निर्णय नं. ८१०३ - करार शर्त लिखतअनुसार जग्गा फिर्ता दिलाई पाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१०३ - करार शर्त लिखतअनुसार जग्गा फिर्ता दिलाई पाऊँ भाग: ५१ साल: २०६६ महिना: असार अंक: ३ फैसला मिति :२०६५/११/१८ ४८४६ निर्णय नं. ८१०३ २०६६ असार अङ्क ३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६३ सालको दे.पु.नं. ––– ४५९ फैसला मितिः २०६५।११।१८।१ मुद्दाः करार शर्त लिखतअनुसार जग्गा फिर्ता दिलाई पाऊँ । पुनरावेदक प्रतिवादीः का. जिल्ला पोखरा उ.म.न.पा. वडा नं. १० बस्ने गंगाबहादुर गुरुङ्ग बिरुद्ध प्रत्यर्थी वादीः का.जि.का.म.न.पा. वडा नं. २९ कपुरधारा बस्ने भगवती थापा शुरु फैसला गर्नेः मा.जि.न्या. श्री डा.हरिवंश त्रिपाठी पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री अली अकवर मिकरानी मा.न्या. श्री हरिबहादुर वस्नेत § विवादका दुवै पक्षहरूका बीच एक पक्षले अर्को पक्षको दायित्व के हुने भन्ने बारेमा स्पष्ट उल्लेख गरेको र उक्त लिखत पुनरावेदकको इच्छाविरुद्ध भएको भन्ने समेत पुनरावेदकको भनाई नभएकोले यस्तो लिखतलाई करार भन्न नमिल्ने अवस्था छैन । (प्रकरण नं.३) § करारका पक्षले दायित्व पूरा गर्नुपर्ने समय र उक्त दायित्व पूरा गराई पाउन वा सोको कानूनी उपचार प्राप्त गर्न अदालत प्रवेश गरिसक्नुपर्ने समय अर्थात् हदम्यादको विषय फरक छन् । दायित्व पूरा गर्ने पक्षले दायित्व पूरा गर्नुपर्ने समय व्यतित भई दायित्व पूरा गर्नबाट ईन्कार गरेपछि मात्र उक्त दायित्व पूरा गराई पाउन मुद्दा गर्नपर्ने कारण उत्पन्न हुन्छ र अदालत प्रवेश गर्ने कानूनी हदम्याद पनि उक्त दायित्व पूरा गर्न इन्कार गरेपछि मात्र शुरु हुने । (प्रकरण नं.४) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री बाबुराम कुँवर प्रत्यर्थी वादी तर्फबाटः अवलम्वित नजीरःने.का.प.२०४४, अङ्क २, पृष्ठ १५२ र ने.का.प.२०६४, अङ्क ११, पृष्ठ १४२१ सम्बद्ध कानूनः करार ऐन, २०५६ को दफा ७१(३) फैसला न्या.कल्याण श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पर्न आएको प्रस्तुत पुनरावेदन यसै अदालतको क्षेत्राधिकारको भएकोले मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छः– विपक्षी गंगावहादुर गुरुङ्गबाट फिरादीले ३६,००,०००।– रुपैया ३ वर्ष ६ महिनाभित्र सांवा ब्याज बुझाउने गरी मिति २०५४।१२।१२ मा कागज गरीदिएको । उल्लिखित कर्जाबापतको रुपैयामध्ये फिरादीको नाउँमा दर्ता रहेको का.जि.का.म.न.पा. वडा नं. २१(ख) कि.नं. ९४१ को क्षे.फ. ०–४–०–० र ऐ. कि.नं. ९४३ को क्षे.फ. ०–४–०–० जग्गाको एकमुष्ट मोल रु.१६,००,०००।–मा विपक्षीलाई पास गरिदिएकोमा पनि उक्त मितिले १ वर्षभित्र उक्त रुपैया विपक्षीलाई चुक्ता गरी जग्गा पुनः फिरादीको नाउँमा कायम हुने भन्ने समेतको व्यहोरा जनाई विपक्षी र फिरादीले मिति २०५५।५।१७ मा दरपीठ गरेको शर्तअनुसार कि.नं. ९४३ दीपकमणि मास्केले फिरादीको मन्जूरी सल्लाहअनुसार फिरादीको छोरी मंजु थापालाई पास गरिदिएको र विपक्षीले रुपैया बुझी लिइसकेपछि पनि उक्त कि.नं. ९४१ को जग्गा फिरादीलाई फिर्ता पास गर्न इन्कार गरेकोले प्रस्तुत फिराद दायर गरेको छु । शर्त करारमा उल्लेख भएबमोजिम विपक्षी गंगाबहादुर गुरुङ्गका नाउँमा दर्ता रहेको का.जि.का.म.न.पा. वडा नं. २१(ख) कि.नं. ९४१ को क्षे.फ. ०–४–० जग्गा लिखत शर्तअनुसार फिरादीलाई फिर्ता दिलाई फिरादीका नाउंमा दा.खा. दर्ता गरी जग्गाधनी प्रमाण पूर्जा समेत दिलाई पाऊँ भन्ने व्यहोराको फिराद दावी । फिरादको प्रकरण १ को उल्लिखित कुरासम्म सत्य हो । फिराद दावी लिनु भएको २०५५।५।१७ को दिन सोही प्रकर