निर्णय नं. ४८०७ - उत्प्रेषण, परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरीपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८०७ - उत्प्रेषण, परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरीपाउँ भाग: ३५ साल: २०५० महिना: माघ अंक: १० फैसला मिति :२०५०/०९/२० २४१४ निर्णय नं. ४८०७ ने.का.प. २०५० (ग) अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत् २०५० सालको रिट नं. – ३४७१ आदेश मिति :– २०५०–९–२०–३ निवेदक : ल.पु.जि.ल.पु.न.पा. वडा नं. २ बस्ने कमलज्योति कंसाकार । विरुद्ध विपक्षी : ल.पु.न.पा. वडा नं. १ का वडा सदस्य विष्णुभक्त तण्डुकार समेत । विषय :– उत्प्रेषण, परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरीपाउँ । (१) सावित्री भनिएकी साबी मास्के प्राकृतिक व्यक्ति उपर घर बनाउनेको ८ नं. ले कागज नभएमा ५ वर्ष बहाल बस्न पाइने हक भएको भनी त्यस्तो हक प्रचलन गराउन रिट निवेदन दिएको देखिएको र यस्तो व्यक्तिगत घर बहालमा बस्ने सम्बन्धको हक प्रचलन गराउन रिट उपचार उपयुक्त नहुने तथा निजी व्यक्तिका उपरमा रिट जारी गर्न नमिल्ने समेत हुँदा रिट निवेदन खारेज हुने । (प्र. नं. ६) आदेश न्या. लक्ष्मण प्रसाद अर्याल १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३/८८ अन्तर्गत यस अदालतको क्षेत्राधिकार अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ : २. म निवेदक ल.पु.न.पा. वडा नं. १ घर भई हाल बेलायत बस्ने सैला जोशीको घरमा २०४१/६/१ देखि बिना लिखत बसी आएको छु । सैला जोशी हाल विदेशमै हुनु भएकोले घर धनी बीना सो घर छाड्ने वा बस्ने सम्बन्धका कुनै निश्चित निर्णय अन्य व्यक्तिसँग गर्न कानूनतः मिल्दैन । सो घरका सम्बन्धमा मेरा श्रीमान् पतिदेव श्री अमृत ज्योतीको उक्त घरमा म समेतलाई बस्न ल्याई म एवं मेरो परिवार सो घरमा बसेकोले घरमा बस्ने वा छोड्ने सम्बन्धी व्यवहार मेरा पति बाहेक म समेत भै निर्णय गर्ने कागज गर्ने र मलाई कागज गराउने गर्न समेत मिल्दैन । घर बनाउनेको ८ नं. बमोजिम घरमा बसेको व्यक्तिलाई ५ वर्षसम्म निकाल्न नमिल्ने स्वतः सिद्ध छ । उक्त ऐन विपरित हुने गरी म निवेदकलाई ल.पु.न.पा. वडा नं. २ का वडाध्यक्षले विपक्षी सावित्रीका कुरामा लागी विपक्षीहरु मिली मलाई वडा अफिस बोलाई के के व्यहोराको कागज गराउनु भयो सो मध्ये १ प्रति कागजको व्यहोरा सारी लिएकी छु । उक्त सारी लिएको कागज हेर्दा विपक्षी सावित्री मास्केको घरबाट उठ्ने भन्ने व्यहोरा उल्लेख रहेछ । विपक्षीलाई कागज गराउने अधिकार नभै अ.वं. ३५ नं. विपरित छ । यसरी विपक्षीले घरबाट उठाउन नमिल्नेमा सो अधिकारमा असर पर्ने गरी २०५०/२/३ मा वडामा गराएको कागज उत्प्रेषणको आदेशले बदर गरी सोही घरमा बस्न दिनु भन्ने समेत विपक्षी सावित्री मास्केको नाउँमा परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन पत्र । ३. यसमा के कसो भएको हो ? विपक्षीहरुबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासबाट भएको कारण देखाउ आदेश । ४. विपक्षीको हकहितमा प्रतिकूल असर हुने कार्य गरे गराएको छैन । घर छाड्नलाई अग्रिम सूचना पनि दिएको तर पनि घर नछोडेपछि के कसरी अर्काको घरमा बस्न चाहन्छ भन्ने दुराशयबाट रिट निवेदन दिइएको छ । घर नछोड्दा अशान्ति समेत हुन सक्ने र आफ्नो घरको उपभोग गर्नमा कुनै बाधा विरोध नभएकोमा कागज गराएको भन्ने अप्रासङ्गिकतथ्य उल्लेख गरी रिट निवेदन गरिएको र विपक्षीले घर नछोडेपछि सार्वजनिक निकायलाई बखर समेत गरिएकोमा अनावश्यक कलह झगडा नहोस भनी गरिएको कार्यल