निर्णय नं. ८१०२ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१०२ - परमादेश भाग: ५१ साल: २०६६ महिना: असार अंक: ३ फैसला मिति :२०६६/०१/२७ ३०८४ निर्णय नं.८१०२ २०६६ असार अङ्क ३ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री सुशीला कार्की संवत् २०६५ सालको रिट नं. ०२०३ आदेश मितिः २०६६।१।२७।१ मुद्दाः परमादेश । निवेदकः ललितपुर उ.म.न.पा. वडा नं. १५ सातदोबाटो घर भई दुग्ध विकास संस्थानको वरिष्ठ कम्प्यूटर अपरेटर सहायक स्तर तह ५ को नियुक्ति रद्ध गरिएको नीताकुमारी गुरुङ समेत विरुद्ध विपक्षीः अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत § अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परीक्षा रद्ध गर्नुभन्दा अगाडि परीक्षा रद्ध हुनाको परिणामस्वरुप सेवाबाट निष्काशित हुने यी निवेदकलाई कुनै किसिमको सुनुवाईको मौका प्रदान गरेको पाइँदैन । सुनुवाईको मौका प्रदान नगरी परीक्षा रद्ध गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय स्वच्छ सुनुवाईसम्बन्धी प्राकृतिक न्यायको सिद्धान्तको विपरीत हुने । (प्रकरण नं.५) निवेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा र श्री कृष्ण थापा विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद पोखरेल, विद्वान अधिवक्ता श्री रामकृष्ण निराला अवलम्वित नजीरः ने.का.प. २०६२, नि.नं. ७६०४, पृष्ठ ११९४ सम्बद्ध कानूनः आदेश न्या.कल्याण श्रेष्ठः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२।१०७(२) अन्तर्गत यस अदालतमा पर्नआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण र आदेश यस प्रकार छः- दुग्ध विकास संस्थानमा रिक्त रहेका वरिष्ठ कम्प्यूटर अपरेटर तह ५ को पद संख्या ३ खुल्ला प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्ने भनी प्रकाशित सूचनामा उल्लेख भएअनुसार हामी निवेदकले फाराम भरी अन्य प्रत्यासीहरू भन्दा अधिक अङ्क प्राप्त गरेपछि उक्त पदमा मिति २०६४।८।१२ मा नियुक्ति पत्र पाई कामकाज गरिआएका थियौं । यसै अवस्थामा प्रत्यर्थी दुग्ध विकास संस्थानको मिति २०६५।६।५ को पत्रबाट “उपरोक्त विषय श्री अख्तियार दुरुपयोग अनसन्धान आयोगको प.सं.म ४ अनु २०६५।०६६ च.नं. १९४ मिति २०६५।५।११ को पत्रबाट संस्थानको विज्ञापन नं. ९।२०६३।०६४ को वरिष्ठ कम्प्यूटर अपरेटर पाँचौ तहको परीक्षा रद्ध गरी दरखास्त दिइसकेका उम्मेदवारको पुनः लिखित प्रतियोगितात्मक र अन्तर्वार्ता परीक्षा लिने भनी लेखी आएकोले संस्थानले तपाईलाई मिति २०६४।८।१२ को पत्रानुसार वरिष्ठ कम्प्यूटर अपरेटर तह ५ को पदमा दिइएको स्थायी नियुक्ति रद्ध गरिएको व्यहोरा संस्थानको निर्णयअनुसार जानकारीका लागि निर्देशानुसार अनुरोध गर्दछु” भन्ने व्यहोरा उल्लेख गरिएको पत्र दिई नियुक्ति रद्ध गरियो । हामीहरूलाई दिएको नियुक्ति के आधारमा रद्ध गरिएको रहेछ भन्ने सम्बन्धमा खोजतलास गर्दा अख्तियार दुरुपयोग अनुुसन्धान आयोगबाट उक्त आयोगमा परेको उजूरीको आधारमा आयोगको २०६५।५।८ को वैठकबाट “दुग्ध विकास संस्थानबाट लिइएको विज्ञापन नं.९।२०६३।०६४ को वरिष्ठ कम्प्यूटर अपरेटर तह ५ (खुल्ला) तर्फको परीक्षाका उत्तरपुस्तिका परीक्षण गर्दा पेन्सिलको प्रयोग गरेको पहिला बेठीक चिन्ह लगाइएकोमा पछि त्यसलाई मेटी ठीक चिन्ह लगाएर नम्बर दिएको र एउटै वस्तुगत प्रश्नको उत्तरमा दुई ठाउँको उत्तरमा चिन्ह लगाइएको त्यस्तो उत्तरलाई गलत मानी अङ्क प्रदान नगर्नु पर्नेमा ठीक मानी अङ्क प्रदान गरिएको जस्ता अनियमित कार्यहरू गरेको पाइएकोले उक्त विज्ञापन नम्बरको परीक्षा रद्ध गरी दरखास्त दिई सकेको उम्मेदवारको पुनः लिखित प्रयोगात्मक र अन्तर्वार्