निर्णय नं. ५००५ - कर्तव्य ज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५००५ - कर्तव्य ज्यान । भाग: ३६ साल: २०५१ महिना: फागुन अंक: ११ फैसला मिति :२०५१/१०/२० २९५६ निर्णय नं. ५००५ ने.का.प. २०५१ अङ्क ११ संयुक्त इजलास माननीय न्यायधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायधीश श्री हरि प्रसाद शर्मा सम्बत् २०४९ सालको फौ.पु.नं. ५१७ फैसला मिति २०५१।१०।२०।६ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः जि.नवलपरासी त्रिवेणी सुस्ता गा.वि.स. वार्ड नं. ३ घर भै ऐ. दाउन्नेवेवी गा.वि.स. वार्ड नं. ६ मा दुकान गर्ने हाल पाल्पा जेलमा थुनामा रहेकी सुर्य कुमारी खड्का । विरुद्ध प्रत्यर्थी वादीः बिरेन्द्र कुमारी खड्काको जाहेरीले वादी श्री ५ को सरकार । सम्बत् २०५० सालको साधक १२१ वादीः बिरेन्द्र कुमारी खड्काको जाहेरीले श्री ५ को सरकार । बिरुद्ध प्रतिवादीः नवलपरासी जि.दामुन्ने देवी गा.वि.स. वार्ड नं. ६ बस्ने धनकुमारी क्षेत्रीनी । § एउटा खाटमा आफ्नो लोग्नेसंग साथै सुतेकी यस्तो अवस्थामा लोग्नेलाई तेत्रोघाउ चोट लागेको र सोही घर कोठामा कर्तव्य गरि मारेको र झुण्ड्याएको कुरा थाहा भएन भन्ने निज प्रतिवादी सुर्य कुमारीको अदालतको भनाइ प्रतितलायत एवं मिल्दो देखिदैन र प्रतिवादी सुर्य कुमारी यस घटना प्रति अनभिज्ञ छ भन्ने स्थिति समेत रहन्न । निजको अदालतको इन्कारी सांचो भन्न नमिल्ने । (प्र.नं. २१) § वारदात हुंदाका वखत अन्य ठाउंमा गएको थिए भनी बयान गर्नेले सो प्रमाणित गर्ने भार निज कै हो । (प्र.न.२२) निवेदक तर्फवाट : विद्वान वैतनिक अधिवक्ता श्री राम राज भटृराई । वादी तर्फवाटः विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री रामजी प्रसाद त्रिपाठी । अबलम्वित नजीरः फैसला न्या.त्रिलोक प्रताप राणाः पुनरावेदन अदलत वुटवलको मिति २०४९।२।१९ को फैसला उपर यस अदालतमा पुनरावेदन परेको मुद्दाको संक्षिप्त व्यहोरा र ठहर यस प्रकार छ : २. मेरो ज्वाई वर्ष २७ का नारायण बहादुर खड्का झुण्डि मरेको खवर मिति ०४४।१।१५ गते विहान ६ वजे थाहा पाई हेर्दा झुण्डि मरेको अवस्थामा देखि मृतक लाश कुरुवा राखी जाहेर गर्न आएको छु । कानून वमोजिम गरि पाउं भन्ने दल वहादुर क्षेत्रीले जिल्ला प्रहरी कार्यालय नवलपरासीमा मिति २०४४।१।१५ गते दिएको जाहेरी दरखास्त । ३. जि.न.प. दाउन्नेवेवी गा.वि.स.वार्ड नं. ६ मा त्रिवेणि तर्फ जाने मुलवाटो देखि पुर्व वेदलासिंह सारुको जग्गा देखि पश्चिम टहरावाटो देखि दक्षिण लाल बहादुर गुरुंगको घर देखि उत्तर यती चार किल्ला भित्र जग्गामा वनेको पश्चिम मोहडा भएको कच्चीघर उक्त घरको वीच भागमा डाटाको वार लगाई विचमा २।। हाल खाली २।। हात लम्वाई १० चौडाई भएको माटोको गारो लगाएको सो गारो देखि ६ फरकमा उक्त घरमा दुरी वलीमा पटुवाको डोरी (रसी) वांधी नारायण बहादुर खड्का झुण्डि मरेको मृतक अवस्थाको लाश देखिएको उक्त लाश निकाली कपडा खोली हेर्दा लिंगवाट केही ननिस्केको दाहिने अण्डकोष (सुन्नी) लछारीई सुनिएको र रातो कालो डाम देखिएको वायां अण्डकोषको छाला फूटी रगत निस्कीई सो रगत वायां खुटृाको तिघ्रा समेता चुहिएको उक्त अण्डकोष सुचिएर रातो डाम देखिएको गुद्वारवाट केही ननिस्केको भन्ने समेत व्यहोराको मिति २०४४।१।१५ मा भएको घटना तथा लाशको प्रकृति मुचुल्का । ४. नारायण बहादुर खड्कालाई कर्तव्य गरि मारी झुड्याएको हो भन्ने त्रिचन्द्र अस्पताल परासीवाट प्राप्त मिति २०४४।१।१६ को लाश जांच प्रतिवेदन । ५. मिति ०४४।१।१४ गते छोरा नारायण बहादुर क्षेत्री मेरो घरमा गई आफ्नी वहिनी मिना कुमारीसंग भेट भई आज विहान ससुरा र श्रीमती झगडा भयो भनेको घटन