निर्णय नं. ८०९९ - जबर्जस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८०९९ - जबर्जस्ती करणी भाग: ५१ साल: २०६६ महिना: असार अंक: ३ फैसला मिति :२०६५/११/२१ ४२९० निर्णय नं.८०९९ २०६६ असार अङ्क ३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री अवधेशकुमार यादव संवत् २०६५ सालको फौ.पु.नं. ०६४–cr– ०७७१ फैसला मितिः २०६५।११।२१।४ मुद्दाः जबर्जस्ती करणी । पुनरावेदक प्रतिवादीः जिल्ला पाल्पा, तानसेन नगरपालिका वडा नं. ७ कैलाशनगर घर भै हाल कारागार शाखा रुपन्देहीमा थुनामा रहेको बाबु पौडेल क्षेत्री विरुद्ध प्रत्यर्थी वादीः नेपाल सरकार शुरु फैसला गर्नेः मा.जि.न्या.श्री हरिप्रताप के.सी. पुनरावेदनमा फैसला गर्नेः मा.न्या. श्री पुरुषोत्तम पराजुली मा.न्या. श्री हरिबाबु भट्टराई § पुनरावेदक प्रतिवादीको लिङ्गमा घाउ चोट नभएको कुरालाई प्रतिवादीको निर्दोषिताको प्रमाण मान्न नसकिने । § सवल पुरुषको उत्तेजित लिङ्गको सामान्य घर्षण वा प्रवेशबाटै बालिकाको यौनाङ्ग च्यातिनु कुनै अस्वाभाविक घटना होइन र यस्तो अवस्थामा यस अदालतले एक अवोध बालिकामाथि भएको जबर्जस्ती करणी जस्तो नृशंश एवं निर्मम अपराधमा प्रतिवादीको लिङ्गको घाउ खतका चिन्हहरूको विद्यमानता रहे नरहेको भन्ने आधारलाई कुनै सहानुभूति दर्शाइ रहनु नपर्ने । (प्रकरण नं.५) § योनीमा औंला घुसाएको भनेपनि औंला घुसाएको भनेकै आधारमा जवर्जस्ती करणीको आरोपबाट निजलाई कम सजाय हुने अवस्था नदेखिने । (प्रकरण नं.६) § मानव सभ्यताउपर नै कलङ्क लगाउने गरी एक अवोध नाबालिकाउपर जबर्जस्ती करणी जस्तो जुन अमानवीय एवम निर्लज्ज अपराध भएको छ त्यसको गम्भीरतासमेतलाई हेरी प्रतिवादीउपर सजायको निर्धारण गर्नु नै उचित हुने । (प्रकरण नं.७) प्रत्यर्थी वादीः कबहादुरको जाहेरीले नेपाल सरकार. पुनरावेदक प्रतिवादीका तर्फबाट विद्वान वैतनिक अधिवक्ता श्री अमीता दीक्षित सम्वद्ध कानूनः § मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(१) र १० फैसला न्या.रामप्रसाद श्रेष्ठः पुनरावेदन अदालत, बुटवलको मिति २०६४।६।१ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिबादीका तर्फबाट पुनरावेदन दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ :- मिति २०६२।१०।१५ गते बिहान ९ वजेको समयमा मेरी छोरी वर्ष ५ की खु कुमारीलाई घरदेखि केहीपर झाडीमा दिसा गर्न गएको अवस्थामा बाबु पौडेल क्षेत्रीले समाई जबर्जस्ती करणी गरेको हुँदा पक्राउ गरी कानूनबमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको कु बहादुरको जाहेरी दरखास्त । बुटवल नगरपालिका वडा नं १४ नयाँ गाउँस्थित पूर्व र पश्चिम तिनाउ खोलाको भाग, उत्तर सोमे रसाइलीको घर, दक्षिणमा वेलभरिया गाउँ यति चार किल्ला भित्र रहेको तिनाउ खोलाको उत्तर साइडमा स–साना सिसौका रुख भएको झाडीमा बाबु पौडेल क्षेत्रीले खुकुमारीलाई जबरजस्ती करणी गरेको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का । खकुमारीको शारीरिक परीक्षण गर्दा सुनिएको योनीको भागमा घाउ भई रगत बगेको भन्ने व्यहोराको परीक्षण प्रतिवेदन । बाबु पौडेल क्षेत्रीको शारीरिक परीक्षण गर्दा लिङ्गमा नयाँ घाउ नभएको, निजले लगाएको कपडामा रगत तथा वीर्यको दाग नपाइएको भन्ने समेत व्यहोराको परीक्षण प्रतिवेदन । जाहेरवाला बस्ने घर र म बस्ने ठाँउको बीचमा झाडी छ । मिति २०६२।१०।१५ गते बिहान उक्त झाडीमा खुकुमारी र निजको साथमा एक वच्ची थिए । विदाको दिन भएकोले मैले रक्सी खाएको थिएँ । मलाई करणी गर्न मन लाग्यो । मेरो लिङ्ग उत्तेजित भयो । खुकुमारी भएको ठाउँतिर गई न