निर्णय नं. ८०९७ - उत्प्रेषण, परमादेश समेत ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८०९७ - उत्प्रेषण, परमादेश समेत । भाग: ५१ साल: २०६६ महिना: असार अंक: ३ फैसला मिति :२०६५/११/१९ ३८९३ निर्णय नं.८०९७ २०६६ असार अङ्क ३ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला संवत् २०५९ सालको रिट नं. ––३०२८ आदेश मितिः २०६५।११।१९।२ विषय :– उत्प्रेषण, परमादेश समेत । निवेदकः जिल्ला काठमाडौँ, काठमाडौँ महानगरपालिका वडा नं ३५ स्थित बरुण वेभरेज प्रा.लि.को तर्फबाट ऐ.का अख्तियार प्राप्त सञ्चालक अनिल गोयल विरुद्ध विपक्षीः जिल्ला काठमाडौँ, काठमाडौँ महनगरपालिका वडा नं. २५, ८/३०३ न्यूरोड स्थित नेशनल मार्केटिङ्ग एण्ड सेल्स प्रा.लि. समेत § मध्यस्थको निर्णय र पुनरावेदन अदालतको फैसला बमोजिम विपक्षीलाई दिनुपर्ने रकम बुझाई सो फैसलाको अस्तित्व र त्यसको कार्यान्वयनलाई स्वीकार पनि गर्ने र मध्यस्थको निर्णय तथा पुनरावेदन अदालतको सोही निर्णयलाई चुनौती दिने गरी दायर भएको प्रस्तुत रिट निवेदन स्वतः आधारहीन देखिन आउने । (प्रकरण नं.५) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री महेश थापा विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री विदुरप्रसाद घिमिरे र श्रीप्रसाद पण्डित अवलम्वित नजीरः २०५९ सालको रि.पु.इ.नं.५३, कृषि सामग्री संस्थान वि. पुनरावेदन अदालत पाटन समेत सम्बद्ध कानूनः आदेश न्या.रामप्रसाद श्रेष्ठः तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३ र ८८(२) अन्तर्गत यस अदालतमा दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ :- निवेदक कम्पनीबाट उत्पादित पेय पदार्थहरू डिष्ट्रव्यूटर मार्फत विक्री बितरण गर्ने गराउने उद्देश्यले यस कम्पनी र विपक्षी डिष्ट्रीव्यूटरबीच १२ फेव्रअरी १९९५ मा सम्झौता भएबमोजिम उक्त कार्य गर्न सहज पार्नको लागि यस कम्पनीको स्वामित्वमा रहेका वा.अ. क २७६ नं को ट्रक टू. वा.अ.ञ. ७२३० ना.अ.ज. ७२३१ र वा.अ.७२३२ समेत ३ वटा TRAX गाडीहरू समेत सञ्चालन गर्ने गरी मिति २०५२।२।१ र २०५२।५।८ मा दुईवटा छुट्टाछुट्टै सम्झौताहरू भएका थिए । सम्झौताबमोजिम उक्त गाडीहरू यस कम्पनीका उत्पादनहरू विक्री बितरण गर्ने कार्यमा मात्रै प्रयोग गर्नुपर्नेमा अरु नै काममा प्रयोग गरी यस कम्पनीको उत्पादन उठाउन छोडी बिक्री वितरणको सम्झौता उल्लंघन गरेको कारणले १२ अप्रिल १९९६ (मिति २०५२।१२।३०) मा पत्रद्वारा विपक्षी डिष्ट्रीव्यूटरलाई अनुरोध गरेकोमा त्यसको वास्ता नगरी उल्टै यस कम्पनी विरुद्ध काल्पनिक रुपमा मिति २०५३।१।३ र २०५३।२।३२ मा दाबी गर्नुभयो । त्यसरी दाबी गरी यस कम्पनीलाई तिर्नु बुझाउनु पर्ने रकमसमेत विपक्षीले नतिरेपछि निजसँग भएको सम्झौतालाई पूर्ण रुपमा अन्त्य गरी सवै विवादलाई मध्यस्थ कहाँ लैजाने गरी मिति ८ जुलाई १९९६ (२०५३।३।२४) मा निर्णय गरिएको थियो । सोहीबमोजिम यस कम्पनी र विपक्षी डिष्ट्रीव्यूटरले मध्यस्थसमक्ष आ–आफ्ना दाबी प्रतिदावी पेश गरेकोमा विपक्षीको दावीमध्ये केही मात्र अमान्य गरी अधिकांश दाबी बमोजिमको ठूलो रकम यस कम्पनीले तिर्नुपर्ने गरी सम्झौता विपरीतका विषयहरूमा समेत प्रवेश गरी मध्यस्थता ऐन, २०३८ को दफा २१(२)(ग)(घ)(च) र (छं) समेतको त्रुटि गरी मध्यस्थले निर्णय गरेउपर पुनरावेदन अदालतमा पुनरावेदन दर्ता गरेकोमा सो अदालतबाट मध्यस्थको निर्णय सदरै कायम राखेको हुँदा सो फैसलाबाट यस कम्पनीको साम्पत्तिक हकमा आघात पर्न गएको स्थिति छ । मध्यस्थले गरेको निर्णयमा ट्रक र TRAX गाडीको सम्झौतालाई पनि १२ फेव्रअरी १९९५ को डिष्ट्रीव्यूटर