निर्णय नं. ८०९५ - घर जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८०९५ - घर जग्गा खिचोला भाग: ५१ साल: २०६६ महिना: असार अंक: ३ फैसला मिति :२०६५/११/२६ ३८७८ निर्णय नं.८०९५ २०६६ असार अङ्क ३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६० सालको दे.पु.नं....८३५८ फैसला मितिः २०६५।११।२६।२ मुद्दाः घर जग्गा खिचोला । पुनरावेदक वादीः जि.वाँके जैसपुर गा.वि.स. वडा नं. ५ स्थित छोटी मस्जिद तथा ऐ.ऐ. वडा नं. १ स्थित इदगाह सञ्चालक समितिको तर्फबाट अख्तियार प्राप्त ऐ.वडा नं. ५ वस्ने लल्लन जसगढ विरुद्ध प्रत्यर्थी प्रतिवादीः जि.वाँके जैसपुर गा.वि.स.वडा नं. ६ वस्ने मन्नु राई समेत शुरु निर्णय गर्नेः मा.जि.न्या.श्री करुणानिधि शर्मा पुनरावेदन फैसला गर्नेः मा.मु.न्या.श्री हरिजंग सिजापती मा.न्या.श्री कोमलनाथ शर्मा § अचल सम्पत्तिको हक अधिकारको मुलस्रोत नै लिखत कागज भएकाले त्यस्तो लिखत प्रमाण हुँदाहुँदै सोलाई बाहेक गर्न नमिल्ने । (प्रकरण नं.४) § जुन पक्षसँग जग्गाधनी प्रमाण पूर्जा हुन्छ र त्यो अन्यथा भएको हुँदैन भने स्वामित्वको परिचायक त्यही पूर्जा नै हो । जग्गाधनी प्रमाण पूर्जा प्राप्त व्यक्तिले हक हस्तान्तरण गर्न नपाउने भन्नलाई कानूनबमोजिमका बन्देज रहनु पर्ने । (प्रकरण नं.५) § वादी प्रतिवादीसमेतले समानरुपमा धार्मिक उपासना गर्न पाउने सम्पत्तिका हकमा घर जग्गा खिचोला भन्ने प्रश्न सान्दर्भिक र औचित्यपूर्ण नहुने । (प्रकरण नं.६) पुनरावेदक वादीको तर्फबाटः विद्वान अधिवक्ताहरू श्री निरञ्जन आचार्य, अब्दुल अजीज मुसलमान र श्यामराज ढुंगेल प्रत्यर्थी/प्रतिवादीको तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री यज्ञमूर्ति वञ्जाडे अवलम्वित नजीरः सम्बद्ध कानूनः फैसला न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत नेपालगन्जले गरेको फैसलाउपर पुनरावेदन पत्र दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– वाँके जिल्ला जैसपुर गा.वि.स.वडा नं. २ कि.नं. ८७ को जग्गामध्ये दक्षिणतर्फबाट २०३१ सालमा पूर्व पश्चिम २६ मीटर, पश्चिमतर्फ उत्तर दक्षिण ३० मीटर र पूर्वतर्फ उ.द. ३८.७० मीटर जग्गामा इदगाह निर्माण तथा त्यसको संरक्षण सर्म्वद्र्धन गर्न समिति बनाई तत्कालीन अध्यक्ष हरकत अली जसगढको अध्यक्षतामा र गुलाम हजरत कवडियासमेतको अग्रसरतामा निर्माण गरी सोही वेलादेखि इदको नमाज पढी आएका थिए । यस संस्थाले बनाएको इदगाहको जग्गा समेत इस्माइल हलवाईले अब्दुल हकिम हलवाईलाई वकसपत्र गरी दिएकोमा दे.नं. १५६३ को वकसपत्र बदर र दु.फौ. नं. ४४६ को जालसाजी मुद्दा यस अदालतमा विचाराधीन छ । उक्त इदगाह यस संस्थाको नियन्त्रणमा रहेको र वनाएको कुरा वादी कालीप्रसाद कुर्मी प्रतिवादी इस्माइल हलवाई भएको जग्गा खिचोला मुद्दाको नक्साबाट पुष्टि हुन्छ । उक्त भोगचलन कव्जामा रहेको इदगाह र सोले ओगटेको विगो रु. ५०,०००। पर्ने जग्गा समेतलाई मिति २०५७।११।२३ गते प्रतिवादीहरू समेत भै कव्जा गरी हटक खिचोला गरेकोले फिराद गर्न आएको छु । खिचोला मेटाई चलन चलाईपाऊँ भन्ने समेत व्यहोराको फिराद पत्र । फिरादको प्रकरण नं. २ मा उल्लिखित दे.नं. १५६३ को वकसपत्र बदर तथा दु.फौ. ४४६ को जालसाजी मुद्दामा हामी प्रतिउत्तरपत्रवाला समेतले प्रतिवाद गरेको जिकीरसमेत प्रस्तुत मुद्दाको अभिन्न अंग मानिपाऊँ । वादीले हामी उपर दायर गरेको दे.नं. १५६३ को वकसपत्र बदर मुद्दाको दावीबमोजिम पारित बकसपत्र बदर भई विपक्षीको हक कायम नभएसम्म सोही लिखतका सम्पत्तिमा