निर्णय नं. ४८०६ - बन्दी प्रत्यक्षीकरण लगायत अन्य उपयुक्त जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४८०६ - बन्दी प्रत्यक्षीकरण लगायत अन्य उपयुक्त जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ भाग: ३५ साल: २०५० महिना: माघ अंक: १० फैसला मिति :२०५०/०९/०५ २८९७ निर्णय नं. –४८०६ ने.का.प. २०५० (ग) अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ सम्वत् २०५० सालको रिट नं. – २६०५ आदेश मिति :– २०५०/९/५/२ निवेदक : काभ्रेपलाञ्चोक जिल्ला मंगलटार गा.वि.स. वडा नं. ९ बस्ने चन्द्रकुमारी राइनीको काखमा रहेको ४ वर्षिय बच्चा छिरिङ्ग तामाङ्ग समेतको हकमा पञ्च तामाङ्ग लामा विरुद्ध विपक्षी : का.जि.का.न.पा. वडा नं. १२ टेकु बस्ने भाईराजा भन्ने भु.पु. कर्णेल जनार्द विक्रम राणा समेत । विषय :– बन्दी प्रत्यक्षीकरण लगायत अन्य उपयुक्त जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ । (१) निवेदकलाई कसरी कहा“ थुनामा राखिएको छ भन्ने किटान जिकिरको अभावमा अपहरण गरी कहि“कतै थुनामा रहे भएको नदेखिएको व्यहोरा विपक्षीहरुको लिखित जवाफ एवं पत्रबाट समेत देखिँदा थुनामा राखेको भन्ने आशंकाको आधारमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने । (प्र.नं. १७) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री जयनारायण हुज्जेदार विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु प्रसाद पोखरेल आदेश न्या. मोहन प्रसाद शर्मा १. नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३/८८ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. पत्नी चन्द्र कुमारी राईनी, छोराहरु नेमा तामाङ्ग, छिरिङ्ग तामाङ्ग छोरी पेमा डोल्मा तामाङ्ग समेतको हाम्रो परिवार मासिक रु. ४००/– चारसयका दरमा विपक्षी भु.पु. कर्णेलको घरमा डेरा गरी बसी आएका थियौं । अचानक २०५०/१/२४ गतेका दिन बेलुकी सात बजेको समयमा हामी पति पत्नी बीच घरायसी कामकाजको कारणले झगडा हुँदा विपक्षीले मेरो पत्नीलाई उक्साई झगडाको निहुँ बढाई दिएकोले पारिवारिक मामलामा हस्तक्षेप नगर्नुहोस् भनी भन्दा सोही रिस इविबाट झगडा भएको दिन राती १० बजे देखि मेरी पत्नी चन्द्र कुमारी र चार वर्षे नाबालक छोरा छिरिङ्ग तामाङ्गलाई अपहरण गरेकोले मेरो छोरा, श्रीमती कहाँ छन् भनी सोध्दा कोठामा रहेको मेरो सामानहरु समेत बाहिर निकाली मलाई समेत भु.पु. कर्णेलको आदेशानुसार निज विपक्षीका छोरा उत्तम राणा र सोही घरमा काम गर्ने २ जना केटाहरु समेत लागि कुटपिट गरी मलाई कोठाबाट निकाली दिए । ३. पत्नी चन्द्र कुमारी र नाबालक छोरा छिरिङ्ग तामाङ्ग अपहृत दिन देखि खोज तलास गर्दा आजसम्म फेला नपरेकाले खोजतलास गरी जिम्मा लगाई पाउँ साथै ज्यू ज्यानको सुरक्षा पाउँ भनी पटक पटक काठामडौं जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकोमा उक्त कार्यालयको तोक आदेश बमोजिम सो निवेदन काठमाडौं जिल्ला प्रहरी कार्यालय हनुमानढोकाबाट तोक आदेश भै सम्बन्धित वडा प्रहरी कार्यालय कालिमाटीमा निवेदन पुगेपछि पनि भु.पु. कर्णेलको प्रभावमा परी उक्त वडा प्रहरी कार्यालयबाट कुनै पनि कारवाही गरिएन । उल्टै मलाई कुटपिट गरी प्रहरी बोलाई थुनामा राखी २०५०/३/९ गतेका दिन विहान ११ बजे थुनाबाट छोडेका थिए । ४. पत्नी चन्द्र कुमारी र नाबालक छोरा मेरो जिम्मा आए पछि वेरितसँग थुन्दाको दफा २, ३ र ७ बमोजिम छुट्टै कानूनी कारवाही गर्नेछु । ५. अतः उल्लेखित ऐन कानूनका अतिरिक्त नेपाल अधिराज्यको संविधान २०४७ को धारा ११(१), १२, ६१(२)(घ)(ङ), धारा १४(४)(५) र (६) र धारा १७(१) र नागरिक अधिकार ऐन, २०१२ को दफा ६ समेतद्वारा प्रदत्त मौलिक हक