निर्णय नं. ८११० - शेषपछिको बकसपत्र बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८११० - शेषपछिको बकसपत्र बदर भाग: ५१ साल: २०६६ महिना: असार अंक: ३ फैसला मिति :२०६६/०१/१६ ४३३७ निर्णय नं.८११० २०६६ असार अङ्क ३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री प्रकाश वस्ती सम्वत् २०५९ सालको दे.पु.नं.८८९८ फैसला मितिः २०६६।१।१६।४ मुद्दा :– शेषपछिको बकसपत्र बदर । पुनरावेदक वादीः बारा जिल्ला, गंजभवानीपुर गा.वि.स.वडा नं.७ बस्ने अशोककुमार शाह विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ.ऐ.बस्ने लालबाबु प्रसाद साह तेली समेत शुरु फैसला गर्नेः मा.जि.न्या.श्री शान्तिराज सुवेदी पुनराबेदन फैसला गर्नेः मा.न्या. श्री दुर्गाप्रसाद उप्रेती मा.न्या.श्री हरिबहादुर बस्नेत § अंश मुद्दा दायर गरिसकेपछि फैसला नहुँदै आफ्नो अंश भागमा पर्न आउने सम्पत्ति शेषपछिको बकसपत्र गरिदिन नपाउने गरी दाता कृतरामलाई कानूनले रोक राक नलगाएको अवस्थामा दानबकसको १ नं.तथा अंशवण्डाको १९(४) नं. अनुसार आफ्नो अंश भागमा पर्ने सम्पत्ति निजले नातीहरूलाई शेषपछिको लिखत गरिदिन पाउने । (प्रकरण नं.२) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थी प्रतिवादी तर्फवाटः वरिष्ठ विद्वान अधिवक्ता श्री हरिहर दाहाल र विद्वान अधिवक्ता श्री जानकीप्रसाद गिरी अवलम्वित नजीरः ने.का.प.२०५६, नि.नं. ६७२९, पृष्ठ ३९२ सम्बद्ध कानूनः § दानवकसको १ नं. § अंशवण्डाको १९(४) फैसला न्या.प्रेम शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ ः– उर्मिलाले दे.नं.२५६६ को अंश मुद्दा कृतराम, लालबाबु र म फिरादीमाथि दिनुभएको मिति २०५३ साल जेठबाट नै अन्य अंशियार एवं विपक्षी समेतबाट अलग भएको प्रष्ट छ । त्यसै अवस्थामा पिता कृतराम म समेत सगोलमा नै रहेको अवस्थामा विपक्षीहरू समेत मिली षडयन्त्र गरी निजबाट मिति २०५५।३।३० मा दे.नं.२५९७ को अंश मुद्दा दिलाएछन् । साथै मिति २०५५।४।३१ मा शेषपछिको बकसपत्र पारित गराएछन् । त्यसमा विपक्षीहरू नावालक राकेशकुमार र अमरनाथको संरक्षक विपक्षी लालबाबु प्रसाद साह तेली हुनु भएको सो शेषपछिको बकसपत्रको प्रतिलिपि मिति २०५५।९।२१ मा लिँदा थाहा भयो । उक्त बकसपत्रको कागज गराएपछि सख्त विमारी हुनु भएका पिता कृतराम मिति २०५५।८।३ मा स्वर्गवास हुनु भयो । पिता स्वर्गे भएपछि अन्य सबै अंशियारलाई अलग पारी आफु भिन्न देखाउने उर्मिला साहले निज नावालक छोराहरूको संरक्षक भै कृतरामको मुद्दा सकार गर्नु भएको छ । अंशियारहरूबीच अंश मुद्दा चलिरहेको अवस्थामा सो मुद्दालाई असर गर्ने गरेर मिति २०५५।४।३१ मा कानून विपरीत शेषपछिको बकसपत्र पारित भएकोमा बसकपत्र गरिदिने कृतराम स्वर्गे भइसकेको हुँदा निजमाथि मुद्दा दिने स्थिति नभएकोमा सो बकसपत्र गैरकानूनी एवं बदरभागी छ । अंश हक जिन्दगीमा मात्र प्राप्त हुने हुँदा मृत्युपछि निज कृतरामको अंश विपक्षीहरूले पाउने नभई कानूनअनुसार सबै अंशियारले पाउने हो, अपुतालीको व्यवस्थाअनुसार अंशको सम्पत्ति जसले स्याहार गर्छ उसैले पाउने व्यवस्थालाई अन्यथा गर्न पाइने होइन । निज कृतरामको अंशियार तथा अपुताली खाने रेखदेख गर्ने काजकृया गरेको म समेत भएकोमा मेरो हकमा असर गर्ने अधिकार विपक्षीहरूलाई छैन । तसर्थ सो मिति २०५५।४।३१ को शेषपछिको बकसपत्र बदर गरी मुद्दामा लागेको खर्च विपक्षीबाट दिलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । पिता कृतरामले आफ्ना नातीहरूलाई मि