निर्णय नं. ५००२ - उत्पेषण ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५००२ - उत्पेषण । भाग: ३६ साल: २०५१ महिना: फागुन अंक: ११ फैसला मिति :२०५१/०९/१८ ३०३९ निर्णय नं. ५००२ ने.का.प.२०५१ अङ्क ११ संयुक्त इजलास सम्माननीय का.मु प्रधान न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायधीश श्री पृथ्वी बहादुर सिंह सम्बत् २०५० सालको रि.पु.ई.नं.... २५६४ आदेश मितिः २०५१।९।१८।२ बिषयः उत्पेषण । निवेदकः काठमाण्डौं जिल्ला काठमाण्डौं नगरपालिका वार्ड नं. १० वानेश्वर बस्ने बर्ष ५६ को रामकृष्ण पण्डित । विरुद्ध बिपक्षीः मालपोत कार्यालय डिल्लीबजार काठमाण्डौं । श्री ३ नं. नापी गोश्वारा जयवागेश्वरी । का.नि.का.न.पा.वार्ड न.. १० बानेश्वर बस्ने अं. बर्ष ५१ को सावित्री सिजापती क्षेत्रीनी । पुनरावेदन अदालत ललितपुर, पाटन । § निवेदकले ३ नं. नापी गोश्वाराका नापी अधिकृतले गरेको निर्णय उपर पुनरावेदन अदालत ललितपुरमा पुनरावेदन दिएको देखिन्छ । जवकी जग्गा नाप जांच ऐन, २०१९ को दफा ६(९) नापी अधिकृतले गरेको निर्णय उपर पुनरावेदन लाग्ने व्यवस्था पनि भए गरेको देखिदैन । तत्कालीन न्याय प्रशासन एन, २०३१ को दफा १३(१) मा भएको व्यवस्था हेर्दा दफा ९ मा ११ अन्तर्गत जिल्ला अदालतले र प्रचलित नेपाल कानूनमा अन्यथा व्यबस्था भएकोमा बाहेक जिल्ला वा अंचल स्तरीय अन्य कुनै निकाय वा अधिकारीले कुनै मुद्दा मामिलामा गरेको शुरु फैसला वा अन्तिम आदेश उपर अंचल अदालतमा पुनरावेदन लाग्ने व्वस्था भएको पाइन्छ । ३ नं. नापी गोश्वारा जिल्ला वा अंचल स्तरिय नीकाय हो भन्ने कंही कतैवाट देखिन आउदैन । तसर्थ जग्गा नाप जांच ऐन, २०१९ मा नापी अधिकृतले गरको निर्णय उपर पुनरावेदन लाग्ने भन्ने व्यवस्था पनि नभएको र ३ नं. नापी गोश्वारा जिल्ला वा अंचल स्तरिय निमाय भएको समेत नदेखिदा पुनरावेदन सुनी हेर्ने क्षेत्राधिकारको अभावमा पुनरावेदन खारेज हुने ठहर्‍याएको पुनरावेदन अदालत ललितपुरको फैसलामा कुनै त्रुटि देखिन नआएको हुंदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.नं. ७) निवेदक तर्फवाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी विद्वान अधिवक्ता श्री प्रकाश वस्ती बिपक्षी तर्फवाटः विद्वान अधिवक्ता श्री श्याम खरेल । अबलम्बित नजिरः आदेश का.मु.प्र.न्या. सुरेन्द्र प्रसाद सिंहः १. निवेदक रामकृष्ण पण्डितको यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. साविक रै.न.. १२३६ रसीद नं. १४४५ को जग्गा ०२२ सालको नापीमा भीमसेन गोला पंचायत वडा नं. ६ की.नं. ७ को नं. ९ को क्षे.फ. ०-४-१ वाट पीता कृष्ण बहादुर पण्डितको नाउमा नापी भै ज.ध.प्र.प्राप्त भएको मा ०४२।३।१ मा पीताज्यूको मृत्यु भै मेरो नाउंमा नामसारी दर्ता भै ज.ध.प्र.पु. प्राप्त भएको मेरो उक्त पैत्रिक पुरै कि.नं. ९ को सम्पत्ति हाल पुनः नापी आउंदा हाल नापीमा कायम कि.नं. १७ मा बिपक्षले घुसाई नापी गराएछ सो कुरा वेलैमा थाहा पाई हाल कायम की.नं. १७ वाट साविक कि.नं. ९ अनुसारको जग्गा कित्ताकाट गरी मेरो नाउंमा दर्ता कायम पाउं भनी निवेदन परेकोमा ३ नं. नापी गोश्वाराले अदालतवाट हदम्याद गुज्रेकोले भनी रामकृष्ण पण्डितले मुद्दा हारेको देखिदा र भोग समेत नभएकाले रामकृष्ण पण्डितको नाममा दर्ता गर्न मिलेन भन्ने ०४७।५।२६ मा निर्णय पर्चा गरे उपर वागमती अंचल अदालत पुनरावेदन फांटमा सोध्दा पुनरावेदन लाग्छ भनेकाले पुनरावेदन दिएपछि पछि पुनरावेदन अदालत पाटनमा मुद्दा सरी झ.झी भै अन्त्यमा ०५०।२।१२ मा नक्कल लिंदा थाहा भयो । ३ नं. नापी गोश्वाराले भन्दा वेग्लै विषय वस्तुमा प्रत