भई वादीको सरह कायम हुने भन्ने मात्र आधारमा छुटै थप दावी लिन सक्ने अवस्था नहुने । (प्रकरण नं.८) § अन्तिम भएर रहेको मुद्दा यथावत् कायम रहँदासम्म त्यसैलाई आधार मानी गरिएको मुद्दाको फैसलामा अन्यथा बोल्न नमिल्ने । § विवादको प्रश्न नै निहित नरहेको मुद्दामा अ.बं. १३९ नं. बमोजिम बुझिएका व्यक्तिले त्यस्तो प्रश्न उठाएर मुद्दाको प्रारम्भिक स्वरुपलाई नै परिवर्तन गर्न नपाउने । § वादीले उठाउँदै नउठाएको विषयमा अ.बं. १३९ नं. बमोजिम प्रतिवादी सरह कायम हुन आएका व्यक्तिले लिएको दावीका आधारमा न्याय निरुपण गर्ने हो भने मुद्दामा निरुपण गर्नुपर्ने विषयगत सीमा के कति हुने भन्ने कुरा नै अनिश्चित हुन जाने । § फिरादपत्रले कोरिदिएको विषयगत सीमा रेखालाई निरर्थक तुल्याउने गरी अदालतले व्याख्या र विवेचना गर्न नमिल्ने । (प्रकरण नं.१०) निवेदक प्रतिवादीका तर्फबाटः विद्वान अधिवक्ताहरू श्री प्रेमराज सुवेदी र हरिश्चन्द्र सुवेदी विपक्षी प्रतिवादीका तर्फबाटः विद्वान अधिवक्ता श्री हरिशंकर निरौला एवं अधिवक्ता वोर्णबहादुर कार्की अवलम्वित नजीरः § ने.का.प.२०४९, नि.नं.४४९५, पृष्ठ २४६, ने.का.प.२०५९, नि.नं. ७१२९, पृष्ठ ५८२ सम्वद्ध कानूनः § मुलुकी ऐन, अ.बं. ८६ र १३९ § रजिष्ट्रेशनको ३४ नं. § न्याय प्रशासन ऐन, २०४८ को दफा १२ फैसला न्या.रामप्रसाद श्रेष्ठः न्याय प्रशासन, २०४८ को दफा १२(१)(क)(ख) का आधारमा दोहोर्‍याउने निस्सा प्रदान भै सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(घ) बमोजिम आदेश भै पूर्ण इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- वादी प्रतापराज पाण्डे समेत र प्रतिवादी प्रदीपराज पाण्डेबीच अंश मुद्दा चली अंश मुद्दा अन्तिम भै सोबाट कि.का. समेत भै उक्त मुद्दामा प्रतिवादी मेरो पति प्रदीपराज पाण्डेको भागमा पर्न आएको का.जि.का.म.न.पा. वडा नं. १८ कि.नं. १४१३ को घर जग्गा, पति प्रदीपराज पाण्डेले मिति २०५१।८।१५ गते हा.व. लिखत पास गरी दिनु भै मेरो नाउँमा हक हुन आएको उक्त घर जग्गाको कि.का. हुनअघि साविक कि.नं.१३३४ मा २०४७ सालदेखि विपक्षीलाई बस्न दिनु भएको रहेछ । सो घरमा विपक्षीले फर्निचरसमेत निर्माण गरी आउनु भएको छ । यसरी विपक्षी बस्दै आउनु भएको समेतको सो घर मेरो भएको र मेरो बसोवास गर्ने अर्को घर नभएको हुँदा मेरो उक्त घर खाली गरी दिनु होस् भनी विपक्षीलाई भन्दा विपक्षीले खाली पनि गरी नदिएको र मिति २०५१।११।९ गते घर खाली गरी दिन हुलाकद्वारा सूचना पठाउँदा पनि अटेर गरी बसी आउनु भएको छ । उक्त मेरो हक हुन आएको घरमा विपक्षीलाई उठाएर चलन चलाई पाऊँ भन्ने समेत व्