निर्णय नं. ८१०६ - उत्प्रेषणयुक्त परमादेश समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१०६ - उत्प्रेषणयुक्त परमादेश समेत भाग: ५१ साल: २०६६ महिना: असार अंक: ३ फैसला मिति :२०६५/१२/०९ ३०८१ निर्णय नं.८१०६ २०६६ असार अङ्क ३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री अवधेशकुमार यादव संवत् २०६३ सालको रिट नं.– ००७१ आदेश मितिः २०६५।१२।९।१ बिषय :– उत्प्रेषणयुक्त परमादेश समेत । निवेदकः धनुषा जिल्ला सोनिगामा गा.वि.स. ८ घर भई हाल जनकपुर चुरोट कारखाना लिमिटेड केन्द्रीय कार्यालयको (अप्राविधिक) पाँचौ तह वरिष्ठ सहायक पदमा कार्यरत श्रीमती कमलारानी यादव बिरुद्ध विपक्षीः जनकपुर चुरोट कारखाना लिमिटेड केन्द्रीय कार्यालय, जनकपुरधाम समेत § कानूनमा नै स्पष्ट व्यवस्था भएकोमा आफू अनुकूल व्याख्या गरी कानूनको प्रावधानलाई निस्तेज गर्न मिल्दैन । कानून व्याख्याको नियमले पनि त्यस्तो गर्न मिल्ने होइन । (प्रकरण नं.४) § का.स.मु. को अङ्क सम्बन्धित कर्मचारीको कार्यसम्पादन, कार्यक्षमता आदिको आधारमा तोकिएको अधिकारी वा समितिले आफ्नो स्वविवेकको आधार दिने अङ्क भएकोले त्यस्तो अङ्क कुन कर्मचारीले कति पायो ? त्यस्तो अङ्क उचित वा अनुचित के छ ? भनी तथ्यभित्र प्रवेश गरी रिटक्षेत्रबाट हेर्न नमिल्ने । (प्रकरण नं.५) निवेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री नरेन्द्रप्रसाद पाठक र जगन्नाथ महतो विपक्षी तर्फबाटः विद्वान अधिवक्ताद्वय शम्भु थापा र थीरबहादुर कार्की अवलम्वित नजीरःने.का.प. २०६०, अङ्क ३, ४, पृष्ठ ३३५ सम्बद्ध कानूनः § जनकपुर चुरोट कारखाना लिमिटेड कर्मचारी सेवा शर्तसम्बन्धी नियमावली, २०५६ को नियम ३१(१) आदेश न्या.ताहिर अली अन्सारीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) बमोजिम यस अदालतसमक्ष परेको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ:– जनकपुर चुरोट कारखानाको वरिष्ठ सहायक पाँचौ तहको अप्राविधिक पदमा म मिति २०४८।५।३० देखि कार्यरत रहिआएकोमा अधिकृत छैठौं तहमा कार्यक्षमताद्वारा हुने बढुवाको लागि पदपूर्ति समितिबाट मिति २०६१।१०।५ मा प्रकाशित सूचनाबमोजिम मैले फाराम भरी पेश गरेको थिएँ । विपक्षी पदपूर्ति समितिको मिति २०६२।११।१३ मा बसेको वैठक नं. ४८० बाट वढुवाको लागि सम्भाव्य उम्मेद्वारहरूलाई सिफारिश गरेबमोजिम कारखानाबाट मिति २०६२।११।२१ मा प्रकाशित सूचनामा मेरो नाम बढुवाको सूचीमा नपरी मभन्दा कम अङ्क पाउने कनिष्ठ व्यक्तिहरूको नाम सिफारिश भएको थियो । सो निर्णयमा चित्त नबुझेकोले सञ्चालक समिति समक्ष उजूरी गरेकोमा सो उजूरी आधारहीन देखिएको भनी खारेज भयो । जनकपुर चुरोट कारखाना लिमिटेड कर्मचारी सेवा शर्त नियमावली, २०५६ को नियम ३८ मा वढुवाको लागि सम्भाव्य उम्मेद्वारहरू मध्येबाट कार्यसम्पादन मूल्याङ्कन, शैक्षिक योग्यता र जेष्ठताबापत प्राप्त गरेको अङ्कको आधारमा बढी अङ्क प्राप्त गर्ने कर्मचारीलाई योग्यता र क्रमअनुसार पदपूर्ति समितिले वढुवाको लागि सिफारिश गर्नेछ भन्ने कानूनी व्यवस्थाबमोजिम मैले जेष्ठताबापत २४, शैक्षिक योग्यताबापत न्यूनतम् शैक्षिक योग्यताभन्दा एक तह मुनीको एस. एल. सी. को द्वितीय श्रेणीको ४ अङ्क, न्यूनतम शैक्षिक योग्यताबापत आइ. ए. द्धितीय श्रेणीको ९ अङ्क र न्यूनतम् शैक्षिक योग्यताभन्दा माथिको वि.ए. को उपाधिबापत तृतीय श्रेणीको ३ अङ्क गरी जम्मा १६ अङ्क पाउनु पर्ने भएकोले का.स.मू. बाहेकको जम्मा अङ्क ४० हुने हुँदा सो अङ्क विपक्षीहरूको भन्दा मेरो बढी छ । यसरी का.स.मू. वाहेकको मेरो अङ्क बढी भएको अबस्थामा का.स.मू. मा विपक