निर्णय नं. ५००९ - अंश नामसारी ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५००९ - अंश नामसारी । भाग: ३६ साल: २०५१ महिना: फागुन अंक: ११ फैसला मिति :२०५१/०७/१४ २९७४ निर्णय नं. ५००९ ने.का.प. २०५१ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा सम्बत् २०४९ सालको दे.पु.नं....५५३ फैसला मति : २०५१।७।१४।२ मुद्दाः अंश नामसारी । निवेदकः रुपन्देही जिल्ला वडवलीया गा.वि.स.वडा न..७ बस्ने दुवरा मुराउनी । ऐ.ऐ. बस्ने बद्री प्रसाद मुराउ ऐ.ऐ.बस्ने भागीरथी मुराउ ऐ.ऐ.बस्ने पाले मुराउ । बिरुद्ध बिपक्षीः ऐ.ऐ. बस्ने राम लखन मुराउ § निजि आर्जनको भन्ने तर्फ प्रमाण पुर्याउने भार पुनरावेदकहरुको हुने । अन्यथा प्रमाणित नभएसम्म एकाघरसंगका अंशियारहरु मध्ये जुनसुकै अंशियारको नाउंमा रहेको भएता पनि त्यस्तो सम्पत्तिलाई प्रमाण ऐन, २०३१ को दफा ६ अनुसार सगोलको सम्पत्ति भनी मान्नु पर्ने। (प्र.नं.१२) निवेदक तर्फवाटः बिपक्षी तर्फवाट : अबलम्बित नजीरः फैसला मा.न्या.ओमभक्त श्रेष्ठः पुनरावेदन अदालत वुटवल रुपन्देहीको फैसाल उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. छवीलाल र राधाको सहवासवाट २ छोरा जन्म भए मध्ये जेठा बिपक्षी पाले र कान्छो म वादी रामलखत हुं । पालको श्रीमती दुवरा र छोराहरु वद्री र भागीरथी हुन् । वावु छवीलाल र आमा राधीको मृत्यु भै सकेको छ । हामी वादी प्रतिवादीहर एका संगोलका अभिन्न अंशियारा हौं । वावु आमाको मृत्यु पछि घरको जेठा वाठो पाले भएकोले घरको व्यवहार पालले नै गरी आउनु भएको वावुको मृत्युपछि निजका नाउंको जायजेथा पाले र मेरा नाउंमा संयुक्त नामसारी भएको छ । सो वाहेकको मेरो अंश हक अरु सम्पत्ति बिपक्षीहर जिम्मामा छ । मिति ०४४।३।५ मा बिपक्षीहरु संग विवाद भएको कारणवाट अब तपाईहरु संग विावद भएको कारणवाट अंश दिनुहोस भन्दा इनकार गरेकोले तायदाती फांटवारी लिई २ भाग लगाई १ भाग बिपक्षीको परसारी १ भाग म वादीलाई अंश वापत दिलाई नामसारी गरी पाउं भन्ने फिराद । ३. वादीले वावु छवीलालको मृत्युपछि वावुको नाउंको जग्गा संयुक्त दर्ता रहेको कुरा स्वीकार गरको हुदा हुंदै दुई भाईका हक लाग्ने संपत्तिमा दर्ता समेत संयुक्त रहनुको कारण वादी पैतिवादीका विच अंश वण्डा गर्न नपर्ने एकलौटी हकभोगको सम्पत्ति पनि रहेछ भन्ने नै हो । फिरादीले आफ्ना अंशीयारा वाहेकका दुवरा मुराव र कुनै संपत्ति आफुसंग नभएका वद्रि प्रसाद भागीरथीलाई समेत प्तिवादी वनाएको । म दुवरा मुराउ पाले मुराउको पत्नी हुन् । म दुवराले र फिरादीको पत्नी झिन्काले एकै मिति ०३८।६।२ मा एउटै जग्गा आधा आधा राजीनामा गराई लिएका छौं । सो हेरिएमा के देखिन आउंछ भने एका संगोलमा भए एउटै मितिमा छुट्टा छुट्टै लिखत गराई लिनु पर्ने समेत कुनै कारण थिएन । ०४४।३।५ सम्म एकासंगोलमा वसको र अंश माग्दा नदिएको भन्ने फिराद लेख झुठृा हो वावुको आर्जनको सम्पत्ति वावु आमाकै जिम्मा राखी म पाले मुराउ २०१२ साल वैशाख १ गते देखि वावु आमा र फिरादी समेतसंग वेग्लै वसेको र जिमिन्दरको सेवा गरी घर वनाई वस्ने जग्गा समेत भोग गरी खाने केही जग्गा जिमिन्दारीवाट पाएको हुंदा जिमिन्दारको काम गरी दिए वापतको मंजुरीको रकम वापत खरीद गरी विक्री गरेको जग्गा मेरो एकलौटी जग्गा हो । त्यस्तै म दुवरा मुराउले पनि आफ्नो माइतवाट पाएको दाइजोवाट खरिद गरेको जग्गा हुंदा वादीको अंश हक लाग्दैन वादीले मैले वनाएको घरमा अंश लिन खोजेको हो भने ऋण पनि जिम्मा लिनुपर्छ । फिरादी र म पालेका नाउंमा संयुक्त दर्ता रहेको ज