निर्णय नं. ८१०५ - नामसारी निर्णय बदर दर्ता बदर अपुताली हक कायम ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१०५ - नामसारी निर्णय बदर दर्ता बदर अपुताली हक कायम । भाग: ५१ साल: २०६६ महिना: असार अंक: ३ फैसला मिति :२०६६/०२/११ ६१९० निर्णय नं.८१०५ २०६६ असार अङ्क ३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला संवत् २०६० सालको दे.पु.नं.– ९४३९ फैसला मितिः २०६६।२।११।२ मुद्दा :– नामसारी निर्णय बदर दर्ता बदर अपुताली हक कायम । पुनरावेदक वादीः बारा जिल्ला धर्मनगर गा.वि.स. वडा नं.४ बस्ने स्व. बैजनाथ राउत अहिरको छोरा रामअधारप्रसाद यादव समेत विरुद्ध प्रत्यर्थी वादीः ऐ..ऐ.बस्ने ऐ.को छोरा रामअयोध्यायप्रसाद अहिर समेत शुरु फैसला गर्नेः मा.जि.न्या श्री सहदेवप्रसाद बास्तोला पुनरावेदन फैसला गर्नेः मा न्या श्री कल्याण श्रेष्ठ मा.न्या श्री खेमराज शर्मा § कानूनबमोजिम हुनै नसक्ने तथ्य र ब्यहोरा ढाँटेर वा झूठ्ठा व्यहोरा उल्लेख गरेर अर्काको हकको जग्गा आफ्नो भनी वा अर्काको हकमा जानु पर्ने घर जग्गा सम्पत्ति आफ्नो हकमा आउनु पर्ने भनी जुन सुकै व्यहोराले गरे गराएको दर्ता वा नामसारी दूषित हुन्छ । त्यसउपर असली हकवालाले कानूनको हदम्यादभित्र उजूर नगरेबाटै दूषित दर्ताले वैधता प्राप्त गर्न नसक्ने । (प्रकरण नं.६) § दूषित क्रियाबाट भएको दर्ता समेतको कार्य प्रारम्भदेखि नै बदर भागी खयष्म बद ष्लष्तय हुने भएकाले त्यसलाई उजूर गरी बदर गराई रहनु पर्दैन । स्वयम्मा गैरकानूनी, प्रभावहीन र अमान्य हुन्छ । त्यस्तो दूषित दर्तालाई विवाद उठेमा अदालतले जहिलेसुकै पनि बदर गराउन सक्ने । (प्रकरण नं.९) पुनरावेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, विद्वान अधिवक्ताहरू शम्भु थापा, इन्द्र खरेल, सुरेन्द्रकुमार महतो, श्यामकृष्ण कसजू प्रत्यर्थी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कमलनारायण दास र विद्वान अधिवक्ता श्री सतिशकुमार झा अवलम्वित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन अपुतालीको १, २० नं. § जग्गा पजनीको २(क) § दण्ड सजायको ४४ नं. फैसला न्या.ताहिर अली अन्सारीः पुनरावेदन अदालत, हेटौडाको फैसलाउपर मुद्दा दोहोर्‍याई पाऊँ भनी पर्न आएको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को आधारमा दोहोर्‍याउने निस्सा प्रदान भई पुनरावेदनको रुपमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– मूल पुर्खा स्व.गुजु राउतको २ जना छोराहरूमा जेठा स्व.प्रयाग राउत अहिर, कान्छो स्व.पराउ राउत अहिर, स्व.प्रयाग राउतको १ मात्र छोरा मथुरा राउत तथा नाम सम्झना नरहेको एक जना छोरी हुनुहुन्थ्यो । छोरीको विवाह रामबृक्ष राउतसँग भएको थियो । मथुरा राउतको २ श्रीमती जेठी सटही अहिरनी, कान्छी धनमती अहिरनी भएकोमा निजहरूको दाम्पत्य जीवनबाट कुनै सन्तानको जायजन्म भएको छैन । स्व.पराउ राउत अहिरको १ मात्र छोरा हामी फिरादीहरूका पिता स्व.बैजनाथ राउत अहिर हुनुहुन्थ्यो । पिता बैजनाथको तीन छोराहरूमा हामी फिरादी हौँ । गुजु राउत, प्रयाग राउत, मथुरा राउत, मथुराकी जेठी पत्नी सटही अहिरनी पराउ राउत, परमेश्वर राउत, तथा बैजनाथ राउत अहिरको कालगतिले अघि–पछि मृत्यु भैसकेको छ । हामी एउटै पुर्खाको सन्तान भई हाम्रो ठुलो हजुरबुवा स्व.मथुरा राउतकी कान्छी पत्नी धनमती अहिरनी बृद्घ भई शरीर अस्वस्थ्य हुँदै गएको तथा निजहरूको कुनै सन्तानसमेत नभएकोले निजको सेवा टहल औषधिउपचार हामी फिरादीहरूले गरी आउँदा आफ्नै कालगतिले निजको मिति २०५४।९।१५ गते मृत्यु भएकोले काजकिरिया श्राद्