निर्णय नं. ४९९९ - कर्तव्य ज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४९९९ - कर्तव्य ज्यान । भाग: ३६ साल: २०५१ महिना: फागुन अंक: ११ फैसला मिति :२०५१/०७/२४ २९७३ निर्णय नं. ४९९९ ने.का.प.२०५१ अङ्क ११ पूर्ण इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने सम्वत २०५१ सालको फौ.पु.इ.नं. २३,२४,२५ फैसला मितिः २०५१।७।२४।५ मुद्दाः कर्तव्य ज्यान । निवेदकः मोरङ जिल्ला शनिश्चेर गा.वि.स. वडा नं. ७ घर भै बिराटनगर कारागारमा थुनामा रहेका दिल प्रसाद लिम्बू समेत । ऐ. ऐ. घर भै बिराटनगर कारागारमा थुनामा रहेका मान बहादुर लिम्बू । ऐ.ऐ. हसनदह गा.बि.स. वडा नं. ८ घर भै कारागार शाखा काठमाण्डौमा थुनामा रहेको पृथ्बी बहादुर लिम्बू बिरुद्ध बिपक्षीः मन कुमारी राईको जाहेरीले श्री ५ को सरकार । § जहरमान वारदातको समयमा आफू झापा चन्द्रगढीमा गएको भद्रमायाले धन बहादुरलाई गरी दिएको वारेसनामामा साक्षी बसेको र उक्त बारेसनामा मा.पो.का. चन्द्रगढीमा पेश छ भनी अन्यत्र रहेको जिकिर लिएको हकमा सो वारेसनामा घर सारमा तयार हुने प्रकृतिको भएको र घरमा नै सहिछाप गरी पठाउन पनि मिल्ने नै हुंदा वारेसनामामा साक्षी बसेकै आधारमा अन्यत्र भएको पुष्टि हुने देखिएन । (प्र.नं. ४५) § जाहेरवालीको जाहेरीबाट जहमान, निजको बकपत्रबाट पृथ्वी बहादुर,पृथ्बी बहादुरको कागजबाट जहरमान भीमकुमार,दिल प्रसादको कागजबाट पृथ्वी बहादुर, जहरमान, भीमकुमार घटनाको प्रत्यक्षदर्शी जाहेरवालीको भाउजु रत्नमायाले अदादलतमा आई गरेको बकपत्रबाट दिल प्रसाद समेत बारदातमा सम्लग्नसम्म रहेको देखिन आउंछ । तर यिनीहरु मध्ये कसैले पनि मृतकलाई मार्न मुख्य भै बचन दिएको, हातहतियार प्रयोग गरेको वा मृतकको शरीरमा समात्ने काम गरेको भन्ने कतैबाट पुष्टि हुन आएको नदेखिंदा ज्यान सम्बन्धी महलको १३ (३) नं. यी प्रतिवादीहरुका सम्बन्धमा आकर्षित हुने देखिएन । निवेदक प्रतिवादीहरुको साथमा कुनै हातहतियार रहेको पनि नदेखिएको र मृतकलाई मार्न कुनै किसिमबाट संयोग पारी दिएको समेत देखिन नआएको ज्यान सम्बन्धी महलको १७(३) नं. को कसुरसम्म गरेको देखिन आएकोले निजहरुलाई जनही तिनै वर्षका दरले कैद सजाय हुने । (प्र.नं.४७)(प्र.नं. ४७) निवेदक तर्फबाटःविद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त बिद्धान अधिवक्ताद्वय श्री रामकृष्ण विष्ट तथा बिद्धान अधिवक्ता श्री अग्नी खरेल बिपक्षी तर्फवाटःबिद्धान वरिष्ठ सरकारी अधिवक्ता श्री देव शरण प्रसाद,विद्वान अधिवक्ता श्री हरि कृष्ण कार्की ,बिद्धान अधिवक्ता श्री बालकृष्ण न्यौपाने अबलम्वित नजीरः(ने.का.प.२०४३ अंक १,पृष्ठ ४६, नि.नं. २५९९ मा प्रतिपादित सिद्धान्त । ने.का.प.२०४३ अंक ८, पृष्ठ ७३४ पूर्ण इजलासवाट प्रतिपादित सिद्धान्त । फैसला न्या.उदयराज उपाध्यायः यस अदालत संयुक्त इजलासको मिति २०४६।३।५ को फैसला उपर पुनरावलोकनको निस्सा प्रदान भै यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाका संक्षिप्त व्यहोरा यस प्रकार छ । २. मिति २०४०।११।२८ गतेका दिन ४ बजे पति उत्तम राईको साथमा म माइती दाजू प्रेम राजको घरमा गएकोमा जहरमान लिम्बू, नासपाते साइला, धनेश्वर, मनमती नरेन्द्र, कृष्ण, गजेश्वर, चन्द्र लिम्बू, भवानी खरेल, पुष्प लिम्बू, विष्णु बहादुर, जन्तरे लिम्बू, बिजुले लिम्बू र नचिनेका अरु ५।६ जना समेतले लाठी खुकुरीलीई मेरो श्रीमती लाने उत्तमे राईलाई ठीक नगरी भएन भनी जहर मानले बचन