निर्णय नं. ८०९४ - विदेशी विनिमय

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०९४ - विदेशी विनिमय भाग: ५१ साल: २०६६ महिना: असार अंक: ३ फैसला मिति :२०६५/१२/०४ ६९५२ निर्णय नं.८०९४ २०६६ असार अङ्क ३ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री मीन बहादुर रायमाझी माननीय न्यायाधीश श्री कृष्ण प्रसाद उपाध्याय मुद्दा नं. ०६४-CR-०४५९ फैसला मितिः २०६५।१२।४।३। मुद्दाः विदेशी विनिमय । पुनरावेदक वादीः अर्थ मन्त्रालयको पत्रले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. ३२ बस्ने फलोरा कार्पेट प्रा.लि.बालकोट भक्तपुरका सञ्चालक, मदनप्रसाद सरावगी शुरु फैसला गर्नेः मा.जि.न्या. ओमप्रकाश मिश्र पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री हरिराम कोइराला मा.न्या. श्री जगदीश शर्मा, पौडेल § प्रतीतपत्रमा उल्लिखित विदेशी मुद्रा यु.एस.डलर बराबरको नेपाली रुपैंयाको बैंक ग्यारेन्टी जमानीसम्म बसेको अवस्थामा जमानत बस्नेले नै प्रतीतपत्रको कारोवार गरेको र सो प्रतीतपत्र अनुरूप विदेशी सामान आयात नगरेको भन्ने अर्थ गर्न मिल्ने नदेखिने । § सम्बन्धित बैंकले प्रतीतपत्रअन्तर्गतको हिसाव चुक्ता फछ्र्यौट गरिसकेको भनी पचात्रार गरी सकेको अवस्थामा धन जमानीको कागजअनुरूप प्रतिवादीको दायित्व स्वतः समाप्त भएको भन्ने देखिन आउँछ । प्रतीतपत्रअनुरूप विदेशी सामान आयात नगरेतर्फ प्रतीतपत्रमा उल्लिखित रकमको ग्यारेन्टी बसेको भन्ने आधारमा ग्यारेन्टीको हैसियतमा विदेशी विनिमय शर्तअनुरूप प्रयोग नगरेको भनी कारवाही चलाउन नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक वादी तर्फबाटः उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेल प्रत्यर्थी प्रतिवादी तर्फबाटः अधिवक्ता रमेशप्रसाद धिताल अवलम्वित नजीरः सम्बद्ध कानूनः विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा ४, उपदफा (३), (४) र १७(१) फैसला न्या.कृष्ण प्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) को आधारमा पुनरावेदन अदालत पाटनको २०६३।३।१८ को फैसलाउपर दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रुपमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्न बमोजिम छः– वाणिज्य विभागमा मिति २०५१।८।२० गते दर्ता भएको न्यू लघु इन्टरप्राईजेजका प्रो. शम्भुकुमार सापकोटाले संयुक्त अरव इमिरेट्सबाट वल वियरिङ्ग आयात गर्न नेपाल बैंक लिमिटेड काठमाडौँ अफिसमा मदनप्रसाद सरावगीको व्यक्तिगत जमानीमा १० प्रतिशत मार्जिनमा मिति २०५१।१०।२४ मा नं. ५७/१८५२ को यु.एस. डलर ९९६०७।७५ को प्रतीतपत्र खोलिएको । स्ट्यार्ण्डड चार्टर बैंक दुवईबाट अमेरिकी डलर ९०९६५.३३ र ८४३६ को डकुमेन्ट बैंकले प्राप्त गरी कूल यु.एस. डलर ९०४०१।३३ को भुक्तानी स्ट्याण्डर्ड चार्टर बैंक दुवईमा पठाएको । मिति १३।३।०९५ मा प्रतीतपत्र नं. ५७।१८५२ बमोजिम यु.एस. डलर ९०९६५।३३ को सामान कलकत्ताबाट छुटाउन न्यू लघु इन्टरप्राईजेजलाई व्यक्तिगत जमानी दिन मदनप्रसाद सरावगीले निवेदन दिएको । मिति २०५१।११।३० मा प्रतीतपत्र नं. ५७।१८५२ बमोजिम यु.एस. डलर ८४३६ को सामान कलकत्ताबाट छुटाउन बैंकमा न्यू लघु इन्टरप्राईजेजका प्रो. शम्भुकुमार सापकोटाले निवेदन दिएको । मिति २०५१।११।३० मा प्रतीतपत्र नं. ५७।१८५१ र ५७।१८५२ को डकुमेन्ट बुझ्नको लागि न्यू लघु इन्टप्राईजेजका प्रो. शम्भुकुमार सापकोटाले प्रमोदकुमारलाई अख्तियारी प्रदान गरेको । प्रतीतपत्रको रकम चुक्ता गरी डकुमेन्ट छुटाई लैजान मदनप्रसाद सरावगीलाई सम्बोधन गरी नेपाल वैंक लि. ले २०५२।४।२९ मा पत्र लेखेको । विदेशी मुद्रा अपचलन भएको भन्ने सम