निर्णय नं. ५००६ - बन्दीप्रत्यक्षीकरण ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५००६ - बन्दीप्रत्यक्षीकरण । भाग: ३६ साल: २०५१ महिना: फागुन अंक: ११ फैसला मिति :२०५१/१०/०२ २८१६ निर्णय नं.५००६ ने.का.प. २०५१ अङ्क ११ संयुक्त इजलास माननीय न्यायधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायधीश श्री हरि प्रसाद शर्मा सम्वत् २०५० सालको फै.पु.नं. ६१८ फैसला मितिः २०५१।१०।२।२ विषयः बन्दीप्रत्यक्षीकरण । निवेदकः जिल्ला मकवानपुर हे.न.पा.वार्ड नं.२ घर भै हाल विशेष प्रहरी विभागको हिरासतमा बन्दी बनाइएको केदार प्रसाद न्यौपानेका हकमा निजको एकाघर सगोलकी धर्मपत्नी ओम कुमारी न्यौपाने । विरुद्ध बिपक्षीः श्री ५ को सरकार बिशेष प्रहरी विभाग डोर शाखा सिंहदरदरवार मुकाम हेटौंडा । श्री ५ को सरकार विशेष प्रहरी विभाग १४ नं. शाखा सिंहदरवार काठमाण्डौं । § एक सदस्यीय वन संरक्षण विशेष अदालतमा निवेदिकाको पति केदार प्रसाद न्यौपाने उपर चलेको काठ चोरी सम्बन्धी मुद्दाको कसुर र विशेष प्रहरी विभागबाट अनुसन्धान भई निज केदार प्रसाद न्यौपानेले भरौटी दिन नसकेको कारणवाट थुनामा रहेको मुद्दाको कसुर एकै हो भन्ने फाइल संलग्न रहेको कागतवाट देखिन्न । भ्रष्टाचार सम्बन्धी मुद्दा विपक्षी विशेष प्रहरी विभागले अनुसन्धन गर्न पाउने कानूनीले अधिकार दिएको छैन भन्ने निवेदकको भनाई छैन। भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १९(२) परिच्छेद २ अन्तर्गतको सजाय हुने कुराको सम्वन्धमा धरौटी माग्ने र धरौटी दिन नसके थुन्ने वारे अदालतलाई भए सरहको अधिकार विशेष प्रहरी अधिकृतलाई कानूनले अधिकार दिएको र धरौटी दिन नसकेको कारणवाट निवेदीकाको पति थुनामा रहेको देखिदा गैर कानूनी थुना भन्न नमिल्ने । (प्र.नं.८) निवेदक तर्फवाट : बिपक्षी तर्फवाट : अबलम्वित नजीर : फैसला मा.न्या.त्रिलोक प्रताप राणाः पुनरावेदन अदालत हेटौडाको मिति २०५०।१।१७ को फैसला उपर यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ : २. केदार प्रसाद न्यौपाने मिति ०४९।१२।१ गतेका दिन मकवानपुर जिल्ला एक सदस्यीय वन संरक्षण विशेष अदालतमा हाडी खोला गा.वि.स अन्तर्गत वार्ड न्ं. १ देखि ९ सम्मको लकडी चोरी मुद्दामा तारेख लिन उक्त विशेष अदालतमा गै रहेको वखत अदालत भित्रै विशेष प्रहरी विभाग हेटौडा डोर शाखाले हाडी खोला गा.वि.स वार्ड नं. १ देखि ९ सम्मको सरकारी वन जंगलको रुखहरु गैर कानूनी किसिमले काटी आफूले समेत गैर कानूनी फाइदा र श्री ५ को सरकारलाई गैर कानूनी हानी पुर्याइ भ्रष्टाचार पुर्ण कसुर गरेको भन्ने अधियोगको अनुसन्धान कार्यको सिलसिलामा तपाईलाई प्रहरी हिरासतमा राखिएको भनी अ.वं.१२१ नं. वमोजिम थुनुवा पुर्जि मिति ०४९।१२।१ मा पहिलो पटक दिइएको रहेछ । पुनः ०४९।१२।२ मा वनका राष्ट्र् सेवक तथा विभिन्न व्यक्तिहरुसंग मिलोमतो गरि कुत्रिम कागज तैयार गरि गर्न लगाई हाडिखोला गा.वि.स. वडा नं. १ ९ सम्मको सरकारी वन जंगलका रुखहरु गैर कानूनी तरिकाले काटी काट्न लगाई आफू समेतलाई गैर कानूनी फाइदा र श्री ५ को सरकारलाई गैर कानूनी हानी नोक्सानी पुर्याई भ्र.नि.एने, २०१७ को परिच्छेद २ अन्तर्गतको कसुर गरेको भन्ने अधियोगको अनुसन्धान कारवाहीको सिलसिलामा आजैका निर्णय पर्चा अनुसार तपाइलाई हिरासतमा राखिएको भनी थुनुवा पुर्जि दिइएको रहेछ । उक्त वडा नं. १।९ सम्म लकडी चोरी मुद्दा मकवानपुर जिल्ला एक सदस्यीय वन संरक्षण विशेष अदालतमा वादी श्री ५ को सरकार प्रतिवादी वन्दी केदार प्रसाद समेत भएको मुद्दा चली रु. ६११०८।४० जेथा जमानी दिनई तारेखमा वसेको र मुद्दा चलि रहेको छ । सोही लकडी सोही स