निर्णय नं. ५००७ - बन्दीप्रत्यक्षीकरण ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५००७ - बन्दीप्रत्यक्षीकरण । भाग: ३६ साल: २०५१ महिना: फागुन अंक: ११ फैसला मिति :२०५१/०९/११ ३५७६ निर्णयः ५००७ ने.का.प. २०५१ अङ्क ११ संयुक्त इजलास माननीय न्यायधीश श्री रुद्र बहादुर सिंह माननीय न्यायधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०५० सालको रिट न.. २७७८ आदेश मितिः २०५१।९।११।२ विषयः बन्दीप्रत्यक्षीकरण । निवेदकः हाल काठमाण्डौं जिल्ला प्रहरी कार्यालय, हनुमानढोकामा गैर कानूनी तवरले थुनामा राखिएकी का.जि.का.न.पा.पानीपोखरी वालुवाटार बस्ने तीलु घलेको हकमा निजकी आमा चिज कुमारी घले विरुद्ध बिपक्षीः जिल्ला प्रहरी कार्यालय हनुमान ढोका काठमाण्डौ. § न्यायिक जांचवुझको सिलसिलामा तिलु घलेसगै प्रहरीमा विभिन्न स्थलको हिरासतमा रहदा मिति २०५०।६।६ गते देखि नै पक्राउ गरी प्रहरीले हिरासतमा राखेको भनी कागज गरी दिने कान्छा जाख्वा सागर तामाङ लक्ष्मी कपाली लगायतका व्यक्तिले गरि दिएको कागज काठमाण्डौ. जिल्ला अदालतको श्रेस्तेदारबाट भएको न्यायीक जांचवुझको प्रतिवेदन समेत वाट तिलु घलेलाई मिति २०५०।६।६ देखि नै पक्राउ गरी प्रहरीले विभिन्न ठाउमा चलन गर्दै हिरासतमा राखेको भन्ने पुष्टी हुन आयो । प्रहरी उपरिक्षक रेवत बहादुर थापाले यस अदालतका संयुक्त इजलास समक्ष २०५०।६।१७ गते मात्र निवेदक तिलु घलेलाई पक्राउ गरेको हो भनी गरेको वयान विस्वसनीय मान्न नमिल्ने । (प्र.नं.३०) § नेपाल अधिराज्यको संविधनन, २०४७ को धारा १४(६) वमोजिम पक्राउ गरिए वा थुनामा राखिएको प्रत्येक व्यक्तिलाई पक्राउ भएको ठाउंवाट बाटाको म्याद बाहेक चौविस घण्टा भित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराई हिरासतमा राख्न म्याद थप लिनु पर्नेमा सो नगरी गैर कानूनी रुपमा थुनामा राखेको देखिएकोले बन्दी प्रत्यक्षीकरणको आदेशवाट निजलाई मुक्त गर्नु पर्नेमा मिति २०५०।७।१७ गतेमा यस अदालत संयुक्त इजलासको आदेश वाटै हाल हिाजिर जमानीमा छुटी रहेको देखिएकोले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी रहन नपर्ने। (प्र.नं.३०) § काठमाण्डौ जिल्ला अदालत विचाराधिन रहेको लागू औषधीका प्रतिवादी कुमार वरुवालको पोलको आधारमा काठमाण्डौं जिल्ला अदालतवाट बन्दी तिलु घलेलाई म्याद थप लिई प्रहरी प्रतिवेदनमा निज उपर लागू औषधी नियन्त्रण ऐन, २०३३ को दफा ४ को (घ) (च) अनुसार अभियोग लगाई सोही ऐनको दफा १४ को (१) को (छ) को उपदफा (१) अनुसार सजायको माग दावी गरेको देखिएको र मिति २०५०।६।१५ मा पक्राउ परेको कुमार बरुवालले मिति २०५०।६।१७ मा अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानको कागजमा तिलु घलेवाट रु ५००। मा रुक ग्राम लागू औषधी हिरोइन खरिद गरेको भन्ने उल्लेख गरेको छ तापनि निजले तिलु घलेवाट मिति २०५०।६।६ अगाडी नै उक्त हिरोइन खरिद गरेको हो भन्न सकेको देखिदैन तिलु घले मिति २०५०।६।६ मा पक्राउ परेपछि सो भन्दा पछि खरिद गर्ने स्थिति पनि नहंदा गैर कानूनी रप्मा हिरासतमा राखिएको तिलु घलेलाई मुद्दा चलाउने दुष्टि मनसायले अपराधमा संलग्न गराउने अठोट राखि लागू औषधी मुद्दामा कारवाही चलाएको कानून संगत भन्न नमिल्ने । (प्र.न..३०) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री प्रकाश राउत बिपक्षी तर्फवाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ठ अबलम्बित नजीरः आदेश मा.न्या.रुद्र बहादुर सिंहः नेपाल अधिराज्यको संविधान, २०४७ धारा २३।८८ अन्तर्गत दायर भै पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ : २. मिति २०५०।६।६ का दिन दिउंसो ३ वजेतिर छोरी तीलु घले कोठावाट निस्केकोमा सोहि दिन