निर्णय नं. ५००८ - लिखत दर्ता बदर दर्ता कायम ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५००८ - लिखत दर्ता बदर दर्ता कायम । भाग: ३६ साल: २०५१ महिना: फागुन अंक: ११ फैसला मिति :२०५१/११/०९ २६९९ निर्णय नं. ५००८ ने.का.प.२०५१ अङ्क ११ संयुक्त इजलास माननीय न्यायधीश श्री रुद्र बहादुर सिंह माननीय न्यायाधीश श्री अरबिन्दनाथ आचार्य सम्वत् २०५० सालको दे.पु.नं...१५५३ फैसला मिति : २०५१।११।९।३ मुद्दाः लिखत दर्ता बदर दर्ता कायम । पुनरावेदक वादी जिं सुनसरी धरान नगरपालिका वडा नं. ५ वस्ने कृष्ण प्रसाद श्रेष्ठ विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ.बस्ने सावित्री देबी श्रेष्ठ § मुलुकी एैन अंशधनको २ नं मौ भिन्न भएको कन्या,सधवा वा विधवा स्वास्नी मानिसले आफ्नो अंश हकको चलमा सबै र अचलमा आधा सम्म कसैको मन्जुरी नभए पनि आंफ्नो खुश गर्न पांउछन् । कन्याले बाबु भए बाबुको र सधवा वा विधवाले उमेर पुगेका छोराहरु भए छोराहरुको मन्जुरी लिई अचल पनि आफ्नो खुश गर्न पांउछन् । भन्ने कानूनी व्यवस्था भईरहेको पाईन्छ । बिबादित सम्पुर्ण अचल सम्पत्ति फिरादीको आमा गोमा लक्ष्मीले आफ्ना छोराहरुको मन्जुरी बेगर प्रतिवादी सावित्री देबी श्रेष्ठलाई शेषपछिको वकस पत्र दिएको कुरामा बिबाद देखिदैन । उल्लेखित कानूनी व्यवस्था अनुसार गोमा लक्ष्मीले अंश भागको अचल सम्पति स्त्री अंश धनको २ नं. को उक्त व्यवस्थाले २०२६ सालमै छुट्टी भिन्न भएको गोपाल प्रसादको मन्जुरी लिनु नपर्ने भन्ने बादी तर्फको जिकिर पनि कानून संगत देखिदैन । उमेर पुगेका छोराहरुको मन्जुरी लिनु पर्ने कानूनी प्रावधानले निजको समेत हक सुरक्षित देखिन्छ । § उमेर पुगेका छोराहरुको मन्जुरी लिनुनपर्ने विवादित अचल सम्पतिको आधारमा निजले सावित्री देबी श्रेष्ठलाई गरीदिएको शेषपछिको बकसपत्र कायमै रहने । § विवादित अचल सम्पति वकसपत्र गरि दिए उपर उल्लेखित ३ जना छोराहरु मध्य गोपाल प्रसाद श्रेष्ठले उजुर नगरेकोले निजको भाग जतिको वकसपत्र लिखत बदर गरि रहनु पर्ने अवस्था नआउने । निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री हरिहर दाहल । विपक्षी तर्फवाटः अबलम्वित नजीरः फैसला मा.न्या.रुद्र बहादुर सिंहः पुनरावेदन अदालत विराटनगरको फैसला उपर वादी तर्फवाट दायर हुन आएको पुनरावेदन सहितको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेन : २. आमा गोमा देवी श्रेष्ठ र दाजु ठाकुर प्रसाद श्रेष्ठ उपर २०३९।११।११ मा अंश मुद्दा दायर रहेको जेठा दाजु गोपाल प्रसाद २०२६ सालमै घर सारमा वण्डा लिई छुटि वसेका वण्डा हुनु पर्ने हाम्रो अंशभागको सम्पत्ति हामी ३ जनामै संयुक्त नाउंमा दर्ता रहेछ भन्ने कुरा प्रतिउत्तर नक्कल लिदा थाहा भयो ।उक्त जग्गाहरु संयुक्त नै राखि मिलापत्र गरि पाउं भनी हाम्रो २०४१।१४।३१ मा सु.जि.अ.मा दरखास्त पर्दा वादीको वारेसले २०४१।५।२२ गतेको तारेख लिई गएको कारणवाट सो दिन मिलापत्र हुन सकेन सो पछि आमा विरामी भै अदालतमा आउन नसकेकी आमा गोमा लक्ष्मी आफ्ना कालगतिले परलोक भै २०४५।५।७ गते कृयाकर्म सकिएपछि विपक्षी सावित्रीले २०४५।१।३ मा आफ्नो भागमा पर्ने जग्गा मलाई सासुले शेषपछिका वकसपत्र गरि दिनु भएको भन्दा मालमा गै हेर्दा आमा गोमा लक्ष्मी श्रेष्ठवाट २०४५।१।३० मा आमाको भागमो जति धरान वार्डनं. ५ कि.नं. ३० को ०-२-७-१ जग्गा ३ भागको १ भाग हक लाग्ने जग्गा विपक्षीले शेषपछिको वकसपत्र पास गरी लिएको लेखत वदर गरी म वादी र ठाकुर प्रसादका नाउंमा दर्ता कायम गरी पाउं भन्ने समेतको वादी दावी रहेछ । ३. सासु गोमालक्ष्मी समेतका अंशियारहरु २०२६ सालमा छुटृी वेगल भै वकसपत्र भएको सासु गोमा लक्ष्मी समेतको सवै अंशियार वेग्ला व