निर्णय नं. ५००४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५००४ - उत्प्रेषण भाग: ३६ साल: २०५१ महिना: फागुन अंक: ११ फैसला मिति :२०५१/११/३० २७०० निर्णय नं. ५००४ ने.का.प.२०५१ अङ्क ११ संयुक्त इजलास माननीय न्यायधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्बत् २०४७ सालको रि.नं.... ११८२ आदेश मितिः २०५१।११।३०।३ बिषयः उत्प्रेषण । निवेदकः नेपाल निजामती कर्मचारी संगठनको तर्फवाट अधिकार प्राप्त केन्द्रिय तदर्थ समितिका महासचिव मोहन बहादुर के.सी. । बिरुद्ध बिपक्षीः श्री ५ को सरकार, मन्त्रिपरिषद् श्री ५ को सरकार, मन्त्रिपरिषद सचिवालय। गृह मन्त्रालय गृह मन्त्रि योग प्रसाद उपाध्याय । जिल्ला प्रशासन कार्‍यालय, काठमाण्डौं तथाकथित नेपाल निजामती कर्मचारी संघ, डिल्लीबजार । ऐ. संघका अध्यक्ष योरगंज ध्वज कार्की, भूमि सुधार मन्त्रालय । ऐ. का उपाध्यक्ष रबी भटृराई, केन्द्रिय तथ्याकं बिभाग । ऐ. का महासचिव भानुभक्त ढकाल, श्रम मन्त्रालय तथा सामाजिक कल्याण मन्त्रालय । ऐ. का सचिव श्याम प्रसाद दाहाल, अर्थ मनत्रालय । ऐ. का सचिव विनोद उपाध्याय, राष्ट्र्रिय योजना आयेग । ऐ. का सचिव शम्भु कोइराला ,श्रम तथा सामाजिक कल्याण मन्त्रालय । ऐ. का कोषध्यक्ष जगदिश दाहाल, मन्त्रिपरिषद सचिवालय ऐ का सदस्य रविन्द्र पौडैल, केन्द्रिय तथ्याकं बिभाग “ चित्रकुमार दाहाल, सस्पेन्सन वृज डिभिजन । “ सरद उप्रेती उद्योग मन्त्रालय “ राधाकृष्ण वर्तौला वन मन्त्रालय “ राजाराम वर्तौला वाणिज्य मन्त्रालय । “ दिनेश भटृराई परराष्ट्र् मन्त्रालय शाही नेपाली दुतावास दिल्ली । “ सिता कटुवाल महालेखा नियन्त्रकको कार्‍यालय । “ प्रमोद कार्की कानून मन्त्रालय, बबरमहल । “ विश्व प्रकाश पंडित , सिंचाई बिभाग । “ रुद्र खनाल खाद्य तथा कृषि बजार सेवा विभाग । “ रामचन्द्र शाह, हुलाक सेवा बिभाग । “ टंक पन्थी संचार मन्त्रालय । “ कवीराज खनाल गृह मन्त्रालय । “ राजन ढुंगेल सत्काल बिभाग । § नेपाल निजामती कर्मचारी संगठन दर्ता भई सकेकोमा राष्ट्र्यि निर्देशन ऐन, २०१८ को दफा ३(६) को विपरीत नेपाल निजामती कर्मचारी संघ दर्ता गर्ने निर्णय तथा कारवाह त्रुटीपूर्ण हुंदा बदर गरी पाउं भन्ने मुख्य रिट निवेदन जिकिर रहेको देखियो । यसमा नेपाल निजामती कर्मचारी संगठन जिल्ला प्रशासन कार्‍यालय काठमाण्डोंमा मिति २०४७।७।१९ गतेमा दर्ता भएको देखिन्छ । सो संगठन दर्ता भई सकेपछि नेपाल निजमती कर्मचारी संघ दर्ता गर्न मिल्ने नमिल्ने के हो ? त्यस तर्फ बिचार गर्दा यस अदालत संयुक्त इजलाशवाट मिति २०५०।५।१३ मा आदेश हुंदा मन्त्रिपरिषदबाट अनुमोदन गराउने गरी दर्ता गर्न आदेश दिइएको भन्ने प्रत्यर्थी मध्येका गृह मन्त्रि समेतको लिखित जवाफमा उल्लेख भएको देखिन आएकोले सो सम्बन्धमा मन्त्रिपरिषदबाट अनुमोदन प्राप्त भएको छ छैन जवाफ पठाउनु भनी महान्यायाधिवक्ताको कार्‍यालयमा लेखी पठाएकोमा महान्यायाधीवक्ताको कार्‍यालय मार्फत प्राप्त भएको मिति २०५१।१०।१९ को जवाफमा “मन्त्रिपरिषद सचिवालयवाट अनुमोदन नभएको व्यहोरा गृह मन्त्रालयको मिति २०५१।१०।१८ को पत्रवाट लेखि आएको” भन्ने उल्लेख भएको देखिन्छ । उपरोक्त वमोजिम मन्त्रिपरिषदवाट अनुमोदन गराउने गरी नेपाल निजामती कर्मचारी संघ दर्ता गर्न आदेश दिएकोमा मन्त्रिपरिषदवाट अनुमोदन प्राप्त भएको नदेखिंदा नेपाल निजामती कर्मचारी संघलाई विधिवत दर्ता भई सकेको भन्न मिल्ने अवस्था नहुने । निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली, अधिवक्ता श्री वालकृष्ण न्यौपाने तथा अधिवक्ता