निर्णय नं. ८१०९ - दामासाही गरिपाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१०९ - दामासाही गरिपाऊँ भाग: ५१ साल: २०६६ महिना: असार अंक: ३ फैसला मिति :२०६५/११/११ ५१५७ निर्णय नं.८१०९ २०६६ असार अङ्क ३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री प्रकाश वस्ती २०६४—CI– १०५ ०१–०६४–००७३९ फैसला मितिः २०६५।११।११।१ मुद्दा– दामासाही गरिपाऊँ । पुनरावेदक वादीः बाग्लुङ जिल्ला, बाग्लुङ नगरपालिका वडा नं.१० बस्ने कलाधरको छोरा वर्ष ३९ को काशीनाथ पौडेल विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ.ऐ.बस्ने इन्द्रलाल सापकोटा समेत शुरु फैसला गर्नेः मा.जि.न्या.श्री करुणानिधि शर्मा पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री विश्वम्भरप्रसाद श्रेष्ठ मा.न्या.श्री ईश्वरप्रसाद खतिवडा § बैंकमा धितो रहेको जग्गामा बैंकको ऋणचुक्ता नभएसम्म बैंकको अधिकार कायम रहने भएबाट बैकको ऋण चुक्ता भई सो सम्पत्ति बाँकी रहेमा मात्र उक्त बाँकी रहेको सम्पत्तिबाट अन्य साहूबाट लिएको भनिएको ऋणबापत बिगो भरी पाउने ठहर भएकाहरूको हकमा दामासाही हुन सक्ने । § लेनदेन मुद्दा दायर हुँदासम्म प्रकाशमा नआएको जुनसुकै बखत पनि खडा गर्न सकिने घरसारको लिखतका आधारमा अदालतको फैसलाले बिगो भरी पाउने ठहर भएको साहूको थैलीलाई असर पर्ने गरी दामासाही गर्न कानून एवम् न्यायिक दृष्टिको प्रतिकूल हुन जाने । § अदालतको फैसलाले थैली भरिपाउने ठहरिएका साहूको स्थिति र घरायसी लिखतका आधारमा साहू भनी घोषित गरेका साहूको स्थितिलाई समानस्तरमा राखेर समान मापदण्ड अपनाई हेर्नु न्यायोचित र विवेकसम्मत नहुने । § बैंकमा धितो रहेको सम्पत्ति बैंकको ऋण असूल भएपछि बाँकी रही फुकुवा भएको अवस्थामा बाँकी रहेको सम्पत्तिबाट अदालतको फैसलाअनुसार बिगो भरिभराउ गरिपाउने ठहर भएबमोजिम बिगो भरिपाउने हुँदा अन्य प्रतिवादी सरह दामासाही हुने । (प्रकरण नं.३) पुनरावेदकतर्फवाटः प्रत्यर्थीतर्फवाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः § कृषि विकास बैंक ऐन, २०२४ को दफा २० र दफा २०(क) § दामासाही महलको १३, १४, १५ र १६ नं. फैसला न्या.प्रेम शर्माः न्याय प्रशासन ऐन,२०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- फिरादी म काशीनाथ बाबु , दाजुहरूसँग अंशवण्डा गरी छुट्टिई भिन्न भई मेरो परिवारमा मेरो १ मात्र श्रीमती, ३ नाबालक छोराहरू र २ नाबालक छोरीहरू गरी ७ अंशियारा भएकामा होटल व्यवसाय गर्दा ऋण लिई कारोबार समेत गर्दा घाटा व्यहोर्न परेको अवस्थामा २०६०।५।१५ का दिन विपक्षीहरूकहां पुगी मैले लिएको ऋण थाम्न सकिन नाबालक छोराछोरीको अंश एवं विवाह खर्च छुट्टयाई अरु मेरा हकको जेथाबाट मालको मूल्यको आधारमा लिई फुर्सद दिनु होस् भन्दा नमानेकाले विपक्षीहरूको मैले ऋण लिँदाको बखत यथार्थ विपक्षीहरूले तमसुक पेश गर्दाका बखत खुल्न आउने हुँदा हाल सम्झना भएसम्मको जम्मा ऋण १०,६०,०००।– साँवा खुलाई यो फिराद दामासाहीका १, ४, ५, ६, ७, १५, १६ नं. अन्तर्गत दावी गरेको छु । मेरो अंशवण्डा गरी लिई पाएको जग्गा समेतबाट बाग्लुङ कालिका वडा नं.८ कि.नं.१४४१ को क्षेत्रफल १–१२–०–० पाखो दोयम जग्गाभित्र बनेको पक्कीघरसहितको मूल्य रु.३,००,०००।—, कि.नं.४६८ को क्षेत्रफल ०—११—३—३ खेत दोयमको हाल पर्ने मूल्य रु.१,००,०००।– मात्र सम्पत्ति छ । दामासाहीका १६ नं. तथा दण्ड सजायको २६ नं. का आधारमा नाबालक ५ जना छोराछोरीको विवाह खर्च तथा अंश पर सारी मेरो अंशबाट साहूहरूको ऋण रकममा दामासाही गरी बुझाई मलाई फूर्सद दिलाई साहूहरूको नाममा भएको त