निर्णय नं. ८१०८ - वन्दीप्रत्यक्षीकरण ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१०८ - वन्दीप्रत्यक्षीकरण । भाग: ५१ साल: २०६६ महिना: असार अंक: ३ फैसला मिति :२०६५/१२/०३ २८५८ निर्णय नं.८१०८ २०६६ असार अङ्क ३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल संवत् २०६५ सालको रिट नं. 065-WH- ००४३ आदेश मितिः २०६५।१२।३ मुद्दा :– वन्दीप्रत्यक्षीकरण । निवेदकः रोल्पा जिल्ला खुंग्री गा.वि.स. वडा नं. २ बस्ने नन्दु गिरी समेत विरुद्ध विपक्षीः नेपाल सरकार, गृह मन्त्रालय समेत § न्यायिक काम कारवाही वा न्याय निरोपणको सन्दर्भमा अदालतले दिएको आदेशअनुरूप सम्बन्धित व्यक्ति वा निकायले त्यसको पालना गरी सत्य र तथ्ययुक्त जवाफ पठाई अदालतलाई सहयोग गर्नु आमनागरिक तथा राष्ट्र सेवकको कर्तब्य हुन जाने । § राष्ट्र सेवकहरूले कानूनी राज्यको उद्देश्यलाई सार्थकता दिन पनि अदालतलाई आवश्यकताअनुसार वास्तविक जवाफ उपलव्ध गराउनु निजहरूको कर्तब्य र दायित्व भित्र पर्न आउँछ र सोअनुरूप आफ्नो कर्तब्य ननिभाई अदालतलाई सहयोग नगर्नु स्वयंमा अपराधजन्य कार्य मान्नुपर्ने । § आदेशलाई छल्ने र प्रभावहीन बनाउने उद्देश्यले थुनामा राखिएका वन्दीहरूका सम्बन्धमा यथार्थता बोध नगराई निजहरूलाई पक्राउ नै नगरेको भन्ने झुठो जवाफ दिएको अवस्थामा वास्तविक तथ्यलाई समेत लुकाउने अपराधजन्य कार्य गरेको देखिन आउने । (प्रकरण नं.३) निवेदकतर्फवाटः विद्वान अधिवक्ताद्वय श्री बालकृष्ण नेउपाने र श्री सन्तोष वस्नेत विपक्षीतर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी अवलम्वित नजीरः सम्बद्ध कानूनः § सर्वोच्च अदालत नियमावली, २०४९ को नियम २८, २९ र ३९ § सर्वोच्च अदालत ऐन, २०४८ को दफा ७ आदेश न्या.प्रेम शर्माः नेपालको अन्तरिम संविधान २०६३ को धारा १२,२४,१०७ अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण र आदेश यस प्रकार छः– देशमा चलेको माओवादी जन–आन्दोलनका क्रममा पीडित भएकाहरूको हकहितको संरक्षण गरी उचित क्षतिपूर्ति राज्यवाट पीडितहरूलाई दिलाउने उद्देश्यले माओवादी पीडित राष्ट्रिय संघर्ष समिति केन्द्र एवं नेपालका विभिन्न जिल्लाहरूमा गठन भएको र सोही क्रममा रोल्पा जिल्ला खुंग्री गा. वि. स. वडा नं. २ बस्ने नन्दु गिरी यस समितिको केन्द्रीय सल्लाहकार र अर्का ऐ. ऐ. वडा नं ५ वस्ने देवविक्रम शाह यस समितिको रोल्पा जिल्लाको उपाध्यक्ष रही यस समितिमा सक्रिय रुपमा योगदान गर्दै काठमाडौँमा वसी माओवादी द्वन्द्व पीडितहरूको हकहितको पक्षमा आवाज उठाउँदै आउनु भएका यस समितिको सक्रिय व्यक्तिहरू हुनुहुन्छ । यस्तैमा यस समितिका केन्द्रीय सल्लाहकार नन्दु गिरी र रोल्पा जिल्लाका उपाध्यक्ष देवविक्रम शाह कामको सिलसिलामा रहेको अवस्थामा मिति २०६५।११।२० गते विहान ११.३० वजे विपक्षी प्रहरी प्रधान कार्यालयका प्रहरीहरूले सादा पोशाकमा आई नन्दु गिरीलाई ललितपुरस्थित वि. एण्ड वि. हस्पिटल नजिकवाट र अर्का देवविक्रम शाहलाई ललितपुरस्थित सानेपा हाइटवाट केही कुरा वुझ्नु छ भनी पहिले विपक्षी महानगरीय प्रहरी परिसर त्यसपछि हनुमानढोका, गौशाला प्रभाग हुँदै विपक्षी प्रहरी प्रधान कार्यालयमा लगी हालसम्म त्यही थुनामा राखिरहेको र खानापानी भेटघाट गर्नबाट समेत वन्चित गरी म्यादसमेत थप नगरी जवर्जस्ती बन्दी बनाइराखेको, भेट्न जाँदा कहिले हनुमान ढोकामा जानु भन्ने कहिले ललितपुर परिसरमा जानु भन्ने त कहिले गौशालामा जानु भनी यताउती बनाई भेट्न नदिई बन्दी बनाइराखेको छ । देख्ने मानिसहरू सवैले महानगरीय प्रहरी परिसर हनुमानढोका, ललितपु