निर्णय नं. ८१०४ - सवारी ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१०४ - सवारी ज्यान भाग: ५१ साल: २०६६ महिना: असार अंक: ३ फैसला मिति :२०६६/०२/२१ ४१२७ निर्णय नं.८१०४ २०६६ असार अङ्क ३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अंसारी माननीय न्यायाधीश श्री रणवहादुर वम संवत् २०६३ सालको फौ.पु.नं.– २०८ फैसला मितिः २०६६।२।२१। मुद्दा : सवारी ज्यान । पुनरावेदक वादीः पदमराज वस्यालको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः रुपन्देही जिल्ला, वुटवल न.पा. वार्ड नं १० वस्ने दलबहादुर भन्ने खेमलाल पुन शुरु फैसला गर्नेः मा.जि.न्या. श्री इन्द्रमान कर्माचार्य पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री हरिवावु भट्टराई मा.न्या. श्री वमकुमार श्रेष्ठ § प्रतिवादीले खरिद गरी लिएको भनी वयान गरेको आधारबाट मात्र सवारी धनीको हैसियत कायम गर्न नमिल्ने । § प्रतिवादी चालक भएकोसम्म देखिँदा चालकबाट सवारी धनीको दायित्व व्यहोर्न लगाउन नमिल्ने । (प्रकरण नं.३) पुनरावेदक तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री युवराज सुवेदी प्रत्यर्थी तर्फबाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः § सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(१), १६१(२), १६३(४) फैसला न्या.रणबहादुर वमः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत यसै अदालतको अधिकारक्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– मिति २०६०।१।६ गते साँझ ७.५० बजेको समयमा लु२प ३४९४ नं को मोटरसाइकलमा मेरो भाई लक्ष्मण वस्याल चढी घरतर्फ आइरहेकोमा वु.न.पा. ५ लुम्विनी वैंक अगाडि सिद्घार्थ राजमार्गमा प्र.खिमलाल पुनले आवश्यक सावधानी नपुर्‍याई लापरवाहीपूर्वक लिई आएको लु १ ख ५६७ नं को टैंकरले ठक्कर दिई किच्दा घटनास्थलमै मृत्यु भएको.हुँदा कानूनबमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको पदमराज बस्यालको जाहेरी दरखास्त । वु.न.पा.६ पूर्व ग्रिनवोर्ड रेष्टुरेन्ट, पश्चिम लुम्विनी वैंक लिमिटेड, उत्तर दक्षिण सिद्घार्थ राजमार्ग यति चार किल्लाभित्र रहेको सडकको चौ. २४ फीट रहेको दक्षिण साइडबाट उत्तरतर्फ आउदा सडकको दाया किनारदेखि मृतकको टाउकोसम्म ६ फीट रहेको मृतकदेखि १६ फीट उत्तरमा लुृ २प ३४९४ नं को मोटरसाइकल रहेको मृतकको टाउकोदेखि बगेको रगत डिकको पूर्व किनारसम्म पुगेको गिटी यत्रतत्र छरिएको मृतकदेखि पश्चिम ५ फीटमा टाउकोको खप्पर रहेको टाउको फुटी गिदी यत्रतत्र छिरलिएको टाउको क्षतविक्षत भएको भन्ने घटनास्थल तथा लाश प्रकृति मुचुल्का । मिति २०६०।१।६ गते सांझ वु.न.पा. वार्ड नं ६ लुम्विनी वैंकअगाडि सडकमा गोलपार्क तर्फ जांदै गरेको लु.२प ३४९४ नं को मोटरसाइकललाई सोही दिशातर्फ जांदै गरेको लु.१.ख ५७६ नं को टैंकरले ठक्कर दिँदा मोटरसाइकल पल्टिन गै चालक लक्ष्मण बस्याल उक्त टेंकरको अगाडि दाहिने चक्कामा पर्न गै टाउकोमा किच्दा मृत्यु भएको भन्ने सडक दुर्घटना प्रतिवेदन । मिति २०६०।१।६ गते सांझ वु.न.पा. ६ लक्ष्मीनगरमा पानी ढुवानी गर्न लु.१ ख ५७६ नं को टैंकरमा पानी राखी टेंैकर हाक्दै साँझ अ. ७.५० वजेको समयमा वु.न.पा.६ लुम्विनी वैंक अगाडि सडकमा पुग्दा वायां साइडमा ४।५ वटा गाई थिए । उत्तर साइडबाट दक्षिणतर्फ कुनै सवारी नआएकोले र्मैले हांकी लिई आएको टैंकरलाई वायाँ च्यापी अगाडि बढाउँदा दक्षिण साइडबाट उत्तर साइडतर्फ जान लक्ष्मण बस्यालले तीव्र गतिमा हांकी लिई आएको लु.२प ३४९४ को मोटरसाइकलले नजिकबाट मैले हाँंकी लिई आएको टैंकरलाई ओभरटेक गर्न खोज्दा अगाडि दायाँ टायरको पछाडिको भागले हल्का रुपमा ठक्कर लाग्दा मोटरसाइकल दाया